सुकिलामुकिला शब्द सहरमा चर्चामा छ। यो पनि प्रचण्डजीको कृपा नै हो। 'प्रचण्डले कस्तो गाली गरेको हामीलाई' - शान्ति सभामा गएकी सुकिली साथी चित्त दुखाउँदै थिई।
हुनत सुकिला काठमाडौंवासीसँग आफू पनि सुकिलै हुँ भनेर साखुल्ले बन्दै प्रचण्डजीले माफी पनि मागिसके। गाली गरेको गुनासो गर्ने साथीले माफी मागेको जनाउ भने दिइन। माफ त माग्दैमा पाइने चीज होइन क्यार। माफी त दिने हो नि।
एक प्रतिशत सुकिला काठमाडौंवासी र बुद्धिजीवीको हिसाब राख्ने पार्टीले मेरो लेखको पनि हिसाबकिताव पो राखेको छ कि? हिसाबकिताबको कुरा आयो कि म त लजाई हाल्छु। मेरो सोझो हिसाबमा म पनि सर्वहारा वर्गमै पर्छु। मेरा बाको सम्पत्ति दाजुभाइले लिन्छन्। ममात्रै होइन नेपालका सबै महिला सर्वहारा हुन्। मेरो सिरिखुरी सम्पत्ति भन्नु यिनै अक्षर त हुन्। आफुलाई मन परेको अक्षर जोडजाड पारेर लेख्न नपाउनु? हिसाबकिताबले अक्षरको सम्पत्तिमा पनि हदबन्दी लाग्ने हो कि?
राजनीतिले हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक सबै क्षेत्रमा असर पारेको छ। सामान्य जनताको आपसी सद्भाव बिथोलेको छ। एउटा सानो उदाहरण- अस्ति भरखर माइक्रो बसमा एकजनाले अहिलेका प्रधानमन्त्रीलाई राजीनामा गर्ने अधिकार पनि छैन भनेर व्यंग्य कसे। एक महिलाले तुरुन्तै प्रतिवाद गरिन् - दुई ठाउँबाट हारेको मान्छेलाई मूलधारमा ल्याउने प्रचण्ड नै हो। आजको खराब स्थितिको लागि कांग्रेसलाई दोष दिन मिल्दैन। अर्का यात्रीलाई उत्पात रिस उठ्यो। उनी भन्न थाले - माधव नेपालजस्तो परिपक्व नेता.....। यी तीनजनाको चर्काचर्की नै पर्यो।
अहिले सामान्य जनता कोही रामचन्द्रको भाषा बोल्छन्, कोही प्रचण्डले झैं भाषण गर्छन् त कोही माधव नेपालजस्तो तर्क गर्छन्। अर्थात् नेपाली विभाजित छन्। एक जनाले बोलेको अर्कोलाई ठीक लाग्दैन। पार्टीहरू पनि त्यस्तै छन्। एनेकपा (माओवादी)ले जेठ १५ गते आफ्नै संविधान घोषणा गर्ने रे। लौत भनेर १६ गते एमालेको र १७ गते कांग्रेसको संविधान आउन के बेर? अनि त यो देश संविधानहरूको देश भनेर संसारमै चिनिने भयो। एक पार्टीले रत्नपार्क जाऊँ भन्छ, अर्कोले मित्रपार्क नगएकोमा खेद प्रस्ताव पारित गर्दै चक्काजामको घोषणा गर्छ। अर्कोले सुनधारा जानु ठीक भन्छ, झन् अर्कोले सुकेधारा नगए आमहड्ताल गर्छु भनेर थर्काउँछ।
गृहयुद्धको धेरै नजिक पुगिसक्यौं क्यार हामी। माओवादीको आमहड्तालमा यसको छनक देखियो। अघिल्लो दिन जोरपाटीमा प्रतिकार भएकोले हुनसक्छ, बेसीगाउँतिरबाट ठूलै जुलुस जोरपाटी जाने तरखरमा थियो। छिमेकको कुनै एक घरबाट जुलुसमाथि ढुंगा हानियो भन्ने हल्ला चल्यो। हेर्दाहेर्दै एकैछिनमा त्यो युद्धमैदानमा परिणत भयो। कसले कसलाई कुट्यो, थाहा छैन। कसैको कुरा कोही सुन्दैन। घर जलाइदे - कोही कराउँछ। साथी हो कोही नभागौं! झण्डा बोक्ने मानिसबीचमा उभिएर बोल्छन्। सुन्ने कसले? जुलुसको आधा जति त भागेर माथि टपल डाँडा उक्लिसकेका थिए। कोही आफ्नो गौरवशाली पार्टीका महान् शत्रु त्यही घर हो भनेझैं गरेर चारवटा घरका झ्यालका सिसा ढुंगा हानेर फुटाल्दै थिए। हाहाकार र भागाभाग भयो।
एकजना अपरिचित पीडा सहन नसकेर आँखा चिम्लेर उभिएका थिए। बिरामी भेट्न अस्पताल हिँडेका रे, भिजिलान्ते भनेर उनलाई जुलुसमा पिटिएछ। कुटिई रहेकाहरूलेपनि आइलाग्नेमाथि जाइलाग्ने निर्णय गरेर कुट्नेहरूलाई नै कुट्न थाले भने त्यस कुटाकुटमा को को कुटिन्छन् के थाहा?