काठमाडौं- नेकपा-माओवादीसहितका आन्दोलनरत ३३ दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिको विषयलाई लिएर आज आयोगको कार्यालय घेराउ गरेका छन्।उनीहरुले आयोग प्रमुखमा कार्कीको नियुक्ति असंवैधानिक भन्दै त्यसको विरोधमा बिहान नौदेखि ११ बजेसम्म आयोगको कार्यालय घेराउ गरेका हुन्। घेराउ कार्यक्रमका कारण सो क्षेत्रको ट्राफिक आवागमनमा समेत बाधा पुगेको थियो।
प्रमुख तीन दल र मधेसी मोर्चाबीच गत चैतको अन्तिममा भएको ११ बुँदे सहमति तथा २५ बुँदे बाधा अड्काउ फुकाउ अध्यादेशको खारेजीको माग गर्दै नेकपा माओवादीसहितको ३३ दलले आन्दोलन जारी राख्दै आएका छन्। उनीहरुले चार दलको सहमतिको खारेजी भएमात्र आउँदो संविधानसभाको निर्वाचनमा भाग लिन सकिने सर्त राख्दै आएका छन्। रासस