'आकाशमा तीनतारा तीनतिर
छैन माया नहेर मतिर'
यो गीत अहिले नेपालका ठूला भनिएका तीन दलका नेताका लागि ठ्याक्कै सुहाएको छ। संविधानसभाको दुईतिहाइ बहुमतले पारित गरेपछि मात्र संविधान बन्छ।
जेठ १४ गते राती एक वर्षको लागि संविधानसभाका सदस्यले आफ्नो म्याद आफैं त थपे तर व्यक्तिपिच्छे फरक कुरा गरेर संविधान बन्छ त? यस्तै हो भने थपिएको अवधिमा संविधान त परै जाओस्, राष्ट्रिय सहमतिको सरकार पनि बन्न सक्तैन। मात्राको फरक होला तर सबै दलका नेता आत्मकेन्द्रित हुँदैछन्। विशेषगरी तीन ठूला दलका नेता।.पत्रपत्रिकामा आएका नेताहरूका भनाइमा कहीँ तालमेल छैन। उनीहरू एकअर्कालाई बुझ्नै चाहँदैनन् र एकअर्काको सम्मानै गर्दैनन्जस्तो छ।
जेठ १४ गते दलहरूले तीनबुँदे सहमति गरेका थिए हैनन्? सहमतिपछि अवरोध पन्छिनुपर्ने थियो तर समस्या झन् गहिँरिदो छ। जेठ १४ को सहमतिलाई के भन्ने? बाठा नेता जनताको ध्यान अन्यत्र लैजान खप्पिस छन्। दुई वर्षे अवधिमा नयाँ संविधान दिन नसकेकोमा जनताले साँबाव्याज असुल्लान् भनेर आफूआफूमै ठूलो स्वरमा बाझ्न थाले। जनता जिल्लिए। नेपाली जनता यसपटक पनि बुझकी देखिए। संविधान बनाउन नसकेकोमा नेताहरूसँग स्पष्टीकरण मागेनन्। बरु म्यादै थपेर भए पनि संविधान पूरा गर्न भने। नेताजीहरू दंग परेर संविधान सभाको म्याद थपे। जेठ १४ गते रातको १० बजे अघिसम्म असहमति, त्यसपछि सहमति र १५ गतेपछि फेरि असहमति। यो कस्तो नौटंकी?
मैले गल्ती गरेँ भने मैलेमात्र दुःख पाउँछु। बढीमा मेरो परिवारलाई टाउकोसम्म दुख्ला। तर अहिलेको संवेदनशील समयमा नेताहरूको गल्तीले करोडौंको भविष्य अन्धकारमा डुबाई दिन्छ। देशलाई भड्खालोमा जाक्न र हाम्रो स्वाभिमानलाई विदेशीको गुच्चा खेल्ने मैदान बनाउन खराब राजनीति काफी छ।
जताततै मानवीय मूल्य र मान्यताको ह्रास हुँदैछ। केही दिन नभेट्दा म कतै अपहरित भएँ की भनी साथीहरू फोन, एसएमएस गर्छन्। फेसबुकमा नदेख्दा अर्का साथीलाई त मैले नै जिज्ञासा राखेँ। राष्ट्रका १४ - १५ हजार होनहार नागरिक गुमाएको पीडा छ। थप पीडा अब स्वीकार्य छैन। नेताहरूको शक्ति अन्धताले हामीलाई उही हत्या हिंसाकै शृखलातिर डार्याउँदैछ।
नेताहरू कतिसम्म नालायक निस्के भने प्रधानमन्त्री पनि सर्वसम्मत चुन्न सक्दैनन्। तीन बुँदेका सहयात्रीको एक पक्षको पहिले प्रमको राजीनामा भन्ने अडान छ, अर्को पक्षको पहिले प्याकेज सहमति भनछ। लडाकु व्यवस्थापनमा कुरा नमिलेकोसुनिएको छ। समय खेर नफाली विगतका सहमति र सम्झौता कार्यान्वयन गरेको भए अहिले यो समस्या सल्टिसक्ने थियो। तर उनीहरूको अकर्मण्यता हेर्दा रक्षा मन्त्रालयलाई प्रम कार्यालय भन्दा शक्तिशाली बनाउन चाहन्छन्। यस्तै हो भने कुनै दिन रोलक्रममा रक्षामन्त्री पछि प्रधानमन्त्री राख्न बेर छैन।
राष्ट्रिय सहमति जेठा नेताहरूको कोटको खल्तीमा, अझ मुखमा भोटेताल्चा लगाएर राखिएको छ। त्यो ताल्चा कुन दिन खुल्छ, माइला, साइंला नेतालाई पनि थाहा छैन। त्यसो त जेठा नेता आफैँलाई समेत थाहा छैनजस्तै छ। सत्तापक्ष विपक्षीको मुख ताकेर बसेका छन् भने विपक्षी सरकारको। सहमति अर्कैले लुकाएको छ भन्ने विश्वासमा हुन्जेल केही हुनेवाला छैन। सनक र लहडमा कुन दिन ताल्चा खुल्ने हो? राष्ट्रिय सरकार कसको नेतृत्वमा हुने? रक्षा मन्त्रालय कुन दलले पाउने? प्रधानमन्त्रीले राजीनामा पहिले दिने की प्याकेज सहमति? जस्ता प्रश्नमा अब नेताहरूले गोलै हाले पनि मिल्ने छाँट छैन।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन र नयाँ संविधान निर्माण गर्न प्रमले राजीनामा गर्ने कि नगर्नेजस्ता झिनामसिना कुरामा अल्झिएर सम्भव छैन। अहिले प्रमले राजीनामा दिए पनि अर्को चरणमा समस्या रहिरहने हो भने त्यसको के अर्थ भयो र? जनताको लागि राजनीति गरेको हो भने अब नेताहरूले डल्लै सहमति गरेर राष्ट्रिय सरकार गठन गरून्। फोकटका विषयमा झगडा गर्ने समय छैन त।