माओवादीको स्वाधीनता
१८ जेष्ठ २०६७
•
११ मिनेट पाठ
माओवादीको स्वाधीनता
अन्ततः ६० वर्षदेखिको संविधान सभाको अभियान जेठ १४, २०६७ सम्म आइपुग्दा असफल साबित भएको छ। अब संविधान सभाको जति म्याद थपिए पनि औचित्य समाप्त भएको छ। तीतो लागे पनि सत्य यही हो। विदेशीको सहयोगबाट सत्ता परिवर्तन गरियो भने क्रान्ति र राष्ट्र दुवैले स्वतन्त्रता गुमाउँछन्।
विसं २००७ सालको दिल्ली सम्झौतादेखि १२ बुँदे दिल्ली सहमतिसम्मको ६ दशकमा विदेशी सहयोगमा क्रान्ति र सत्ता पविर्तन भएकाले राष्ट्रको स्वतन्त्रा र सार्वभौमिकता गुम्दै गएको छ। यही बुझेर बीपी कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अपनाएर नेपाल फर्केका थिए।




विसं २००७ सालमा राणा र कांग्रेसको संयुक्त सरकारको गठन, गणतान्त्रिक संविधान निर्माणका लागि संविधान सभाको चुनावलगायतका एजेण्डा दिल्ली सम्झौतामा थिए। भारतका तत्कालीन प्रधानमन्त्री जवाहारलाल नेहरुको सल्लाह र सहमतिमा त्यहीँको परराष्ट्र मन्त्रालय (साउथ ब्लक)ले या सम्झौता तयार गरेको थियो। बाह्र बँुदे सहमति त्यसैको निरन्तरता हो। दिल्ली सम्झौताको नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको थियो। के.आई. सिंहले पनि २००७ सालको जनक्रान्तिलाई दिल्ली सम्झौतामा टुंग्याइएकामा विरोध गरेको थिए। उनले सशस्त्र संघर्ष जारी राखेकाले पक्राउ परे। थुनाबाट भागेर चीनमा निर्वासित भए। चीनबाट फर्केपछि राजा महेन्द्रले २०१४ सालमा सिंहलाई प्रधानमन्त्री नियुक्त गरे। सिंह भन्थे, संविधान स

 

भाको चुनावलाई रद्दीको टोकरीमा फाल्नुपर्छ। त्यतिबेला पनि संविधान सभालाई विदेशीको एजेण्डा भनेर सिंहले विरोध गरेको मेरो ठहर थियो।
यति बेला देखिएको सरकार-माओवादी संघर्षको कारक अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको अभाव हो। यस अवस्थामा भारत-माओवादी 'प्रोक्सीवार' देखा परेको कारण दुवै छिमेकीलाई सन्तुलनमा राख्ने नेतृत्वको अभाव हो। न नेपाल भुटान बन्न सम्भव छ न माओवादीले राज्यसत्ता कब्जा गर्नै सम्भव छ। अहिले सन्तुलित नेतृत्वको खोजीमा नेपाली राजनीति भुमरीमा परेको छ। जेजस्तो सैद्धान्तिक मान्यता भए पनि यस्तो सन्तुलित नेतृत्व राजतन्त्रमात्र हुनसक्ने सिद्ध भएको छ। न नेपाल इण्डोनेसिया बन्न सम्भव छ न पेरु। आफ्नो स्वार्थअनुकूल प्रयोग गर्न गोरखपुरपन्थी माओवादीलाई दिल्लीले संरक्षण गरेकै हो। त्यसलाई दोस्रो दिल्ली सम्झौताद्वारा संसद्वादी राजनीतिक दलले अनुमोदन गरेका हुन्। अहिले कसैले कसैलाई समाप्त गर्नसक्ने अवस्था छैन। त्यस्तै अहिलेका राजनितिक दलभित्र दुवै छिमेकीलाई सन्तुलनमा राख्नसक्ने नेतृत्व पनि छैन। यस अवस्थामा २०६३ वैशाख ११ को सम्झौता इमानदारीपूर्वक फर्केर पालना गर्नु नै सहज निकास हुनेछ।

राजतन्त्रको विस्थापनपछि नेपाल शक्ति सन्तुलन राख्ने विश्वसनीय नेतृत्वको अभाव छ। एकातर्फ छिमेकी राष्ट्र चीन विश्व राजनीतिमै आर्थिक र सामरिकरूपमा उदाइसकेको छ र बढ्दो प्रभावसँंगै छिमेकमा नयाँ भूमिकाको खोजीमा लागेको देखिन्छ। सोभियत संघको विघटनपछि आन्तरिक राजनीतिक, आर्थिक र वैचारिक रूपमा बलियो नबन्दासम्म वाह्य प्रभाव फैलाउने भूमिका असफल हुने चिनिया निष्कर्ष अब बदलिनु स्वाभाविकै हो।

दक्षिण एसिया अहिले विश्व राजनीतिको केन्द्र बनिरहेको छ। यसैले नेपालमा आआफ्नो सुरक्षा र सामरिक स्वार्थका लागि सबैको ध्यान केन्द्रित भएको छ। नेपालको मात्र होइन सिंगो दक्षिण एसियाको राजनीतिमा छिमेकीको स्वार्थ कुनै विचार वा वादमा होइन आआफ्नो सामरिक रणनीति र सुरक्षा स्वार्थमा आधारित हुन्छ। यसकारण हाम्रो मात्र होइन हाम्रा छिमेकको कम्युनिस्ट विद्रोह आफूलाई प्रजातान्त्रिक शक्ति दाबी गर्नेको हित अनुकूल पनि हुनसक्छ र प्रजातान्त्रिक शक्तिको त्यसबाट अहित पनि हुनसक्छ।

यस स्थितिमा नेपालका कुनैपनि कम्युनिस्ट नेतृत्वप्रति छिमेकीले विश्वास गर्ने आधार छैन। यस गोलचक्करमा यतिबेला अभिभावकविहीन जस्तै देखिएको राष्ट्रिय सेना परेको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको आँखा भद्रकालीमा केन्द्रित छ। भारत-अमेरिकी आणविक सम्झौता र चीन-पाकिस्तान आणविक सम्झौता, त्यसपछि रुस-भारत सम्झौता र पाकिस्तान-अमेरिकी सम्झौताले दक्षिण एसियाली राजनीति सामरिक र सुरक्षाका दृष्टिकोणले संवेदनशील बन्दै गइरहेको छ। यस परिवेशमा विश्व शक्ति अमेरिकाको सामरिक स्वार्थदेखि छिमेकी मुलुकको सुरक्षा स्वार्थको टकरावमा हाम्रो अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा हुन पुगेको छ।

अन्तर्राष्ट्रिय विश्व राजनीतिमा कम्युनिज्मप्रति समर्थन नरहने अवस्थामा त्यसलाई राष्ट्रवादमा बदल्नु र भारतबाहेकका अन्तर्राष्ट्रिय छिमेकी र बाह्य शक्तिको समर्थन खोज्नु माओवादी उद्देश्य देखिन्छ। भारतबाटै निर्बाधरूपमा सशस्त्र संघर्ष सञ्चालन गरेको माओवादी उसको निमित्त हिजो पनि खतरा थिएन र आजपनि छैन। आफ्नो हितविरुद्ध लाग्नेलाई कहिल्यै कुनै राष्ट्रले पनि खुला छोड्दैन। माओवादी अहिले बलियो शक्तिका रूपमा उदाएको भएपनि कुनैपनि अन्तर्राष्ट्रिय शक्तिको भरपर्दो मित्र होइन। त्यहाँभित्रको गुट र अन्तर्गुटलाई राम्ररी नियाल्दा माओवादीलाई विश्वास गर्नसक्ने आधार पनि देखिँदैन।

