'काम चलाउ' सरकार कि दल?
०७ असार २०६७
•
१० मिनेट पाठ
'काम चलाउ' सरकार कि दल?
तीन दलबीच तीन बुँदे लिखित सहमति भएको २५ दिन बित्दा पनि कार्यान्वयनको छाँटकाँट देखापरेको छैन। यसबीच सहमति कसरी कायम गर्न सकिन्छ भन्ने भन्दा पनि केही नेताको ध्यान प्रधानमन्त्रीलाई कसरी राजीनामा दिन बाध्य बनाउन सकिन्छ भन्नेमा केन्द्रित भएको देखियो।
त्यसका लागि राजनीतिक, संवैधानिक, व्यावहारिकलगायत कुनै पनि आधारमा हैसियत नगुमाएको सरकारलाई 'काम चलाऊ' प्रमाणित गर्ने प्रयत्न भइरहेका छन्। सत्तारुढ दलकै नेताबाट लगातार आइरहेका यस्ता अभिव्यक्तिले सम्बन्धित व्यक्तिको पदलोलुपताका साथै नेपालको राजनीतिमा संस्कार र मर्यादाको अभाव पनि छर्लंग भएको छ। राजीनामा दिन तयार प्रधानमन्त्रीलाई सजिलो वातावरण बनाइदिएर राष्ट्रिय सहमतिको सरकार बनाउने अवस्था सिर्जना गर्नुको साटो प्रधानमन्त्री र सरकारमाथि खनिनुबाट एउटै पार्टीभित्र सहमति बनाउन नसक्नेले अरू पार्टीबीच कसरी सहमति कायम गर्न सक्लान् भन्ने प्रश्न उब्जिएको छ।

सरकारले संसद्मा बहुमत गुमाएको छैन। सरकार गठन हुँदा जति दल र सभासद्को समर्थन थियो, त्यो यथावतै छ। अहिलेसम्म सरकारले सदनमा पेस गरेका कुनै विधेयक विफल भएका छैनन्। भर्खरै संविधानसंशोधनका लागि पेस भएको विधेयक दुई तिहाईभन्दा बढी मतले पारित भएको छ। बहुमत कायम रहेको अवस्थामा सरकारलाई 'काम चलाऊ' भन्ने हो भने जुनसुकै सरकारलाई पनि 'काम चलाउ' नै भने हुन्छ। आफ्नो कुण्ठा र आकांक्षालाई सिद्धान्तको जामा पहिर्‍याउनु समग्र राजनीतिका लागि प्रत्युत्पादक हुनेछ।

'काम चलाउ' भन्ने हो भने संविधान सभा/संसद्लाई भने हुन्छ। जनताले दुई वर्षका लागि निर्वाचित गरेका सभासद्ले आफैँ आयु थपेर यसलाई 'काम चलाउ' का रूपमा निरन्तरता दिएका छन्। बरु 'काम चलाउ' संसद्मा निर्भर रहेकाले सरकार पनि 'काम चलाउ' हो भन्न मिल्छ। यसरी हेर्दा सरकार होइन, आजको संकट टार्न सहमतिमा हस्ताक्षर गर्ने अनि भोलिपल्टदेखि त्यसैलाई सिरानी हालेर सुत्ने दलहरूलाई 'काम चलाउ' भन्नुपर्छ।

'काम चलाउ सरकार' को सिद्धान्त आविष्कार गर्नेहरूले जेठ १४ गते तीन दलले 'प्रधानमन्त्रीको राजीनामाका लागि लिखित सहमति गरिसकेकोले सरकार राजनीतिक रूपले काम चलाउ' भएको व्याख्या गरेका छन्। सरकार 'काम चलाउ' भइसकेको हो भने फेरि प्रधानमन्त्रीको राजीनामाको रटान किन? माओवादीभन्दा पनि एक कदमअघि बढेर आएका यस्ता अभिव्यक्तिले पार्टीहरूभित्र उनीहरूकै हैसियतका बारेमा पनि प्रश्न उठाउन सकिन्छ।

