अपजसे राजपाटको झैझमेलोबाट मुक्त भएका ज्ञानेन्द्र न्यासध्यान गर्दै पापमोचन र आत्मशुद्धिको अभ्यासमा लीन भएका थिए। यस पवित्र प्रयोजनका लागि एकदमै उपयुक्त थलो थियो एकान्त, शान्त र सुन्दर नागार्जुन वन। तर, शासनको आसनमा बसेका टोपीधारी मसिना राजाले तिनको ध्यान भंग गरिदिए।
र, पैसाको लोभ र हैकमको तृष्णा जगाएर यिनले तिनलाई फेरि बेचैनीको भुग्रोमा फसाइदिए।
तराईको उखर्माउलो गर्मी याममा ज्ञानेन्द्र नागार्जुन वनबाट हठात् जनकपुर पुगे। यी पुराना राजा पुरानै राजसी ठाँटबाँट र भावभङ्गिमासाथ त्यहाँ प्रकट भएका थिए। रामजानकी मन्दिरका राजभक्त पुजारीले यिनलाई सनातनी रीत र उही पाराले स्वागत, स्वस्ति एवं जदौ टक्रयाए। इतिहासको स्रेस्तामा 'गणतन्त्र' लेखिएको थियो तर, शेष भयो भनिएको राजतन्त्रले जानकी धाममा हाक्काहाक्की मुन्टो उठायो। त्यो देखेर करुणाभावका साथ सोचेँ, टोपीधारी राजाले ज्ञानेन्द्रलाई फेरि अथाह दुःखसागरमा हुत्याइदिए!
हातमा हिन्दु धर्मको ध्वजा। मनमा मृत राजतन्त्रको सढेगलेको देहमा प्राणप्रतिष्ठा गर्ने उत्कट इच्छा। नेपालगन्ज पुग्दा राजतान्त्रिक आन्दोलनको राप र तापले ज्ञानेन्द्र हुनुसम्म उद्वेलित भएका थिए। मध्य दिनको ज्यान बाफिने हपहपी गर्मीमा ज्ञानेन्द्र सडकमाझ जुलुसमा निस्के। छक्क पर्दै काँचको पर्दामा अपलक हेरेँ। ती धकेलिँदा छन्, ती चेप्टिँदा छन्। तिनको खान्दानी निधारभरि खल्खली पसिना आएका छन् र अनुहारमा अत्यासको छायाँ उत्रिएको छ। त्यो रोमाञ्चक दृश्य देख्दा मलाई मजा लाग्यो। आखिर आन्दोलनको हुरीमा बढारिएको राजतन्त्रलाई फर्काउने जुक्ती पनि त आन्दोलनको हुरी नै हो! हिजो राजतन्त्रलाई ढाल्न सडकमा नारा उराल्नेलाई ज्ञानेन्द्रले लाठा, अश्रुग्याँस र गोलीको स्वाद चखाएका थिए। अब राजतन्त्रलाई फर्काउने धन्दामा लिप्त भएका ज्ञानेन्द्रले तिनै लाठा, अश्रुग्याँस र गोलीको स्वाद चाख्न पाउने भए। कुरा ठीकै हो, यस्तो स्वाद चाखेर जे ल्याइन्छ, त्यसको महत्ता अपरम्पार हुन्छ। श्रम र कष्ट बेगर हातलागी हुने वस्तुको न मायाँ हुन्छ न महत्व। यो सत्य ज्ञानचक्षु खुलेका ज्ञानेन्द्रलाई राम्ररी थाहा छ।
राजतन्त्र फर्काउन ज्ञानेन्द्रगण सडकमा निस्कनु तिनको सरासर अर्घेल्याइँ हो भन्नेहरू कम छैनन्। तर, म भन्छु - यो पुराना राजा ज्ञानेन्द्रलाई दोष दिएर टोपीधारी नयाँ राजाहरूलाई पानीमाथि ओभाना बनाउने प्रपञ्च हो। निरङ्कुश शासनको बागडोर सम्हालेर ज्ञानेन्द्रले लोकसामु तीनवटा चारित्रिक विशेषता प्रदर्शन गरेका थिए। लोभी, त्रू्कर र प्रतिशोधी। तिनमा सत्ता र पैसाको उपध्रै लोभ देखिएको थियो। स्वतन्त्रता र स्वाभिमानप्रेमी नागरिकमाथि तिनले अकथनीय क्रुरता पनि प्रदर्शन गरेकै हुन्। र, लोकतन्त्रवादी राजनीतिकर्मी र दलहरूप्रतिका आफ्ना प्रतिशोधी कृत्यद्वारा तिनले निरङ्कुशताको भयङ्कर कीर्तिगाथा रचेका थिए। तिनले अहिले देखे, आफूलाई मन पर्ने कुरा जे हो र आफूले गर्न खोेजेको जे हो, टोपीधारी राजाहरू खुरुखुरु त्यही नै गरिरहेका छन्। तर, आफूले जति जोस जाँगरसाथ र जोडतोडले किमार्थ होइन। मबिनाको गणतन्त्रमा यस्तै गर्नु छ त मै अघि सरेर किन नगरुँ? एकान्तवासी ज्ञानेन्द्रलाई यस्तो विचार फुर्यो क्यार? सके आफ्नो मति, चरित्र र भूमिका अरूले हरण गरेको देखेर तिनको चित्तमा सन्ताप पनि पैदा भयो। त्यसैले कत्रा दुःखले आर्ज्याको आफ्नो अनुभव र कौशलको उपयोग गर्न तिनी ज्यान फालेर आन्दोलनको खुला डबलीमा ओर्लिए।
ज्ञानेन्द्रले रुँदै भए पनि नियतिसित सम्झौता गरिसकेका हुँदा हुन्। आफ्नो यत्नको बलले वा दुर्घटनाको कृपाले वा दैवसंयोगले सिंहासन आइलाग्यो। पिताश्री महेन्द्रका पाइला पछ्याउँदै उही शैलीमा बन्दुके हैकम चलाइयो। एकबारको जुनीमा उत्पात गरियो। खैलाबैला मच्चाइयो। मै हुँ भन्ने सारालाई चरणको धुलोसरह बनाइयो। दाज्यैज्यू र तिनका परिवारजनको सारा सम्पत्ति ग्रहण गरियो। राज्यको कोष रित्याइयो। कथित प्रजातन्त्रका संरचना भकाभक भत्काइयो। कथित विधि र नीति, मर्यादा र अनुशासनको सक्तो धज्जी उडाइयो। तर, आखिरमा हावा, पानी र माटोसँग एकरती मेल नखाने गणतन्त्रको असान्दर्भिक, असामयिक र निरर्थक हल्ला उरालेर छँदा खाँदाको सिंहासन ढालियो। र, आधारातमा गद्दीच्यूत भई हारेको जुवाडेझैँ निन्याउरो मुख लाएर, कुम्लाकुटुरा बोकेर वनवास जान विवश भइयो। कर्मको फल हो। लेखेको पाइन्छ, देखेको पाइँदैन। बस्, यसरी ज्ञानेन्द्र आत्मलाप गर्दै र आफैँलाई सम्झाउँदै खान्दानी नागरिक बनेर बाँकी जीवन जिउन लगभग तयार भइसकेका थिए। तर, टोपीधारी मसिना राजाले तिनलाई फेरि दुःखको भवसागरतर्फ घिसि्रन वाध्य तुल्याए।
ज्ञानेन्द्रको पराजित, थकित र गतिल चित्त न्यास ध्यानमा थियो। तर, उनका लुब्ध र अतृप्त आँखा भने सत्तातिरै थिए। नचुनिएको भनेर तथानाम भन्दै उनलाई सत्ताबाट बलात् तल धूलामा खसालिएको थियो। तर, हेर्दाहेर्दै, आँखैअगाडि नचुनिएको कोही सत्ताधारी हुन पुग्यो। अरे बाबा! नचुनिएकै हुनु थियो त म छँदै थिएँ नि। उनलाई जङ चल्यो। नचुनिएकाले शासनको आसनमा बसेर गरेका क्रियाकर्म उनले मिहिन दृष्टिले नियाले। र, उनलाई झनै जङ चल्यो। नचुनिएको नयाँ भनाउँदो शासनको आसनमा बसेर लुटको धन्दामा लिप्त भयो। ज्ञानेन्द्रले सोचे - अरे , यो त मै गरिहाल्थेँ नि। नचुनिएको जीवात् विधि र नीति एवं अनुशासन र मर्यादा केहीको पनि पर्बाह नगरी सर्वत्र नातावाद र कृपावाद, चौतर्फी लुट र पलपल झुटको धन्दामा प्रवृत्त भयो। त्यो देखेर ज्ञानेन्द्रको जङ चलाइको पारो झन्माथि उठ्यो - अरे यार, यो सब पनि त मै गरिहाल्थेँ नि। झनै राम्रोसँग, झनै छिटो, झनै रमितलाग्दो गरी। के के न गर्छु भनेर बेइजत गर्दै मलाई फाल्ने अनि दुरुस्तै मेरै नक्कल गर्ने। अनि के के न नयाँ गर्दैछु भनेर धक्कु लाउने। ए रात्तै! अहिले भने ज्ञानेन्द्रको कन्पारो रनक्क तात्यो।
तिर्सनामय सत्ताचिन्तनको चापले ज्ञानेन्द्र महोदयको न्यासध्यान पूरापूर भङ्ग भयो। र, उनी नागार्जुन वनको सबैभन्दा अग्लो रुखको टुप्पाबाट आफ्नो कार्बनकपीरूपी शासनको दिनचर्या अवलोकन गर्न थाले। उनले देखे, सरकारी तस्करका हातबाट तराईको जङ्गल मरुभूमिमा फेरिँदैछ। अरे, अरे! ज्ञानेन्द्रका परेली झिमझिम भए। वन मास्ने प्रभावी कला छत्तीस सालमा वीरेन्द्र दाज्यैज्यूले सिकाइबक्सेकै थियो। त्यो अचुक शिक्षाको सम्झना गर्दै म क्या काइदाले तराईको हरियालीलाई धुस्रोफुस्रो मरुस्थलमा रूपान्तर गरिदिन्थे! छिटो, छिटो र एकदम छिटो। शुष्कमतिहरू सुस्त गतिमा वनविनाश गर्दै के के न पराक्रम गरेँ भनेर जुँगामा ताउ लगाइरहेछन्। भष्मासुरका मुखेन्जी भुत्ते बन्चरोधारी अन्तरेहरूले यसरी फुर्ती गर्न मिल्छ?
शासकहरू जब जनजनका सपना र तिनका धड्कनबाट विमुख हुन्छन्, जनशक्तिको डरले ती रातोदिन त्राहीमाम हुन पुग्छन्। र, सहाराको लागि ती भ्रान्तिकारी धर्मबल, भयकारी सैन्यबल र कृपाकारी विदेशबलमा सहारा खोज्छन्। ज्ञानेन्द्रले प्रत्यक्ष देखे, आफूजस्तै जनाधार निम्छरो भएका र आफूजस्तै नचुनिएका शासकहरू तिनैतिनै सहारामा आश टेकाएर बसेका छन्। यहाँनेर भने रिसले ज्ञानेन्द्र हजुरको टुप्पीबाट धुवाँको मुस्लो छुट्यो। अरे! आखिर मेरा पनि त सहारा यिनै थिए। मेरै सहाराको टेको लिने अनि मैलाई घर न घाटको बनाउने?
ज्ञानेन्द्रको क्रोध जब चुलियो, उनलाई खपिनसक्नु भयो। र, उनी जिते हस्तीनापुरको राज, हारे चपरीमुनिको बास भन्दै राजतान्त्रिक आन्दोलनमा होमिए। ज्ञानेन्द्र महाराजको तृष्णाको ताप जारी छ, उनको आन्दोलन जारी छ।
नागरिकहरू असल मनसायले मलाई सोध्छन्- धर्मभीरु ज्ञानेन्द्रको मृत राजतन्त्रको कङ्कालमा सास हाल्ने सडक आन्दोलनको परिणति र नियति के होला? मेरो उत्तर सरल छ। लगभग बीस लाख नरनारीले काठमाडौंको चक्रपथमा उभिएर चोर औँला हल्लाउँदा डरले मुर्छा पर्दै राजतन्त्र धुलामा पछारिएथ्यो। ज्ञानेन्द्रले त्यसैगरी बीस लाख नरनारीलाई आन्दोलित गर्न सके भने टोपीधारी राजाहरूको काशीवास हुनेछ र ज्ञानेन्द्रको शिरमा श्रीपेच चमचम चम्किने छ। लौ, गरिखाऊन्।