यसलाई राम्ररी बुझेका पश्चिमा शक्ति र चीनले भरपर्दो स्थायी मित्रको खोजी गर्दा आफ्ना सामरिक स्वार्थअनुरूप भरपर्दो शक्ति नदेखिनु उनीहरूको चिन्ताको विषय हो। नेपालमा स्थायी र संगठित शक्ति नेपाली सेनामात्र छ। राजतन्त्रको विस्थापनपछि लोकतन्त्रीकरणका नाममा सेनालाई लगाइने आक्षेप र घेराबन्दीले उसले आफूलाई अभिभावकविहीन महसुस गर्ने अवस्था सिर्जना गराइएको छ। यो राष्ट्रिय हितका दृष्टिमा चिन्ताको विषय पनि हो। आफ्नो स्वार्थमा धक्का लाग्दा चर्को नारा दिने राष्ट्रवादबाट मुलुकले भोगेको परिणाम हामीले देखेकै छौँ।

 

यस स्थितिमा छिमेकीलाई सन्तुलनमा राख्न र तिनका न्यूनतम सुरक्षा हितमा विश्वास दिलाउन राजतन्त्र अहिले पनि विकल्प देखिएको छैन। पहिले २०६३ बैशाख ११ मा संवैधानिक राजा रहेन सम्झौता गरेपछि बेबी किंग, सांस्कृतिक राजा, जनमत संग्रह भन्नेहरू को हुन्? जो दक्षिणपन्थी, प्रजातान्त्रिक र माओवादी वामपन्थी फरकफरक आवरणमा छन्। बेबी किंग, सांस्कृतिक राजा केका लागि? जनमत संग्रह माग्ने तत्व को हो? के राजतन्त्र क्रान्ति या जनमत संग्रहले फालेको हो?

आज मुलुक सन्तुलित नेतृत्व र विचारविहीन राजनीतिका कारण अत्यन्त संकटमा छ। यस अवस्थामा देशलाई अस्थिरतातर्फ धकेल्नेहरू फेरि विभिन्न आवरणमा देखापर्दैछन्। भारतको माओवादी खतरा होस् या माओवादीको राष्ट्रवाद हिजो 'र'को हेडक्वाटर वरिपरि रहदासम्म कहाँ थियो? दरबार हत्याकाण्डदेखि राजतन्त्र विस्थापनसम्म दिल्लीलाई माओवादी पाच्य भएकै हो र संरक्षण पनि दिएकै हो। दन्तेवाडाको भाकपा (माओवादी)को आक्रमण 'कास्टिङ'मात्र हुनसक्छ। पूरा दृश्य देखिनै बाँकी हुनसक्छ। यस स्थितिमा सेना समायोजन र संविधानसँगै बन्ने माओवादी अडान इन्डोनेसिया दोहरिन नदिन केन्द्रित देखिन्छ। अरू दलको माओवादीलाई निशस्त्र गर्ने अडानमा संविधानको जतिसुकै रट लगाएपनि एकले अर्कालाई गलाउने र थकाउने प्रयत्नबाहेक थप १ वर्षमा कुनै उपलब्धि हुनेछैन।
अर्को समाचार
माओवादीको ‘छटपटी सभा’
११ कार्तिक २०८१
•
४ मिनेट पाठ
माओवादीको ‘छटपटी सभा’
तिहार आँगनमै छ। झन्डैझन्डै दसैं नै बिथोल्ने गरी असोजको दोस्रो साता देशका कतिपय भागमा आएको बाढीपहिरोको विपद्ले दुई सय ४६ जनाको ज्यान गएको छ। हजारौं विस्थापित भएका छन्। बाँकी आशा सँगालेर पीडितहरू भत्किएको मन र घर फेरि बनाउन कस्सिएका छन्। देश शोकबाट पूर्णतः बाहिर निस्किएकै छैन। यसबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले भर्खरै सय दिन पूरा गरेको छ। यस्तोमा विपक्षी नेकपा माओवादी केन्द्रले शनिबार संघीय राजधानीमा खबरदारीसभा आयोजना गरेको छ। झन्डै ३० हजार कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्न खोजेको माओवादी त्यस अर्थमा सफल त देखिएन तर सभा भने सम्पन्न गरेको छ। त्यसो त आन्दोलनका लागि कुनै साइतको दरकार पर्दैन। तर, आन्दोलनको विषयले यसको प्रारूप भने जरुर निर्धारण गर्छ। कहिले, कहाँ, कस्तो आन्दोलन गर्ने त्यो आन्दोलनकारी शक्तिले निकै होस पुर्‍याएर गरे मात्रै त्यसको असर र प्रभाव हुने गर्छ।




