एआई, समाचार एजेन्सी र पत्रकार
०८ माघ २०८०
•
४ मिनेट पाठ
एआई, समाचार एजेन्सी र पत्रकार
मानिसको सु–सूचित हुने अधिकार र सूचनाको हक स्थापित गर्न भन्दै पत्रकारिताको अभ्यास सुरु भएको हो भन्ने सर्वव्यापी मान्यता छ। कटुवाल प्रथा, ढोल पिट्ने र सूचना प्रवाह गर्ने, चिठीपत्र हुँदै आधुनिकतामा प्रवेश गरेको सूचना प्रवाहको क्रम पत्रपत्रिका, रेडियो, टेलिभिजन इन्टरनेट हुँदै हाइब्रिटाइज भएको छ। माध्यमको क्षेत्र जति फराकिलो हुँदै गएको छ, जनशक्तिको माग उत्तिकै हुनुपर्ने हो तर यो हुन नसक्ने अवस्था सिर्जना भएको छ। न्युज एजेन्सीहरूको विकास पुरातनवादी शैलीबाट नयाँ युगमा प्रवेश गरेको छ। न्युज एजेन्सीहरूले दिने समाचार निश्चित मिडियाको पहुँच नपुग्ने ठाउँका हुने जुन अवस्था थियो त्यो परिभाषा अब करिब फेरिएको छ। न्युज ‘अन डिमान्ड’ मा एजेन्सीहरू जान थालेका छन्।

कुन सञ्चार माध्यमलाई कस्तो समाचार चाहिएको छ त्यस्तै समाचार दिने र सोहीअनुसार पैसा लिने गरी एजेन्सीहरूले थालेका अभ्यासले मिडिया हाउस र न्युज रुमहरू कमजोर हुने अवस्थामा पुग्ने खतरा देखिन्छ। धेरै सञ्चार माध्यम एजेन्सीकेन्द्रित बन्दै गएका छन्। समाचार कक्षमा बसेरै सामग्री उत्पादन गर्ने क्रम बढ्दो छ। सीमित जनशक्ति राखेर सञ्चार माध्यम चलाउने क्रम विकास भइरहेको छ। मूलतः पत्रकारिता सेवामूलक व्यवसाय हो तर अब यो सेवाभन्दा बढी व्यापारिक हुने खतरा बढ्दैैछ। जुन पत्रकारिताका हिसाबले राम्रो होइन।

सामाजिक सञ्जाल मिडिया कन्टेन्टलाई प्रभावित पार्ने मात्रै होइन, सूचना प्राप्त गर्ने स्रोत समेत बनेको छ। फेसबुक, एक्स, युट्युबलगायत माध्यम दैनिक थप शक्तिशाली बन्दैछन्। सूचना प्रवाह मात्रै नभई सामाजिक सञ्जालमा भ्रम छर्ने किसिमका सामग्रीदेखि विभिन्न स्वार्थ समूह केन्द्रित विषय पनि आउँछन्। यसकारण सामाजिक सञ्जाल मिडिया कन्टेन्ट पाइने स्रोतका रूपमा विकास भए पनि मिडियाको भूमिका भने खेल्न सक्दैनन्। तर पनि प्रविधिको विकास र यसको प्रभावलाई छेक्न कठिन छ।

यति मात्रै नभई अब अर्को चुनौती थपिएको छ, एआइ अर्थात आर्टिफिसियल इन्टेलिजेन्स (एआई)। इन्टरनेटको प्रयोगबाट अब समाचार सामग्री उत्पादनदेखि वितरण थप चुनौतीको विषय बन्न पुगेको छ। विश्वका केही चर्चित मिडियाले एआर्ईबाट समाचार पढेकादेखि थुप्रै प्रयोगलाई प्राथमिकता दिन थालेका छन्। यसले अब पत्रकरिता गर्छु भन्नेमाथि खतरा पैदा गर्ने डर देखाइदिएको छ। च्याट–बोट, गुगल र एप्पललगायत ठूला कम्पनी प्रश्न सोधेकै भरमा उत्तर खोजिदिने र समाचार सामग्री नै तयार पारिदिनेसम्मका काम हुने गरी प्राविधिकहरू एआइको विकासमा जुटेका छन्। यसले पत्रकारितामा मात्रै नभई सबै क्षेत्रमा चुनौती थपिएको छ ।

प्रविधिको तीव्र विकास र रोबोटिक कार्य सम्पादन अबको विश्वमा चुनौती बन्ने खतरा भए पनि यसले गर्ने काम र मानिसले गर्ने काममा भिन्नता भने सधैँ रहिरहनेछ। एआईले समेत समाचार उत्पादनदेखि यसलाई कलात्मकरूपमा प्रस्तुत गर्न गम्भीर सहयोग गर्ने सम्भावना पनि सकारात्मक पक्षका रूपमा छँदैछ। टेलिभिजन स्क्रिनमा समेत समाचार पढेका दृश्यदेखि पछिल्लो समय विभिन्न आवाजमा स्वराङ्कन गरेर गीत सार्वजनिक हुने क्रम बढ्दो छ। तर पनि एआइको प्रयोग सिर्जनात्मक हुन कठिन छ। सिर्जना मानव मस्तिष्कबाट हुने नयाँ उत्पादन पनि हो तर एआइले सिर्जना गर्ने भनेको इन्टरनेटमा उपलब्ध तथ्याङ्क विश्लेषण–बाहेक सम्भव छैन। यसकारण पनि एआइका सीमितता व्यापक छन् तर जोखिम पनि उत्तिकै छन्।

ब्रान्ड भ्यालुको पछाडि कुद्ने जमात र त्यसलाई विश्वास गर्ने ठूलो जमातमाथि मिथ्या सूचनाको सम्प्रेषण र मिडिया कन्टेन्ट उत्पादन अबको चुनौती हो। सामान्य पाठक, दर्शकले छुट्याउनै नसक्ने गरी समाचार सामग्री उत्पादन हुने र यस्ता विषयबाट ठूलो प्रभाव कायम हुने अवस्था सिर्जना भएमा त्यसले गहिरो संकट मात्रै निम्त्याउने छैन, यसले पत्रकार र उनीहरूको विश्वसनीयतामाथि समेत प्रश्न खडा गर्नेछ। तर पनि पत्रकारिताको विकास र यसको सम्बद्र्धनका लागि पत्रकार अनिवार्य सर्त हो। चुनौती जति बढ्ने हो, सम्भावना पनि उत्तिकै बलियो बन्ने ठानिन्छ। तर यसलाई पत्रकार आफैँले कसरी बुझ्ने? आफ्नो भविष्य पत्रकारितामै कसरी सुरक्षित गर्ने? अब खोजीको विषय यो बन्नुपर्नेछ।

एजेन्सीले सामान्य खर्चमै धेरै सेवा दिने काम गर्नाले पनि सञ्चार माध्यमहरू ठूलो मात्रामा जनशक्ति राख्नुको सट्टा ’‘मल्टी टास्किङ’ (सञ्चारको प्रकृतिअनुसारको सबै काम गर्न सक्ने) सीमित कर्मचारीलाई राखेर अघि बढ्ने मनस्थितिमा देखिन्छन् जुन एजेन्सीले पारेको प्रभाव हो। जस्तो–नेकपा एमालेका अध्यक्ष केपी ओलीले गएको पुस ४ गते पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै आन्दोलन गर्नेदेखि सरकारमाथि गम्भीर आक्षेपसहित देशको स्थितिबारे बयान गरे। कार्यक्रममा खासै मिडियाको उपस्थिति थिएन। तर एजेन्सीहरू सहभागी थिए। यो एजेन्सीले मिडिया कन्टेन्ट क्रिएटर र मिडिया जनशक्तिलाई कसरी साँघुरो बनाउँदैछ भन्ने दृष्टान्त हो। एजेन्सीले जमाउँदै लगेको प्रभाव पत्रकारमा मात्रै पर्ने हो वा समग्र पत्रकारिता क्षेत्रमा? अनुसन्धान आवश्यक छ।
अर्को समाचार
सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार: राष्ट्रपति
२२ वैशाख २०८१
•
३ मिनेट पाठ
सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताएका छन्।

राष्ट्रिय सूचना आयोगको सत्राैं स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सूचनाको हकले नागरिकलाई सशक्त बनाउनुका साथै सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार बनाउने बताए।

‘लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवाप्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो’, राष्ट्रपति पौडेलले भने, ‘विकास निर्माणमा नेपाली जनताको अर्थपूर्ण सहभागितासँगै लोकतन्त्र सुदृढीकरण गर्न अत्यन्त आवश्यक छ, यसका लागि पारदर्शीता मुख्य विषय हो, जुन सूचनाको हकले प्रत्याभूत गर्नेछ।’

लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि महत्त्वपूर्ण माध्यमका रूपमा रहेको सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। जनताले आफूले तिरेको कर कँहा र कसरी खर्च भइरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वाभाविक हक पनि भएको राष्ट्रपति पौडेलको भनाइ छ।

लोकतन्त्र सार्वभौम नागरिक र नागरिकको स्वतन्त्रताको सर्वोच्चता स्थापित गर्ने दर्शनबाट अभिप्रेरित व्यवस्था रहेको भन्दै राष्ट्रपति पौडेलले सूसुचित नागरिक मात्रै सर्वशक्तिमान हुने बताए।

‘नागरिकको स्वतन्त्रताको सर्वोच्चता स्थापित हुन्छ भन्ने मूल मान्यता र दर्शनका आधारमा लोकतान्त्रिक व्यवस्थामा जनतालाई शासन प्रणालीबारे सबै सूचना जान्न पाउने मौलिक हकको व्यवस्था गरिएको हुन्छ’, उनले भने।

नेपालको संविधानको धारा २७ ले प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने मौलिक हकको व्यवस्था गरिएको उनले बताए।

राष्ट्रपति पौडेलले कानुन कार्यान्वयनका लागि आयोगका साथै सूचनाको हकका अभियन्ताहरूको अथक मेहनत र सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीले आफूलाई रूपान्तरण गर्दै लगिरहेको वर्तमान अवस्थामा संविधान र कानुनले राखेका उद्देश्य सन्तोषजनकरुपमा कार्यान्वयन भने भइनसकेको उल्लेख गरे।

‘अझै पनि कैयौं नेपाली जनता आफ्नो मौलिक हकबारे अनभिज्ञ छन्, यसका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी छ। प्रभावकारी कार्यान्वयनका लागि आपूर्ति पक्ष थप संवेदशनशील हुन आवश्यक छ, त्योभन्दा बढी जनता आफैं आफ्नो अधिकार प्राप्त गर्न तयार देखिउन् भनेर उनीहरूमा जागरण ल्याउन अत्यन्त आवश्यक छ भन्ने मलाई लाग्दछ’, राष्ट्रपति पौडेलले भने।

संविधानको मर्म र कानुनको व्यवस्था अनुसार स्थापित आयोगले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिरहेको भन्दै आजमात्र चार वटा राष्ट्र भाषा मैथिली, अवधी, थारु र भोजपुरीमा प्रकाशित सहयोगी पुस्तिकाका कारण सूचनामागकर्ता तथा बहुसङ्ख्यक नेपालीमाझ आवश्यक सूचना पुर्‍याउन सहयोग पुगेको राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे। उनले यसैगरी थप राष्ट्रभाषामा पनि यस्तो प्रकाशन गर्नु आवश्यक रहेको धारणा राखे।

‘सूचनाको हक स्थापित गर्न आयोगले सीमित साधनस्रोतबाट पनि कानुनको प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार हुँदै अधिकार स्थापित गर्दै आएको छ। यसको थप प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवाला निकाय जिम्मेवार हुनुपर्दछ। साथै नागरिकमा जागरण ल्याउन सरकारको गम्भीर ध्यान जान जरुरी छ’, राष्ट्रपति पौडेलले भने।

स्वाभाविक रूपमा सबै सूचना सार्वजनिक हुँदैनन् र कानुनमा व्यवस्था भएका अति संवेदनशील पाँच प्रकारका सूचना संरक्षण गरेर राखिने विषय पनि जनताकै हितका लागि हुन् भन्ने हामीले विर्सन नहुने उनले उल्लेख गरे।

-रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस