सन् २००८ को बेइजिङ ओलम्पिक सुरु हुनुभन्दा केही पहिले बेलायती ओलम्पिक कमिटीका अधिकारीले अबको खेलकुद प्रतिस्पर्धा चीन र बाँकी विश्वबीच हुने भविष्यवाणी गरेका थिए। चीनले त्यो भनाइ मानेको थिएन।
तर बेइजिङ ओलम्पिकमा चीनले सर्वाधिक ५१ स्वर्ण पदक जितेर विश्व खेलकुदमा आफ्नो प्रतिद्वन्द्वी एउटा राष्ट्रमात्र हुन नसक्ने संकेत दिएको थियो। चीनको सफलतामा खेलकुदप्रति राखेको गम्भीर चासो, आयोजक राष्ट्रका नाताले ओलम्पिकको तयारीजस्ता कारण महत्वपूर्ण भएको मानिएको थियो। त्यस सफलताले चीनलाई विश्व समुदायमा आलोचित पनि बनाएको थियो। विशेषगरी, त्यस साम्यवादी राष्ट्रको खेलकुद नीति पनि निरंकुश रहेको चर्चा भएको थियो।
चीनमा निकै साना केटाकेटीलाई खेलकुदमा ल्याएर दिनहुँ कडा प्रशिक्षण दिइने, खेलाडीलाई आपसमा कुराकानी गर्न पनि नदिनेजस्ता विभिन्न प्रतिबन्ध लगाउने गरिएको आरोप लगाइएको थियो। अर्थात्, खेलकुदमा चीनले पाएको सफलताको जग निरंकुश प्रणालीमा आधारित थियो। जति आरोप लागे पनि चीनले ओलम्पिक खेलमा आफ्नो प्रभुत्व भने देखाएको थियो।
त्यही चीनका एक अर्ब ३० करोड जनताले दक्षिण अफ्रिकामा सञ्चालित विश्वकप फुटबलमा भने आफ्नो टिमलाई समर्थन गर्न पाएनन्। अझ छिमेकी दक्षिण कोरिया, जापान विश्वकपमा छनोट भएको अवस्थामा आफ्नो अनुपस्थितिले चिनिया फुटबल प्रेमीलाई पीर पर्नु स्वाभाविकै हो। त्यसमाथि आफूभन्दा निकै गरिब र विश्व समुदायबाट अलग रहेको साम्यवादी उत्तर कोरियासमेतले विश्वकपमा सहभागिता जनाउनु तर आफ्नो टिम टेलिविजन दर्शककमा सीमित हुनु चीनिया जनताका लागि आश्चर्य र पीडाको विषय भएको छ।
चीनमा फुटबल लोकप्रिय पनि छ। करोडौंले चिनियाले फुटबल मन पराउँछन्। त्यहाँको सरकारी टेलिभिजन सीसी टीभीले विश्वकप फुटबलको प्रसारण गरिरहेको छ। तर फुटबलले चिनिया खेल प्रेमीलाई पीडा दिएको छ।
आखिर एक अर्ब ३० करोडभन्दा बढी जनसंख्या भएको मुलुकमा आफ्नो टिमलाई विश्वकपमा सहभागी गराउन सक्ने उत्कृष्ट ११ जना फुटबल खेलाडी पनि किन नभएका होलान्? जनशक्तिमात्र नभई विश्वकै उदाउँदो आर्थिक महाशक्ति चीनले फुटबलमा लगानी गर्न नसक्ने पनि होइन। त्यस्तै चीनले खेलाडी उत्पादन, खोजी, प्रशिक्षण र अन्य सुविधा पनि बाँकी खेलकै शैलीमा गर्नसक्छ। तैपनि विश्वको सर्वाधिक लोकप्रिय खेलमा सफल हुन नसक्नुको कारण के हो?
विश्वकप फुटबल इतिहासमा चीन सन् २००२ मा एक पटकमात्र छानिएको थियो। आर्थिक रूपमा समृद्ध र धेरै जनसंख्या भएको मुलुकलाई खेलकुदमा सपलता हासिल गर्न सजिलो हुनुपर्ने हो। तर आर्थिक समृद्धि र जनसंख्यामात्रले फुटबलको विकास र सफलता पाउन पर्याप्त भने होइन रहेछ भन्ने चीनको उदाहरणले प्रमाणित गरेको छ।
त्यसो भए फुटबलमा सफलता हासिल गर्न बेग्लै खेल नीति चाहिने हो त?
बाहिर आएको समाचारअनुसार चीनमा फुटबल निकै लोकप्रिय हुनु नै यसको अवनतिको एउटा कारण हो। सुन्दा आश्चर्य लागे पनि वास्तविकता यही हो। कुनै पनि बलियो पक्षको प्रयोग सकारात्मक रूपमा गर्न नसके त्यसको नकारात्मक असर बेहोर्नु पर्छ। चीनका हकमा अहिले त्यही भइरहेको छ। त्यहाँ फुटबलको लोकप्रियतालाई केही सीमित तर प्रभावशाली व्यक्तिले पैसा कमाउन प्रयोग गर्दै आएको खुलासा केही अघिमात्र भएको छ। फुटबलमा थापिने बाजी र त्यसबाट ठूला टिम तथा खेलाडीसमेतमा पर्ने प्रभावका कारण फुटबलले त्यहाँ उकालो लाग्ने बाटो भेट्टाउन सकेको छैन। यही क्रममा केही समय अघिमात्र चिनीया फुटबल संघ (सिएफए)का दुई उपाध्यक्ष नान योङ र याङ यिमिन 'म्याच फिक्सिङ'को आरोपमा पक्राउ परेका थिए।
राष्ट्रिय टिममा पुग्न पनि खेलाडीले पैसा बुझाउनु पर्ने खुलासा भएको थियो। त्यस्तै चिनिया फुटबल संघका अधिकारी फान गुआङमिनले खेलाडीहरूसँग घुस लिएर सन् २००६मा ए डिभिजन लिगमा भ्रष्टाचार गरेको खुलासा भएको थियो।
त्यसबाहेक चीनमा फुटबल दुई किसिमले संचालन हुनु पनि यसको विकासमा बाधक मानिएको छ। चीनमा व्यावसायिक फुटबल हुन्छ भने यसमाथि नियन्त्रण सरकारी निकायले गर्छ।
यी सबै कारणले चीनमा फुटबल 'कल्चर'को विकास हुन नसकेको विज्ञहरूको धारणा छ। हुनत, केही चिनियाले आफ्ना खेलाडीको शारीरिक बनोट यस खेलका लागि उपयुक्त नभएको पनि भन्छन् तर मूल कारण फुटबल 'कल्चर' नहुनै भएको मान्ने धेरै छन्।
फुटबल विकासका लागि समाजमा यो संस्कारका रूपमा स्थापित हुनु आवश्यक हुन्छ। यही विश्वकपमा कम जनसंख्या भएका र गरिब राष्ट्रको सहभागिताले पनि यसलाई पुष्टि गरेको छ। कुनै पनि अभ्यासले संस्कारको रूप लिन सक्यो भने परम्परा बन्छ र अगाडि बढ्छ।