त्यस पक्षबाट हेर्ने हो भने ३० हजार कार्यकर्ता सडकमा उतार्ने नारा दिएर माओवादी केन्द्रले गरेको शनिबारको खबरदारी सभामा केही संशय भने अवश्य व्यक्त गर्न सकिन्छ। माओवादीले भ्रष्टाचार नियन्त्रण र सुशासनमा सरकार असफल भएको निष्कर्ष निकाल्दै यो सभा आयोजना गरेको बताएको छ। राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्धनका लागि समेत सरकारलाई खबरदारी गर्न सभा गर्नुपरेको उसको भनाइ छ । र, छठपछि आन्दोलनलाई देशव्यापी बनाइने पार्टीको घोषणा छ। यहाँनेर प्रश्न गर्नैपर्छ, आजभन्दा तीन महिनाअघिसम्म माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै १९ महिना लगातार प्रधानमन्त्रीका रूपमा देशमा शासन गरे। सत्ता गठबन्धनमा कहिले कांग्रेस त कहिले एमाले गर्दै पटकपटक काँध फेर्दै गर्दा उनले तेस्रो ठुलो दलका रूपमा माओवादीलाई प्राप्त सिट संख्यालाई ‘जादुयी नम्बर’सम्म भन्न भ्याए। तर, एकाएक पहिलो ठुलो दल कांग्रेसको समर्थनमा दोस्रो ठुलो दल एमालेको नेतृत्वमा सरकार बन्ने भएपछि भने दाहाल स्तब्ध बने। र, यो समीकरणलाई अलोकतान्त्रिक, अप्राकृतिक मात्र होइन, बिचौलिया र विदेशी  तत्त्वले बनाइदिएको जस्तो संगीन आरोप पनि लगाए।

दाहाल सत्तामा हुँदा सबै ठिक तर सत्ताबाट बहिर्गमनपछिका सय दिनभित्रै मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा अचानक के त्यस्तो संकट आइपर्‍यो, जसले माओवादीलाई आन्दोलन गर्न बाध्य तुल्यायो ? भ्रष्टाचार नियन्त्रण र सुशासनविरुद्ध सत्तापक्ष त्यस्तो ठुलो कुन प्रकरणमा सरिक भयो वा सहयोगी बन्यो ? यसको ठोस प्रमाण सार्वजनिक स्तरमा अहिलेसम्म भेटिएको छैन। बरु, यसबीचमा सहकारी ठगी प्रकरणमा दाहाल स्वयं प्रधानमन्त्री भएकै बेला गठित संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका आधारमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यतिबेला अनुसन्धानका क्रममा हिरासतमा छन्। रास्वपाले यसलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भने पनि प्रतिवेदनमा उनीमाथि अनुसन्धान गर्न बाटो प्रशस्त गरेको थियो, जुन प्रतिवेदन निर्माणमा रास्वपाका साथै माओवादी सांसदसमेत सदस्य थिए। बरु, पछिल्लो सय दिनमा मुलुकमा ठुलो विपद् आयो, व्यापक क्षति भयो। तर, माओवादीको खबरदारी सभामा विपद्पीडितको मुद्दा मुखर छैनन्।

जे भनिए पनि  माओवादीको खबरदारी सभाको अभिष्ट मुख्यतः सत्ता नपाउँदाको छटपटी सभा हो। सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा अवतरित भएपछिका १८ वर्षमध्ये १४ वर्ष सरकारको नेतृत्व वा गठबन्धनमा रहेर सत्ताको शक्ति र चरित्रलाई राम्रैसँग लाभ पाएको माओवादीका लागि अब सत्ता एक हिसाबले लत बनिसकेको देखिन्छ। सत्ताका लागि पटकपटक आफ्नो सिद्धान्तसँग बेमेल राख्ने दलसँग पनि आलिंगन गर्नु, निर्वाचनमा गठबन्धन वा सहकार्य गर्नु उसका लागि स्वाभाविक खेलजस्तै भइसकेको छ। सत्ताको अग्रगामी छलाङ अहिलेको माओवादीको मूल मन्त्र बनेको छ। यसबाहेक माओवादीलाई आन्दोलनमा ल्याउने सहायक कारणचाहिँ राजनीतिक दलसम्बन्धी अध्यादेश देखिन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत माओवादीलगायत साना दललाई फुटाएर एमालेलाई सबैभन्दा ठुलो दल बनाउने प्रपञ्च रचेको भन्दै विपक्षीदलहरूको समूहले प्रधानमन्त्रीसँगै राष्ट्रपतिलाई पनि भेटेरै ध्यानाकर्षण गराइसकेका छन्।

माओवादी आन्दोलनको अर्को रणनीतिचाहिँ मुलुकको खराब शासन व्यवस्थाविरुद्ध व्याप्त आक्रोशलाई अहिल्यै भजाउन सकिन्छ कि भन्ने पनि रहेको बुझ्न गाह्रो छैन। शान्तिपूर्ण आन्दोलनका नाममा जनतालाई सडकमा ओरालेर आन्दोलनमा हिंसाको झिल्को सल्काइदिने र यसबाट सरकारविरुद्ध सम्पूर्ण देश आन्दोलित हुने अवस्था उत्पन्न गराउन सके त्यसबाट राजनीतिक लाभ हासिल गर्न सकिन्छ भन्नेतर्फ माओवादीले नसोचेको होला भन्न सकिन्न। यसका लागि यतिबेला रवि लामिछानेको पक्षमा भइरहेको प्रदर्शनलाई पनि यस दिशामा प्रयोग गर्न सक्ने आँकलन सहजैे गर्न सकिन्छ। बेलाबेला मुलुक बाङ्लादेश हुन सक्छ भन्नुले पनि दाहालको यस्तो सत्ता अधैर्य पुष्टि भइरहेकै छ।

फेरि पनि सत्य के हो भने मुलुकमा व्याप्त भ्रष्टतन्त्रविरुद्ध जनउभार आवश्यक छ। तर, हिंसात्मक आन्दोलनले ल्याउने परिवर्तनको भेलमा कुन तत्त्व हाबी हुन्छन् र यसले कस्तो परिणाम दिन्छ भन्नेमा पत्तो कसैलाई हुन्न। अक्सर यसखाले अराजकताले अलोकतान्त्रिक र अराजनीतिक तत्त्वलाई नै शक्तिको केन्द्रमा पु¥याउने र देशलाई लोकतन्त्रिक मार्गमा ल्याउन ठुलो सकस भोग्नुपर्ने तथ्य इतिहासले सिद्ध गरिसकेको छ। यस्तैखाले आन्दोलनको कसरत माओवादी र विपक्षी दलहरूले गर्न खोजेको हुन् भने यो उनीहरूका लागि पनि प्रत्युपादक सावित हुन सक्छ, किनभने मुलुक यो हालका लागि उनीहरू स्वयं पनि जिम्मेवार छन्। माओवादी त झनैँ बढी।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस