राजनीतिमा अक्टोपस
२४ असार २०६७
•
११ मिनेट पाठ
राजनीतिमा अक्टोपस
विश्वकप फुटबलमा अक्टोपसको आतङ्कले उत्पात मच्चाइरहेछ। नेपाली राजनीतिमा त अक्टोपसे आतङ्क यसै पनि व्याप्तै छ। उपनिवेशको बयान गरिनसक्नु अत्याचारबाट पीडित विश्व जनमानसमा अक्टोपस एउटा त्रू्करतम प्रतीक हो।
कथा यस्तो छ। धूर्तमति उपनिवेदशवादी फिरंगी पहिले व्यापारको निहुँमा अर्काको देशमा घुसे। तिनको एउटा हातमा देखिने बाइबल थियो, अर्को हातमा थियो नदेखिने बन्दुक। ब्यापार, बाइबल र बन्दुकको बलले तिनले अर्काका देशको सत्ता कब्जा गरे। भौतिक सत्ता पनि, मानसिक सत्ता पनि। र, तिनले अक्टोपसले झैँ आफ्ना थुप्रैै सुँढले त्यस देशका प्राकृतिक स्रोतको रस चुसे, त्यस देशको बुद्धिविवेकको स्वत्व र सामर्थ्य लुटे र त्यस समाजको संस्कृतिमाथि विकृतिको बाढी थोपरेर त्यसको रूप र सार दुवैलाई विरूप, कुरूप र निस्प्राण तुल्याए।




हो, त्यही चुसाहा, मिचाहा र सर्वनाशी अक्टोपसले अहिले भविष्यवाणी गर्‍यो - फुटबलमा स्पेनको जित र जर्मनीको हार निश्चित् छ। अक्टोपसको वाणी सुनेर प्रतिद्वन्द्वी स्पेन तीन हात उफ्रियो र बरा जर्मनीको नुर गिर्‍यो। खेलमा दुईतिरका समर्थकको गति पनि त्यस्तै भयो। एउटा चम्कियो, अर्को ओइलायो। नभन्दै अचम्मै भयो, अक्टोपसको भविष्यवाणीले जित्यो र जर्मनीले हार्‍यो। विज्ञानमाथि अन्धविश्वास घोडा चढ्यो र फुटबलका दर्शक पक्क परेर घोडचढीलाई हेर्दै आआफ्नो बाजीको नियतिअनुसार कि त मखलेल भए कि हतप्रभ भए।

यसपाला विश्वकप फुटबलमा सम्भावित निश्चयको ठाउँ अकल्पित अनिश्चयले लियो। प्रायः पूर्वानुमान काम लागेनन्। मानौं कुनै रहस्यमय दुलोबाट प्रकट भएको र खेलमा नाउँ र भाउ एकरत्ती नभएको उत्तर कोरियाले फुटबल जगत्को सिंह मानिएको ब्राजिललाई फ्याट्ट एक गोल लगायो। त्यो पनि नाथे दुई गोलविरुद्ध एक। फुटबलका पारखी पण्डित र अबोध दर्शकगणले जित्लान् भन्ठानेका कीर्तिमानी एकपछि अर्को गर्दै भकाभक ढले।

हुरीको झोँक्कामा परेको बूढो वृक्षझैं फ्रान्स गर्ल्याम्म ढल्यो। फ्रान्सको पराजयका पाइला पछ्याउँदै इलटी धूलिसात् भयो। ब्रिटेन पछारियो। हुँदाहुँदा फुटबल कलाका यशस्वी अग्रदूत पेले दाइको ब्राजिल तासको महलझैँ ढल्यो। अर्का चमत्कारी क्रीडाबाज म्याराडोनाको अर्जेन्टिना झनै हरिबिजोकसँग गोपीक्याँच भयो। यसो हेर्दा कुरा ठीकै त हो। जीवनयात्रामा जो उच्चतम् उचाइमा पुग्छ, ऊ त्यहीँ स्थिर भएर बसिरहँदैन। आरोहणको उच्चतम् विन्दुबाट झर्ने त फेरि पनि ओरालैतिर हो। तेन्जिङ शेर्पा चोमोलुङ्माको चुलीमा पुगेर आखिरमा उधैँ त झरेका हुन्। फरक यत्ति हो, कोही स्वाभाविक गतिक्रममा झर्छ, कोही हठात् हुत्तिएर पेदीमा पतीत हुन पुग्छ।

विश्वकप फुटबलको मैदानमा उपनिवेशपीडित विशाल भूभागको एउटा बीउ बाँकी थियो - उरुगुए! जब उरुगुए सोत्तर भयो, खेलमैदानबाट एसिया, अफ्रिका र ल्याटिन अमेरिका अलप भए। र, धेरैको हाईहाई भएको अर्जेन्टिनालाई लतार्ने जर्मनी ठूलो, अजंग ठूलो, वटवृक्षजस्तो देखियो। अनि मैदानमा उपनिवेशवादी बूढो युरोप विजयको एकल दाबेदार भएर खडा भयो। बूढो भनेको आखिर बूढै हो। यही युरोप हो जो सामन्ती किल्लाका पोपपादरीलाई सत्ताच्यूत गर्दै यावत् अन्धविश्वासविरुद्ध तथ्य, युक्ति र तर्कमा आधारित विज्ञानको झन्डा बोकेर सगौरव उभिएथ्यो। अहिले यही युरोप आफ्नो भाग्यको भविष्यवाणी गरिमाग्न अक्टोपसरूपी त्रू्कर प्रतीकको शरण परेको छ।

बूढो युरोपको बूढो अक्टोपसको कथा हाल्दै र रसमय ख्यालठट्टा गर्दै जर्मनी र स्पेनको खेल मैले मार्टिन चौतारीको संवाद कक्षमा ठूलो पाटीमा हेरेँ। दर्शकगणको आकार सानो थियो। तर, बाजीको बढाबढ र छाती ठोकाठोक, तामसी झोँक र आपसी खिसिट्युरी भने एक तमासको थियो। जर्मन युवा फ्रिजो उर्फ निर्मलले डटेर, ज्यान फालेर आफ्नो मातृभूमिको पक्ष लिए।

स्पेनको झन्डा बोके चमकदार तालुयुक्त विमल अर्यालले। मैले भने पक्षधरतामा धेरै मोह नराखीकन मध्यपन्थी अवसरवादको बाटो रोजेँ। ठट्टैठट्टामा भनेँ - मार्क्स र एङ्गेल्स, गोयथे र कान्ट, आइन्सटाइन र बे्रख्तको देशले नजिते कसले जित्छ? छाती पिट्दै प्रतिपक्ष कुर्ल्यो - हेरिराख, अक्टोपसले जित्छ! मैदानमा अर्कै छ। खेल्ने खुट्टा र टाउका अर्कैका छन्। नियममा चलेर वा झेल गरेर खेलाउने रेफ्री अर्कै छ।

जुवा खेल्दा कमसेकम कौडा आफ्ना हातमा हुन्छन्। च्याँखे थाप्दा पनि दाउ रोज्न पाइन्छ। तर, फुटबलमा आफ्नो हातमा केही छैन। न त आफ्नो वशमा नै केही छ। तैपनि भविष्यवक्ता अक्टोपस झैँ समर्थक र विरोधी हारजितको मनचिन्ते झोली थापेर सेखासेख गर्दा छन्। म्याराडोनालाई उल्ल्याउन पेलेले फुर्क्याएको जर्मनी तुफानी स्पेनसामु जब बालक बबुरो देखियो, बरा फ्रिजोको दिमागै फ्रिज भयो। र, तिनको अत्यास र हतासाले मेरो आनन्दमा तेजाब वर्षा गरिदियो। अतिशय मोहमा अन्धता हुन्छ। अन्धताको गर्भमा सुस्केरा र निसासले बास गरेको हुन्छ। खेलको मजा त अपेक्षाकृत तटस्थ दूरीमा बसेर क्रीडाकौशलको रस लिनुमा पो छ!

अनिष्टसूचक अक्टोपस बूढो युरोपमा मात्र छैन, नेपाली राजनीतिमा पनि छ। नेपाली राजनीतिको अक्टोपस झनै त्रू्कर, झनै विवेकविनाशी, दमनकारी र भ्रान्तिकारी छ। चालु नेपाली राजनीतिमा जनमत र जनादेशको भाउ छैन, भाउ केबल अदृश्य अक्टोपसको छ। विधि र नीतिको अर्थ छैन, अर्थ फगत अदेख अक्टोपसको छ। सहीछाप ठोकिएका समझदारी र सम्झौताको महत्ता छैन, महत्ता उही अगोचर अक्टोपसको छ। राजनीतिको अपारदर्शी खेलमा यो अक्टोपस अदृश्य रेफ्रीको भूमिकामा खडा हुन्छ। राजनीतिका खेलाडीलाई यसले आफूखुसी खेलाउँछ र जुधाउँछ। तर, हम्मेसी गोल गराउँदैन।

गतिरोधमा अड्किएको खेलमा यसले आधा घन्टा थप्छ। र, थकित खेलाडीलाई फेरि कुदाउँछ, फेरि लडाउँछ। तिनलाई हैरान, लखतरान पार्छ। र, आखिरमा हारजितको फैसला गर्न पेनाल्टी किकजस्तो निर्मम तरिका अपनाउँछ। विश्वकपमा त कमसेकम खेलाडीहरू स्वयं पेनाल्टी हान्छन्। र, अलिकता चातुर्य, अलिकता सीप, अलिकता तागत र अलिकता संयोगको योगबाट हारजितको फैसला हुन्छ। सुन्नुहुन्छ, नेपाली राजनीतिको रेफ्रीले के गर्छ? दसगजा पारिबाट आएको यो अक्टोपस खाली पोस्टमा आफैँ गोल हान्छ। आफ्नै स्वेच्छाचारी जितको घोषणा गर्छ। आफ्नै हातले आफैँ विजयमाला पहिरिन्छ। र, वास्तविक खेलाडीलाई सधैँ हारको लज्जास्पद उपहार प्रदान गर्छ।

राजनीतिको गोलमा अहिले सरकार बनाउने धामा जारी छ। मैदानमा प्रधानमन्त्रीका उम्मेदवारको बिगबिगी छ।

माओवादीमा दुई थान छन्, काङ्ग्रेसमा दुई थान र एमालेमा दुई थान। तँ कि म भन्दै यिनका दृष्टि सत्ताको गद्दामा अपलक टाँसिएका छन्। सके अक्टोपस यिनलाई लोभ्याउन, जुधाउन, निस्तेज तुल्याउन र कुनै एकजनालाई आफ्नो आज्ञाकारी छायाँ बनाउन यत्नशील होला। अनिर्णित फुटबलमा आधा घन्टा थपिएझैँ राष्ट्रपति महोदयले खेलमा पाँच दिन थपिदिएका छन्। नेपथ्यमा अक्टोपसरूपी रेफ्री कुन दाउ चलिरहेको छ, थाहा छैन। त्यसले लौ गरिखाऊ भनेर सहमतीय गोलका लागि कृपा गर्ला कि उही बहुमतीय अनर्थलाई मलजल गर्ला भन्न गाह्रो छ। राजनीतिका खेलाडीहरू ठन्डा दिमागले सोचून्, बूढो युरोपमा झैँ आइन्दा नयाँ नेपालमा अक्टोपसको कामनाको रजगज राज नचलोस्।
अर्को समाचार
ओली प्रधानमन्त्रीभन्दा शक्तिशाली भएः अमरेशकुमार सिंह (भिडियो सहित)
२८ माघ २०७१
•
१२ मिनेट पाठ
ओली प्रधानमन्त्रीभन्दा शक्तिशाली भएः अमरेशकुमार सिंह (भिडियो सहित)
राजनीतिक विश्लेषणका 'अक्टोपस' भनेर चिनिएका कांग्रेस सभासद अमरेशकुमार सिंहलाई धेरैले शक्तिकेन्द्रका रुपमा बुझ्छन्। नेपाली राजनीतिमा संकट पैदा भएको बेला उनको सक्रियता एकाएक बढ्छ। शीर्ष नेताको बैठकमा समेत उपस्थिति जनाउने सिंहका विश्लेषण कतिपय अवस्थामा सही सावित पनि भएका छन्। जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सिंहसँग नागरिकन्युजका लागि कृष्ण ढुंगाना, मदन कोइराला, प्रशान्त लामिछानेले गरेको कुराकानी:




संविधान निर्माण प्रक्रियाका पर्दा पछाडि–अगाडि दुवै खाले बैठकमा देखिनुहुन्छ। अहिले दलहरुबीच किन यति धेरै बेमेल भएको ?
समस्या शीर्ष नेताबीचको इगोमा छ । हामीलाई चाहिएको कुरा गर्न हामी स्वतन्त्र छौं र यो देशको निर्णायक शक्ति भनेको हामी नै हौं भन्ने दम्भले काम गरेको छ । अहिले सत्तापक्ष र विपक्षीबीचमा जुन सिकिमको संवादहीनताको स्थिति छ त्यसले द्वन्द्व अझ गहिरो हुने खतरा छ । जुन तरिकाले केपी ओलीले मधेसीलाई होच्याउने काम गर्नुभयो, आदिवासी जनजातिलाई होच्याउने काम गर्नुभयो त्यसले थप विवाद बढाएको छ । साँच्चै भन्ने हो भने अहिले केपी ओली प्रधानमन्त्री सुशील कोइरालाभन्दा शक्तिशाली हुनुहुन्छ। सायद भोलि प्रधानमन्त्री बन्नुभयो भने पनि उहाँ यति शक्तिशाली हुनुहुनेछैन । उहाँ अहिले मुलुकको डिफ्याक्टो प्रधानमन्त्री नै हो।

Amresh Kumar Singh1

तस्विरः केशव थोकर

एमाओवादी विपक्षी मोर्चा यो हदसम्म अत्तालिएर संविधान निर्माण प्रक्रियाविरुद्ध उभिनुका पछाडि केपी ओली मात्रै कारण हुन् त ?
यहाँ नेताहरुको इगोले पनि काम गरेको छ । जुन तरिकाले देशमा शान्ति बहाल भएको थियो त्यसको गलत व्याख्या गर्ने, गलत ट्रेण्डलाई देशमा लाद्न खोज्ने र व्यक्तिगत दम्भको कारणले संविधान निर्माण प्रक्रिया प्रभावित भएको छ । श्रीलंकमा १५ प्रतिशत तमिलका कारण कत्रो रक्तपात भयो । नेपालमा ३० प्रतिशतभन्दा बढी मधेसी छन् । श्रीलंका र नेपालको स्थिति फरक छ । हेरक कारणले यहाँ कोही राजपाक्षे बन्न सक्दैन । मलाई लाग्दैन सुशील कोइराला वा केपी ओली अर्को राजपाक्षे बन्नुहोला । तर नेपालको अहिलेको राजनीतिमा ओलीले सबै कुरा घुमाएका छन् । प्रधानमन्त्री सुशील कोइराला समेत ओलीविरुद्ध जान सक्नुहुन्न । म एकदम व्यवहारिक कुरा गर्दैछु । अहिले देशको सुरक्षा निकाय केपी ओलीको नियन्त्रणमा छ । एमालेको भागमा परेका १० मध्ये ९ वटा मन्त्रालय उनको कब्जामा छन् । आफ्ना पार्टीका मन्त्रालयहरु सबै ओलीले चलाएका छन् । त्यँहा माधव नेपालको कुनै जिम्मेवारी छैन । पहिलै गृहमन्त्रीको अनुभव भएकाले केपी ओलीबाट मन्त्रालयहरुमा हुने सरुवा बढुवादेखि डन प्रवृत्ति संरक्षण गर्ने सबै काम भइरहेको छ । गुण्डागर्दी गर्ने मान्छेलाई मन्त्री बनाइएको छ । यसले के पुष्टि गर्छ ? हेर्नोस् उनले पहाडे भावनालाई उछालेर अल्पसंख्यकलाई क्रस गर्न खोज्दा धेरै कुरा बिग्रिएका छन् । प्रक्रियामा गएर सत्ता लम्ब्याउने खेल अन्त्य नभएसम्म अहिलेको द्वन्द्व अन्त्य हुँदैन ।

भिडियो


फेरि कांग्रेस–एमालेको गठबन्धन भत्काएर एमाओवादी–मधेसवादी सहितको सरकार बनेपछि मात्र संविधान जारी हुने अवस्था आउने भन्न खोज्नुभएको हो ?
अहिले शान्ति प्रक्रियाका विरोधीले सत्ता चलाइरहेका छन् । शान्ति प्रक्रियाका विरोधीले नेतृत्व गरेका कारणले पनि समस्या भएको हो । अहिले केपी ओली र प्रचण्डबीचको लडाइ होइन, शान्ति प्रक्रिया विरोधी लडाइ हो । संविधान जारी गर्ने सुत्र सहमतिभन्दा अरु हुनै सक्दैन । ओलीले पहाडे खस, ब्राम्हण क्षेत्रीलाई उचालिदिएका छन् । जसले बाहुन क्षेत्रीको सहयोगमा जितेर आएको छ । उसले त्यसको विरोधमा कसरी बोल्न सक्छ ? त्यही भएर कांग्रेसका बरिष्ठ नेताहरु यसको विरोधमा जान सकिरहनु भएको छैन । केपी ओलीका कारण माधव नेपाल समाप्त भए ।
Amresh Kumar Singh2

तस्विरः केशव थोकर
कांग्रेस सभासद तपाइँको स्वर विपक्षीको भन्दा चर्को सुनियो त...
म नेपाली कांग्रेसको सिपाही हुँ, पार्टीलाई घाटा हुने काम म गर्दिन। कांग्रेस अहिले ऐतिहासिक क्षणमा सत्तामा छ । सरकारमा पुगेको बेला पार्टी सिध्याउने खेल हुनुहुँदैन, यो बेला अझ दूरदर्शी हुनुपर्छ भन्ने मेरो विचार हो । हेर्नोस् ०६२÷६३ को आन्दोलन र मधेस आन्दोलनपछि कांग्रेस स्थिति कमजोर भयो । त्यो बेला जुन पात्र र प्रवृत्तिका कारण पार्टीले पराजय ब्यहो¥यो ती गल्ती अब दोहोरिनु हुन्न भन्ने हो । तर बिडम्बना त्यस्ता पात्र अहिले पनि छन्, क्याविनेटमा पनि छन् । अब संघीयता नदिएर, विकास नदिएर र देशको अधिकांश भूभागलाई देशको मुख्य भागमा नजोडिकन राज्य चलाउन सक्ने स्थिति छैन । निश्चय नै म संविधान निर्माणकै पक्षमा छु । तर दम्भका भरमा हैन सहमतिमै संविधान बन्नुपर्छ । केपी ओलीले जुन चार सय एकको सहमति नै सहमति भन्ने भाषा बोलिरहेका छन् त्यसको कुनै भर छैन । जस्तो मैले आफ्नो अडान पार्टीमा राखेको छु । त्यो अझ सम्वोधन भएको छैन । मैले पनि एउटा फरक एजेण्डाको नेतृत्व गरिरहेको छु । म अहिले चुप लागेर बसे पनि मेरो समय आएपछि त म पनि बोल्छु नि । कांग्रेस नेता भए पनि यसमा मेरो भिन्न धारणा छ । मेरो चिन्ता भनेको कांग्रेस कसरी बलियो बन्छ भन्ने हो । यस्तै अवस्था रह्यो भने भोलीका दिनमा एमाले ठूलो दल बन्ला । हामी एमालेको पछि किन लाग्ने ? कांग्रेसले भोलीको भिजन दिनसक्नुपर्छ भन्ने मेरो धारणा हो । नेतृत्व र भिजन दिनलाई पनि देशको सबै भूभागको मानिसालाई समेटेर लैजानुपर्छ।

भिडियो

 

तपाइँको पार्टीले प्रक्रियामा जाने निर्णय गरिसकेको छ । संविधान सभामा मतदान भयो भने तपाइँ के गर्नुहुन्छ ?

संविधान त प्रक्रियाबाटै बन्ने हो । तर बहुमतीय प्रक्रियाको पक्षमा म छैन । कांग्रेसलाई घाटा हुने काम गर्नुहुँदैन भन्ने हो । पार्टी सभापति एवं प्रधानमन्त्रीले पनि यो कुरा बुझ्नु भएको छ कि दुई तिहाइ प्रक्रियाबाट संविधान बन्दैन, सत्ता मात्र लम्बिन्छ । अहिलेको सरकारको आयु मात्र लम्बिन्छ । मतदान भएको खण्डमा के गर्छु भनेर अहिलै नै भन्नु छिटो हुन्छ । संविधानसभामा ह्विप लाग्दैन । त्यो भोलीको कुरा हो अहिले त्यस विषयमा केही नभनौं ।

पहिला महन्थ ठाकुर, विजय गच्छदारहरु पनि यस्तै कुरा गर्दागर्दै कांग्रेसबाट बाहिरिए । तपाइँको पनि लाइन त त्यस्तै देखियो त !
त्यस्तो हैन । म हिजो पनि कांग्रेस थिएँ, आज पनि कांग्रेसै हुँ र भोलि पनि कांग्रेसै रहनेछु । म पार्टीभित्रै लड्छु । समावेशी एजेण्डा, मधेसका एजेण्डा, संघीयताका एजेन्डा जतिसकुै एजेण्डा भएपनि म पार्टीभित्र बसेर बहस चलाउँछु । लड्छु ।

Amresh Kumar Singh

तस्विरः केशव थोकर

तपाइँलाई धेरैले शक्ति केन्द्रको मान्छे पनि भन्छन्, राजनीतिक वार्ताको सूत्रधार पनि ठान्छन् । तटस्थ भएर भनिदिनोस् नेपालको संविधान निर्माण प्रक्रियामा भारतको भूमिका कस्तो पाउनु भएको छ ?
संविधान निर्माणमा भारतको मात्र हैन अन्तर्राष्ट्रिय समुदायकै चासो छ । सबै अन्तर्राष्ट्रिय शक्तिहरु सहमतिबाटै संविधान जारी होस भन्ने पक्षमा छन् । भारतमा नरेन्द्र मोदीभन्दा ठूलो र आधिकारिक त कोही छैन । सरकारको कार्यकारी प्रमुखै उनै हुन् । ट्रमा सेन्टरमा मोदीले सहमतिबाटै संविधान जारी गर्न दिएको सुझाव सबैले सुनेकै छन् । यदि नेपालमा सहमतिको संविधान बनेन् भने छिमेकीको दुर्दशा हुन्छ, दुःख बढ्छ भनेरै भारतका भिजिनरी प्रधानमन्त्रीले सहमतिलाई जोड दिएका हुन् । उनले सार्वजनिक रुपमै बोलेको कुरालाई इफ, बट लगाएर आफू अनुकूल व्याख्या गर्न जरुरी छैन । खासमा नेपालमा कोही पनि नेतृत्व दिने नेता भएनन् । सब सत्ताका दलाल व्यापारी मात्र भए । सत्ताको व्यापारबाट अकूत सम्पत्ति कमाउने ध्याउन्नमा कुद्नेले देशको हित गर्न सक्दैनन्।

भ्रम दिने काम त पत्रकारको हो नि! (भिडियो)




भिडियोः मदन चौधरी

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस