(अ)संवैधानिक आयोग !
२० पौष २०७४
•
१९ मिनेट पाठ
(अ)संवैधानिक आयोग !
संविधान निर्जीव दस्तावेज हो । संविधानले जीवन्तता त्यसमा उल्लिखित प्रावधानको सकारात्मक व्याख्या र असल अभ्यासबाट प्राप्त गर्ने हो । निर्वाचनको परिणामपश्चात् दलबीच आफँैले बनाएको संविधानलाई बुझ्ने र व्याख्या गर्ने सम्बन्धमा कचिङ्गल बढेका छन् । संविधानका अन्तर्निहित सिद्धान्तका आधारमा बुझ्न सकेमा नै संविधानको सही कार्यान्वयन हुने हो । संविधानलाई गतिशील बनाउन स्वस्थ अभ्यास आवश्यक हुन्छ । २०४६ सालको जनआन्दोलनपश्चात् जारी २०४७ को संविधान निर्माण गर्ने शक्तिहरू आफैँले संविधानभित्र रही कार्य गर्ने संस्कारको विकास गर्न नसक्दा संविधान नै समाप्त भयो । त्यस संविधानले राजालाई सीमित अधिकार दिएकामा निरपेक्ष अधिकार सम्झी संवैधानिक व्यवस्थालाई मिच्दा राजतन्त्र नै सकियो ।




संविधान मुलुक सञ्चालनको दुरदृष्टिको मार्गचित्र हो । संविधानलाई क्षणिक नाफा–नोक्सानको स्वार्थमा प्रयोग गर्न खोजियो भने असल परम्पराको विकास हुन सक्दैन । संविधानलाई गतिशील र स्वीकार्य दस्तावेज बनाउन सोहीअनुरूपको व्यवहार र संस्कार हुनुपर्छ । अमेरिकाको संविधान विश्वको पहिलो लिखित संविधान हो । अहिलेसम्म करिब २३० वर्ष त्यो संविधान गतिशील र जीवन्त हुनुमा संविधानप्रतिको विश्वास, निष्ठा र संवैधानिक संस्कृतिको विकास नै हो । जारी हुँदाको प्रारम्भिक समयदेखि स्वस्थ अभ्यासबाट संविधानलाई मुलुक सञ्चालनको मेरुदण्डका रूपमा लिइयो । त्यसलाई भत्काउने, बिगार्ने, क्षति पु¥याउने, निजी स्वार्थमा व्याख्या गर्ने जस्ता कुराहरू न सरकार, न व्यवस्थापिका, न न्यायपालिकाबाट भयो । संविधानमा अस्पष्ट र कमी भएका कुरालाई पनि नागरिक अधिकारको पक्षमा, जनहित र राष्ट्रिय हितअनुरूप व्याख्या र अभ्यास गर्दै लगेका कारण मुलुक समृद्ध हुन सफल भयो । विभिन्न मुलुक स्वस्थ अभ्यासबाट समृद्ध भएका हुन् । सत्ता मोहमात्र र आन्तरिक कचिङ्गलबाट समृद्धि प्राप्त हुँदैन ।

आज विश्वका द्वन्द्व पछिका कतिपय मुलुकले लोकतान्त्रिक संविधान निर्माण गरेको भए पनि सत्ताकेन्द्रित संकुचित स्वार्थका कारण त्यस्ता मुलकमा संवैधानिक लोकतन्त्रले सफलता हासिल गर्न सकेको छैन । जसको परिणाम द्वन्द्वको चक्रबाट त्यस्ता मुलुक मुक्त हुन सकेका छैनन् । लोकतन्त्रलाई सफल बनाउन संकुचन स्वार्थ त्याग्न सक्नुपर्छ । नेपालको संविधानले मुलुकलाई समृद्ध बनाउने सङ्कल्प गरेअनुरूप त्यसलाई व्यवहारमा लागू गर्न संविधान कार्यान्वयनको प्रारम्भदेखि नै स्वस्थ संवैधानिक अभ्यास जरुरी छ । संवैधानिक प्रणाली अवरुद्ध हुने किसिमबाट कतैबाट पनि संविधानको व्याख्या गर्नुहुन्न ।

उपलब्धि र कचिंगल

संविधानसभाबाट संविधान जारी हुँदाका बखत संविधानप्रतिको सर्वस्वीकार्यताको प्रश्न उठाई गरिएको विरोध र नाकाबन्दीका कारण मुलुुकले ठूलो क्षति र समस्या व्यहोर्नुपरेको अवस्था थियो । तर यस वर्ष संघ, प्रदेश र स्थानीय तहको निर्वाचनले संविधानप्रतिको स्वीकार्यता बढाउनु संविधान कार्यान्वयन गर्ने सन्दर्भको सुखद पक्ष हो । संविधान कार्यान्वयनका निम्ति २०७४ साल निर्वाचन वर्षका रूपमा रह्यो । स्थानीय सरकार गठन भई क्रियाशील छ । प्रदेश सरकार निर्माणको अवस्थामा छ । संघमा नयाँ जनादेश र मतादेशको आधारमा संघीय सरकार गठनको क्रममा छ । यो निर्वाचनले संविधानको सर्वस्वीकार्यतालाई बढाएको छ ।  

लोकतन्त्रमा जनता निर्णयक मानिन्छन् । जनताले आफ्नो विवेकपूर्ण मतद्वारा सत्ता सञ्चालन गर्छन् । लोकतन्त्रको सुन्दरतम पक्ष भनेकै आवधिक, प्रतिस्पर्धी र समावेशी निर्वाचन हो । निर्वाचनको माध्यमद्वारा नै दलले वैधता प्राप्त गर्छन् । लोकतन्त्रले पद्धति र प्रणाली दिन्छ । आचरण र व्यवहार दिँदैन । त्यो त आफैँले निर्माण गर्ने र सुधार गर्ने विषय हो । जनताको मतलाई सम्मान गरी सोहीअनुरूप व्यवहार गर्नु लोकतान्त्रिक दलहरूको कर्तव्य र जिम्मेवारी हो ।

संविधानले २०७४ माघ ७ भित्र निर्वाचन गरिसक्नुपर्ने किटानी म्याद तोकेका कारण निर्वाचन सम्पन्न भयो । संक्रमणकाललाई समाप्त गर्न पनि निर्वाचन हुनैपथ्र्याे । संविधान बमोजिम निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको परिणामलाई सबैले आत्मसात् गरी संविधानलाई गतिशीलता प्रदान गर्ने कार्यमा कुनै पनि शक्ति अवरोधक बन्नु हुँदैन । राजनीतिक दलहरूले नयाँ पुस्ताका निम्ति पनि उदाहरणीय भूमिका प्रस्तुत गर्दै लोकतन्त्रप्रतिको विश्वास बढाउन राजनीति ‘फोहोरी खेल’ होइन भन्ने सन्देश दिनु आवश्यक छ ।

संघीय संसद्को निर्वाचनको नतिजा औपचारिक रूपमा निर्वाचन आयोगले घोषणा नगर्दै दलहरूको बीचमा संविधानलाई बुझ्ने सन्दर्भमा विभिन्न कचिङ्गल सिर्जना भएका छन् । खासगरी नयाँ सरकार गठनको विषयमा, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको विषयवस्तुमा, संघीय संसद्मा महिला प्रतिनिधित्वको सुनिश्चितताका सम्बन्धमा, संघीय संसद्को संयुक्त अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थाका विषयमा र प्रधानमन्त्रीले नयाँ सरकार गठनका निम्ति मार्ग खुला गर्नुपर्ने जस्ता विषयहरूमा ठूला दलबीच संविधानलाई व्याख्या गर्ने सन्दर्भमा फरक–फरक बुझाइका कारण कचिङ्गल बढ्दो छ । दलहरू संवादहीनताको स्थितितर्फ उन्मुख हुँदै गएको देखिएको छ । यस्तो अवस्था आउनु लोकतन्त्रको विकासका निम्ति सुखद अवस्था होइन ।

संविधानको धारा ७६ ले मन्त्रिपरिषद्को गठनको व्यवस्था गरेको छ । धारा ८४ को उपधारा (८) मा महिलाको संघीय संसद्मा प्रतिनिधित्वको सुनिश्चितता छ । धारा ८६ बमोजिम राष्ट्रियसभाको गठनसम्बन्धी अध्यादेशमा समावेश भएको निर्वाचन प्रणालीको प्रावधान विवादित भएको छ । धारा ९५ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जस्ता विषयका सम्बन्धमा आ–आफ्नै किसिमका व्याख्या र अडानले मुलुकलाई कचिङ्गलमा धकेल्न खोजेको छ ।

समस्या संविधानको धारामा छैन, सोच र व्यवहारमा छ । समयमै गर्नुपर्ने काम नगर्दा निर्वाचनको परिणामले पारेको प्रभाव र आ–आफ्ना स्वार्थका कारण समस्या सिर्जना भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ व्यवस्थापिका–संसद्ले जसरी बनायो, त्यसैगरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन संसद्बाट त्यसै समयमा बनाएको भए अहिलेको समस्या आउने थिएन । प्राथमिकताको विषयभित्र रहनुपर्ने ऐन समयमै नबनाउँदा त्यससम्बन्धी अध्यादेश विवादित बन्न पुग्यो । कानुन बनाउने सम्बन्धमा राजनीतिक दल, संसद् र सरकारको गम्भीरता जुन रूपमा हुनुपथ्र्याे त्यसमा त्यति ध्यान पुगेको देखिएन । अब मुलुकलाई निकास दिन दलहरू नअल्मिलिकन आपसी छलफल, संवाद, विगतको अभ्यास एवं संसदीय व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय अनुभवका आधारमा सुल्झाउनुपर्छ । राजनीतिले निकास दिनुपर्छ । राजनीतिले निकास दिएन भने त्यो अराजनीति हुन्छ ।

निर्वाचन आयोग र निर्वाचन परिणामको घोषणा

निर्वाचन आयोग निर्वाचन सञ्चालन गर्ने सन्दर्भमा स्वतन्त्र निकाय हो । निर्वाचन आयोगले संविधान र कानुनको अधीनमा निर्वाचनको नतिजा घोषणा गरी निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पठाउनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेको हुँदा सोही कानुनको आधारमा परिणाम टुंग्याउनुपर्छ । राष्ट्रियसभाको निर्वाचन अर्को निर्वाचन प्रक्रिया हो । प्रतिनिधिसभाको निर्वाचनको घोषणा गर्न सामान्यतया राष्ट्रियसभाको निर्वाचन पर्खिनुपर्ने देखिन्न ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (४) को व्यवस्थाको सम्बन्धमा विभिन्न तहबाट भिन्न–भिन्न विचार र दृष्टिकोण सम्प्रेषण भइरहेका कारण निर्वाचन आयोगलाई केही द्विविधाको स्थिति हुन सक्ला । तर उक्त उपदफा (४) मा उल्लेख भए बमोजिम दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गरेपछि आयोगले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी दललाई महिलाको संख्या यकिन गरी बन्द सूची मिलाई सोहीअनुरूप उम्मेदवारको नाम पठाउन पत्र लेख्नुपर्नेछ । यसरी दललाई जानकारी दिएपछि सम्बन्धित दलले त्यसलाई मध्यनजर गरी महिला सदस्यको नाम आयोगमा पठाउने र त्यसरी नामावली प्राप्त भएपछि ऐनको अनुसूची–१ मा उल्लिखित प्रतिनिधित्व हुने समूहको प्रतिशतसमेत मिले–नमिलेको हेरी निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्ने कार्य गर्नुपर्छ । अहिलेको निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन गरेको अवस्था हो । राष्ट्रियसभाको निर्वाचनको परिणाम नआईकन प्रतिनिधिसभाको निर्वाचनको घोषणा गर्न मिल्दैन भन्ने कुरा कुनै कानुनमा स्पष्ट उल्लेख नहुँदा निर्वाचन अयोग अलमलिरहनु हुँदैन ।

संविधानको आधिकारिक व्याख्या अदालतले गर्ने हो । निर्वाचन अयोगले आफूले गरेको कामको निकास दिने हो । निर्वाचन आयोग विवादमा पर्नु हुँदैन । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम प्रत्यक्षतर्फको निर्वाचनको परिणाम र समानुपातिकतर्फको दलहरूले प्राप्त गरेको सिट संख्यासहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउन निर्वाचन आयोगलाई कानुनतः समस्या छैन । कानुनको उदार र निकासपूर्ण व्याख्या गर्नुपर्छ ।

लोकतन्त्रमा कानुनले नरोकेको कुरा गर्न मिल्छ । रष्ट्रियसभा सदस्यको निर्वाचन छुट्टै कानुनद्वारा व्यवस्थित हुने र त्यस्तो कानुनले धारा ८६ बमोजिम महिला, दलित, अपाङ्गता वा अल्पसंख्यकको प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । राष्ट्रियसभाको निर्वाचन परिणाम नआउन्जेलसम्म प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेमा संविधानमा कुनै ठूलो क्षति हुने देखिन्न । निर्वाचन आयोगले सबै समस्या बोक्ने पनि होइन । समस्याको समाधान राजनीतिक दलहरूले सहमतिबाट खोज्नुपर्छ । संवैधानिक प्रणाली अवरुद्ध हुने गरी संविधान र कानुनको व्याख्या गर्नु हुँदैन ।  

संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठनसम्बन्धी गरेको व्यवस्थामा राष्ट्रिय सभा गठनको अनिवार्यतालाई स्वीकार गरेको छैन । प्रतिनिधिसभामा विश्वास र समर्थन प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको जुनसुकै सदस्य प्रधानमन्त्री हुन सक्ने व्यवस्था छ । त्यस्तो प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएका कारण सरकार गठनमा कुनै संवैधानिक बाधा अड्चन देखिन्न । निर्वाचनको परिणाम सार्वजनिक भएपछि त्यो धारा स्वतः कार्यान्वयनमा जान्छ । यसका निम्ति अरू धारा आकर्षित हुँदैन । राष्ट्रियसभा गठन नभई २०४८ सालमा सरकार गठन भएको र राष्ट्रियसभा नहुँदा पनि प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको परम्परा छ । अहिलेको संविधानमा भएकै जस्तो व्यवस्था त्यसबेलाको संविधानमा पनि संसद् अधिवेशन आह्वान सम्बन्धी प्रावधान थियो ।

निकासको बाटो

संविधानमा लेखिएका व्यवस्था आफैँ सक्रिय हुँदैनन् । त्यसलाई जीवन्त र गतिशील बनाउने कार्य राजनीति सञ्चालन गर्नेहरूले गर्ने मुख्य काम हो । संविधानमा केही विरोधाभाषपूर्ण र असामञ्जस्य व्यवस्था रहेछन् भने पनि त्यसको सकारात्मक र निकासयोग्य व्याख्या गर्नु संवैधानिक विधिशास्त्रको मान्य सिद्धान्त हो । संविधानको कुनै प्रावधानले यसको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ पारेमा संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउने गरी आदेश जारी गर्न पनि सकिन्छ । तर अहिले उठेका प्रश्नको समाधान गर्न बाधा अड्काउ फुकाउनुपर्ने गरी आदेश जारी गर्नुपर्ने पनि अवस्था छैन । संवैधानिक लोकतन्त्रप्रति प्रतिबद्ध भई निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू क्षणिक स्वार्थमा संविधानको अनुदार व्याख्या गर्नेतर्फ लाग्नुहुँदैन । आ–आफ्ना क्षणिक स्वार्थका निम्ति संविधानलाई विवादित बनाइराख्नु हुँदैन । निर्वाचन आयोग पनि विवादमा फसिरहनु हुँदैन । राजनीतिक दलहरू निहित स्वार्थबाट माथि उठी संविधान कार्यान्वयनमा उदारतापूर्वक लाग्नु नै समस्याको समाधान र संवैधानिक लोकतन्त्रको सफलता हो ।

लेखक संविधानविद् हुन् ।
अर्को समाचार
सर्वोच्चको सही निर्णय
१६ फागुन २०७१
•
६ मिनेट पाठ
सर्वोच्चको सही निर्णय
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले मानवता विरोधी जघन्य अपराधमा समेत क्षमादान दिनसक्ने सम्बन्धित ऐनका प्रावधानहरूलाई असंवैधानिक ठहर गरी सर्वोच्च अदालतले खारेज गरिदिएको छ।सर्वोच्च अदालतको विशेष इजलासले ऐनमा क्षमादान दिने विषयमा आयोगलाई दिइएको तजबिजी अधिकार र गम्भीर मानव अधिकार हननका उल्लंघनकर्ताविरुद्ध मुद्दा चलाउने विषयमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयलाई दिइएको अधिकारलाई असंवैधानिक ठहर गरी खारेज गरेको हो। ऐनका यी दुवै प्रावधानको मानव अधिकार समुदाय र पीडितहरूले विरोध गरेका थिए। तर, राजनीतिक दलहरूले मानव अधिकार र प्राकृतिक न्यायका सिद्धान्तसमेतको उपेक्षा गरेर जघन्य मानव अधिकार हननका विषयमा समेत क्षमादानको व्यवस्था ऐनमा समावेश गरेका थिए। सम्भवतः त्यस्तो प्रावधान समावेश हुँदा ऐन निर्माण गर्न सजिलो हुने भएकाले पनि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच सहमति भएको हुनसक्छ। यसैगरी, विशेष इजलासले मेलमिलाप र क्षमादानका लागि पीडितको सहमति अनिवार्य हुनुपर्ने र अदालतमा हाल विचाराधीन मुद्दाहरू आयोगमा सार्न नमिल्ने ठहर पनि गरेको छ। सर्वोच्च अदालतको विशेष इजलासले स्पष्ट शब्दमा ‘ऐनअन्तर्गत आयोगले न्यायिक संस्थालाई विस्थापन, न्यायिक कार्यको प्रतिस्थापन र न्यायिककार्यको प्रतिस्थापन र न्यायिक कार्यको विकल्प दिनसत्तै्कन' भन्ने पनि स्मरण गराएको छ।
दशक लामो सशस्त्र द्वन्द्वपछि विद्रोही माओवादी र राज्यबीचमा सम्पन्न विस्तृत शान्ति सम्झौतामा नै सत्य निरुपण र बेपत्ता पारिएकाहरूका छानबिन गर्ने प्रावधान समावेश गरिएको थियो। तर, शान्ति सम्झौतापछिका ८ वर्षसम्म पनि शान्ति प्रक्रियाकै महत्वपूर्ण कार्यमध्येको सत्य निरुपण दलहरूको प्राथमिकतामा परेन। विशेषगरी माओवादी पक्षले जघन्य अपराधमा संलग्न रहेकामध्येलाई समेत एकमुष्ट क्षमादान हुनुपर्छ भन्नेमा जोड दिएकाले ऐन निर्माण हुनै ढिलो भयो। बल्लतल्ल बनेको ऐन पनि मानव अधिकारका अन्तर्राष्ट्रिय प्रावधानविपरीत बन्यो। संविधानकै प्रावधानहरूसमेत ऐन निर्माणका क्रममा मिचियो। यसैले मानव अधिकारकर्मी र सरोकारवाला पीडितहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सरोकारवालाहरूको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतको विशेष इजलासले संविधानसँग बाझिएका बुँदाहरू खारेज हुने निर्णय सुनाएको हो। सर्वोच्च अदालतको निर्णयलाई मानव अधिकारकर्मी र सरोकारवाला पीडितहरूले स्वागत गरेका छन्।
सर्वोच्च अदालतको निर्णयले सरकारले गरेको गल्ती सच्याएर पछि आइपर्नसक्ने अप्ठेरोबाट जोगाइ दिएको छ। न्यायालयको यो सही निर्णयको दूरगामी प्रभाव पर्ने निश्चित छ। सरकारले दुवै आयोग भर्खरै गठन गरेको छ। आयोगहरूले काम थालिसकेका छैनन्। यसैले अब आयोगहरूले अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको अन्तरिम संविधान, २०६३ विपरीत नहुने गरी कार्य सम्पादन गर्न सहज भएको छ। राजनीतिक भागबन्डामा नियुक्त आयोगका पदाधिकारीमाथि राजनीतिक दलहरूबाट गलत निर्णयका लागि दबाब पर्नसक्थ्यो। आयोगले गलत निर्णय गरेपछि अदालतबाट उल्टिँदा त्यो बढी विवादास्पद बन्न पुग्थ्यो। यस्तै आयोग गठनप्रति सरोकारवालाहरू विशेषगरी पीडितहरूको असन्तुष्टि रहेको छ। आयोगले कार्यसम्पादनका क्रममा त्यस असन्तोषलाई सम्बोधन गर्नु आवश्यक देखिन्छ। खासगरी, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पीडित र मानव अधिकार समुदायले विश्वास गर्नसकेको देखिएको छैन। आयोगका पदाधिकारीका सामु आफ्नो साख कायम गर्ने चुनौती पनि छ। सर्वोच्च अदालतको निर्णयलाई शिरोपर गर्न अग्रसर भएर आयोग र सरकारले विश्वास कमाउन सक्छ। त्यस अवस्थामा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि सुधि्रनेछ र दण्डहीनताको संस्कार अन्त्य गर्ने दिशामा प्रगति हुनेछ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस