भारतीय प्रसिद्ध रंगकर्मी हबीब तनवीरको नाटक 'चरणदास चोर' मा झुटो नबोल्न प्रतिबद्ध चोरले त्यसकै लागि ज्यान दिन्छ। नाटक पढिसकेपछि मानव समाजप्रति प्रतिदानरहित प्रेम र इमानदारीको चेष्टास्वरूप मैले पनि प्रण गरेको थिएँ, 'आफ्नो स्वार्थका लागि झुटो बोल्दिनँ।'
अस्ति राष्ट्रिय नाचघरमा यही नाटक हेर्दा म आफैँभित्र खुम्चिएँ। कार्यालय, घर, सामाजिक व्यवहारमा सहकर्मी, साथीभाई, आफन्त, लेखक, पाठकसँग क्षणिक मुक्तिका लागि बारम्बार मैले झुटो बोलेको छु र प्रत्येक पल्ट पश्चातापस्वरूप आफैँसँग भनेको छु, 'चोरजति पनि इमानदार हुन सकिएन।' तथापि झुटो बोल्न कम गर्ने र सत्यप्रति इमानदार रहने चेष्टा भने गरिरहेकै हुन्छु।
चरणदास धनी, गरिब, किसान, सेठ कसैलाई नछाडी लुट्छ। अक्कल लगाएर ऊ चण्डाल पुलिसलाई समेत ठग्छ। चोरको धर्म यही त हो। सायद समानताको पाठ उसैबाट सिक्नुपर्छ। तथापि उसमा सर्वहारा मानवीय संवेदना छ। लुटिएका आइमाई रोएको र किसान भोको परेको ऊ देख्न सक्दैन। जाली जिम्दारको गोदामबाट अन्न चोरेर ऊ भोका किसानलाई बाँडिदिन्छ। पुलिसबाट बच्न योगी गुरुको चेला बनेको चरणदासले ख्यालख्यालमै चारथरी वाचा गरेको हुन्छ। सुनको थालमा भात खान्न, हात्ती चढेर सहर घुम्न जान्न, रानीले प्रस्ताव गरे पनि उनीसँग बिहे गर्दिनँ, राजा बनेर शासन चलाउँदिनँ। चरणदासको चलाखी भनिनसक्नु छ। चोरलाई यस्तो भाग्य कहाँ? गुरु उसलाई चोरी छाड्न आग्रह गर्छ। जिन्दगीकै पर्याय बनिसकेको चोरी छाड्न ऊ अस्वीकार गर्छ, बरु आयन्दा झुटो नबोल्ने प्रण गर्छ।
जीवनको विडम्बना हेर्नुस्, एक दिन तिनै कुरा उसको जिन्दगीमा आइलाग्छन् जुन उसले गर्दिनँ भनेर वाचा गरेको थियो। चोर भए पनि इमानदार भएकोले रानी उसलाई सम्मान गर्न लावालस्करसहित हात्ती पठाउँछिन्। ऊ हात्ती चढ्न अस्वीकार गर्छ। सुनको थालमा खाना खान, रानीसँग बिहे गर्न, राजा बनेर शासन गर्न आएका सबै प्रस्ताव ऊ अस्वीकार गर्छ। 'बिहेको प्रस्तावबारे कतै नभन्नू' भन्ने रानीको अन्तिम आग्रह पनि अस्वीकार गरेपछि उसलाई मृत्युदण्ड दिइन्छ।
राजस्थानी लोककथामा आधारित यो नाटक भारतमा सर्वाधिक मञ्चित र लोकप्रियमध्ये एक हो। तनवीरले यसबारे एउटा प्रसंग निकै महत्वसाथ उठाएका छन्। छत्तीसगढमा मञ्चन भइरहँदा यसमा पहिलो पटक गुरुको भूमिका गर्ने ठाकुर रामको निधन भयो। नाटक सकिनेबित्तिकै उनले खबर सुनाउँदा दर्शक स्वतःस्फूर्त दुई मिनेट मौनधारण गर्न उभिए। राजनले यसलाई नेपाली रंग दिन गरेको प्रयास सराहनीय छ। पर्दाअगाडिबाट प्रकाशको माध्यमबाट पर्दापछाडि चोरको हत्या गरिएको लगायत दृश्य परिकल्पना प्रभावशाली छन्।
सत्य सापेक्ष हुन्छ भने चरणदासको सत्यचाहिँ निरपेक्ष हो। देउता मान्नेहरू बाटामा अबिर लागेको ढुंगा देखे पनि नतमस्तक हुन्छन्, नमान्नेले त्यसैमाथि पिसाब फेरिदिन सक्छन्। सत्य सापेक्ष हुन्छ भनेको यही हो। जापानी प्रसिद्ध फिल्मकार अकिरा कुरुसावाले 'रशोमन' नामक बहुरुपी सत्य देखाउने सिनेमा बनाएका छन्। यसमा एक पुरुषको हत्या हुन्छ। हत्या भएकी पुरुषकी स्वास्नी र डाँकु दुवै हत्यारा आफू भएको दाबी गर्छन्। मृतकको आत्माचाहिँ आफूले आत्महत्या गरेको बताउँछ। घटना जेसुकै भए पनि उनीहरूलाई सबैभन्दा ठूलो सत्य आत्माभिमान हो।
चरणदासको सत्यमा चाहिँ जडता छ। सत्य भनेको चोखो आशय पनि हो। उसको आशय चोखो थिएन। जिन्दगीमा कहिल्यै आइनलाग्ने घटना भनेर कपटपूर्ण तरिकाले गरेको प्रण विडम्बनास्वरूप आइलागेको मात्र हो। रानीको अन्तिम आग्रह मानेर भएको कुरा नबताउँदा पनि उसको जड सत्य डगमगाउने थिएन। यस अर्थमा उसको बलिदान सहादत हुन सक्तैन। तथापि नाटकको सन्देश महत्वपूर्ण छ। 'जिम्मेवार व्यक्ति गैरजिम्मेवार भइरहेका बेला एउटा चोर सत्यप्रति इमानदार भएको कथाले मलाई निकै रन्थन्यायो', राजन भन्छन्। माओवादी वर्तमान सरकारबाट संविधानसभा म्याद थप गराउने पक्षमा छैन।
यही स्थितिमा म्याद थप हुनुलाई उसले यही सरकारलाई निरन्तरता दिनुको अर्थमा बुझेको छ। उता, माओवादीले आमहडताल फिर्ता लिए प्रधानमन्त्रीको राजीनामा आउँछ भन्ने सत्तासीन दलहरु दिनैपिच्छे बोली फेर्दैछन्। सहमतीय राजनीतिको नारा जपे पनि उनीहरू संविधानमा बहुमतीय पद्धतिलाई सहमतीय बनाउन तयार छैनन्। तिनलाई जनतासामु व्यक्त आफ्नै वचनप्रति सम्मान छैन। यस्तो बेला लाग्छ, राजनीतिका नाममा बेइमानी गर्नेले चोरबाटै भए पनि सिक्न सके धेरै हुन्छ।