कतिपय नेता आफ्नो पार्टी/कमिटीभित्र बहुमत नभए पनि पदमा रहिरहेका छन्। अझ राजनीतिक प्रश्न उब्जाउने हो भने कतिपय नेता विगतमा पार्टीले बोकेको विचारविरुद्ध उभिएका भए पनि अहिले नेतृत्वमा हुन सक्छन्। आफ्नो आग्रहलाई 'राजनीतिक' जामा लगाएर आफू अनुकूलको व्याख्या गर्दा यस्ता प्रश्न त उब्जिन्छन् नै। निश्चित् मूर्त व्यवस्था भएका अवस्थामा अमूर्त 'राजनीतिक' कारण दिएर विषयलाई जटिल बनाउनु उचित हुँदैन।

राजनीतिक सहमति अहिलेको अनिवार्य छ भन्नेमा दुविधा छैन। आफ्नो पक्षमा बहुमत हुँदाहुँदै पनि यही अनिवार्यता ध्यानमा राखेर प्रधानमन्त्री राजीनामाका लागि तयार हुनु भएको हो। यस्तो अवस्थामा नयाँ विकल्प तयार गर्न ध्यान दिनुको साटो सरकारको वैधानिकताका बारेमा प्रश्न उठउनुले आगामी दिन सहज नहुने संकेत गरेको छ। माधवकुमार नेपालले राजीनामा दिएपछि आफ्नै पालो आउँछ भन्ने आशामा रहेकामध्ये कोही पनि ढुक्क हुन सकेका छैनन्।

प्रधानमन्त्रीको राजीनामाका सन्दर्भमा अतृप्त आत्माको मिलन भए पनि त्यसपछिको विकल्पमा तिनका आआफ्नै दाउ छन्। पहिलो र तेस्रो दलले एकएक वर्ष सरकारको नेतृत्व गरिसकेपछि अबको पालो आफ्नो भएको नेपाली कांग्रेसको दाबी सार्वजनिक भएको छ भने पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बन्नुपर्दछ भन्ने माओवादीको दाबी कायमै छ। यी दुईको भिडन्तमा गोल गर्न सकिन्छ कि भनेर ढुकेर बस्ने पनि कम छैनन्।

राजनीति कतिसम्म जटिल बन्दैछ भने बाबुराम भट्टराईभन्दा बरु अर्को पार्टीको कुनै निमित्त पात्र तयार गर्न पुष्पकमल दाहाल तयार देखिन्छन्। तर, आफ्नै पार्टीभित्र अर्को 'शक्ति केन्द्र' तयार गर्न उनलाई मन छैन। राजनीतिमा केही पनि ठोकुवा गर्न गाह्रो हुन्छ। तर, अपवादकै रूपमा भए पनि माओवादीका सन्दर्भमा घोषणा गर्न सकिन्छ- बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने बाध्यता सिर्जना हुन थाल्यो भने त्यस्तो बेलामा उसले 'नेपाली क्रान्ति र जनताको चाहनाअनुसार' प्रतिपक्षमै बसेर 'संसद्वादीलाई देखाइदिने' नीति लिनेछ।

प्रधानमन्त्रीले राजीनामा दिनुअघि नै सहमति भएन भने संविधान निर्माण र शान्ति प्रक्रिया फेरि पनि सरकार गठनको छायाँमा पर्नेछन्। राजीनामा नदिँदै 'काम चलाऊ' को उपमा भिर्ने अवसर पाएको सरकारले साँच्चै 'काम चलाउ' भएपछि कुनै काम गर्न पाउने छैन। एक साताभित्रै छिटो नयाँ सरकार गठनको आवाज थेग्न नसक्ने गरी उठ्नेछ। त्यहीबीच नेतृत्व कसले गर्ने भन्ने विवाद विधिवत् सुरु हुनेछ।

अनि माओवादी लडाकुको समायोजन र पुनःस्थापना, संविधानलेखनजस्ता विषय स्वतः ओझेलमा पर्नेछन्। त्यही नहोस् र प्रधानमन्त्रीको राजीनामा शान्तिप्रक्रिया र संविधाननिर्माणको सहयोगी बनोस् भन्न राजीनामाअघि नै यी विषयमा मोटामोटी सहमति कायम हुनैपर्दछ। नयाँ सरकारको आधारै यही हुनसक्छ। अरूले नबुझे पनि माओवादीले यो बुझेको भएर ऊ कुनै पनि हालतमा समायोजनका लागि आफ्नो लडाकुको संख्या र मापदण्ड दिन तयार नभएको हो।

मुलुक सरकारविहीन रहन सत्तै्कन। कुनै व्यक्तिको प्रधानमन्त्री बन्नैपर्ने चाहनाको बन्धक पनि मुलुक बन्न सत्तै्कन। आर्थिक वर्ष सकिनै लागेको छ। नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट अहिलेको पहिलो प्राथमिकता हो। असार मसान्तभित्र पेस्की खर्च विधेयक पारित नभए राज्यको कोषबाट खर्च गर्न पाइँदैन। के दलहरू जानीजानी त्यस्तो अवस्था सिर्जना गर्न चाहन्छन्? चाहँदैनन् भने उनीहरुले अविलम्ब सहमतिको मार्गचित्र तयार गर्नुपर्छ र प्रधानमन्त्रीलाई राजीनामाका लागि सहज वातावरण बनाइदिनुपर्छ।

सहमति बनेमा वर्तमान सरकार तत्काल बाटो छोड्न तयार छ। तर, सहमति बनेन भने कसैले 'काम चलाउ' भन्दैमा सरकार रमिता हेरेर बस्न मिल्दैन। संवैधानिक, राजनीतिक र व्यावहारिक सबै आधारमा वैधानिक सरकारले आफ्नो नियमित काम अघि बढाउँछ। नयाँ नीति, कार्यक्रम र बजेट निर्माण वा अरू दैनिक प्रशासनिक काममा कुनै फरक आउँदैन। मौखिक अस्थिरता फैलाएर कर्मचारीतन्त्रलाई निस्त्रि्कय बनाउने प्रयत्न हुँदै रहे पनि अघि बढ्नुको विकल्प सरकारसँग छैन।
 
अर्को समाचार
सरकार काम चलाउ भइसक्यो : कांग्रेस नेता खाँण
१४ पौष २०७७
•
१ मिनेट पाठ
सरकार काम चलाउ भइसक्यो : कांग्रेस नेता खाँण
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले सरकार काम चलाउ भइसकेको बताएका छन।  नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न नपाउने बताए। ‘काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउँदैन। यदी गर्यो भने त्यस्तो निर्णय कांग्रेसलाई स्वीकार्य हुनेछैन’नेता खाँणले भने।  

पूर्वरक्षा मन्त्री समेत रहेका नेता खाँणले राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयको हल्काराको रुपमा काम गरेको टिप्पणी पनि गरे। संविधानको बर्खिलाप हुने गरी प्रम ओलीले व्यक्तिगत स्वार्थमा गरेका निर्णय तथा सिफारिसको मसी सुक्न नपाउँदै राष्ट्रपतिले स्ट्याम्प लगाइदिएको भन्दै उनले राष्ट्रपति कार्यालयलाई हल्लाकाराको संज्ञा दिएका हुन। ‘राष्ट्रपतिसँग बिषय विज्ञ सल्लाहकारको टिम छ तर कसैसँग सल्लाह गर्नुहुन्न। ओलीले गर्ने जनहित र संविधान बिपरितका अध्यादेश,सिफारिसको मसिसुक्न नपाउँदै स्ट्याम्प लगाएर पठाइदिनु हुन्छ’ नेता खाँणले भने।  

संविधानका कुनैपनि धाराले बहुमतको प्रधानमन्त्रीलाई यथास्थितीमा संसद बिघटन गर्ने अधिकार नदिएको भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर मुलुकलाई एकदलीय सर्वसत्तावाद तर्फ लैजान संसद बिघटनको कदम चालेको आरोप  लगाए।  

संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई सहि दिशा दिन नेपाली कांग्रेस सडकमा निस्कीएको भन्दै उनले देश र जनताकालागि जस्तो सुकै बलिदान दिन काँग्रेस तयार रहेको बताए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस