देशमा साँच्चिकै पशुपतिनाथ छन् भन्ने ठट्टा अहिले निकै प्रचलित छ। यही ठट्टामा टेकेर वामपन्थी केही बुद्धिजीवीले एउटा उपकथा बनाएका छन्। देशको हालत साह्रै बिग्रेपछि पशुपतिनाथले माधव नेपाल, प्रचण्ड र गिरिजाप्रसाद कोइरालालाई एक, एक बरदान माग्न आग्रह गरे।
पहिलो पालो माधवको। 'संघर्षको मैदानमा, देशमा सबै पार्टी हुनुपर्छ तर त्यसमा एनेकपा माओवादी हुनुहुँदैन।' प्रचण्डले पनि माधव नेपालको सम्मान गर्दै भनेछन्, 'निश्चितरूपमा म सर्वहारावादी लोकतन्त्रप्रेमी मान्छे, बहुदल त स्वीकार्छु तर त्यसमा कम्युनिष्ट नामधारी पुँजीवादी एमाले खारेज होस्।' यो त्यो बेलाको कथा हुनुपर्छ जब गिरिजाबाबु जिउँदा थिए। गिरिजाबाबु दुवै पार्टीका मागप्रति नतमस्तक भए। 'म के भन्चु भने पचुपतिनाथ, नेपाली कंग्रेसको स्वार्थ डेमाक्रेसीबाहेक केही चैन। अतः एमाले र माओवादीको इच्छा पुर्याइदिनुस्, कंग्रेसलाई केही चाइएन।'
लाग्दैछ, पशुपतिनाथको बरदान साकार पार्न संविधानसभाको चुनावदेखि एमाले र माओवादी प्रतिबद्ध भएर लागेका छन्। माओवादी आम हड्तालका क्रममा दुई पार्टीका युवाबीच विभिन्न झडप त्यसको पछिल्लो उदाहरण हो जहाँ गोलीसमेत चल्ने स्थिति आयो। यता, नेताहरु तारे होटलमा हाँस्दै, ठट्टा गर्दै, चिकेन कटलेट चपाउँदै प्रत्येक दिन सहमति गर्ने सहमति गरिरहेका छन्।
प्रजातान्त्रिक युद्धको इतिहास बनाएको कांग्रेसले पनि प्रजातन्त्रलाई दिनुसम्म धोका दिएपछि लोकतन्त्रकै रक्षाका लागि पनि वामपन्थी पार्टीहरूलाई जनताले विश्वासिला शक्ति ठाने। अहिलेसम्म भएका विभिन्न चुनावमा उनीहरुले पाएको मत यसको साक्षी छ। मन फाटे पनि एमाले र माओवादी दुवैको पेट मार्क्सवादसँग जोडिएको छ। मार्क्स भन्छन्- संसारकै पाँच/दश प्रतिसत व्यक्तिले नब्बे/पन्चानब्बे प्रतिशत गरिखानेमाथि शासन गरिरहेका छन्।
उत्पादनका स्रोत र साधनमाथि तिनको एकलौटी स्वामित्व छ। यस्तो कसरी सम्भव भयो? पाँच वा दस प्रतिशत भए पनि बसिखानेहरू वर्गहितप्रति सचेत र संगठित छन् तर नब्बे/पन्चानब्बे प्रतिशत गरिखानेहरू उनीहरूको खेलप्रति अनभिज्ञ र आफ्नो भलाइप्रति असचेत भएर स-साना कुरामा आपसमा लडिरहेका छन्। नब्बे/पन्चान्नब्बे प्रतिशत जनता एकजुट र वर्गहितप्रति सचेत भएपछि ठगिखानेको शासन समाप्त हुन्छ र गरिबको राज्य स्थापना सम्भव हुन्छ। मार्क्सवादलाई शिरमा राखेर हिँड्ने नेपाली वामपन्थी पार्टीहरू मार्क्सवादले देखाएको समस्या निदान गर्न होइन, त्यही समस्या शाश्वत राख्न प्रतिबद्ध छन्। आफैँ एकजुट नभई न्यायमूलक राज्य ल्याउँछु भनेर दुनियाँलाई यिनले कुन मुखले भन्न सकेका होलान्?
माधव नेपालको राजीनामा माग गर्ने माओवादी कार्यकर्ता आम हड्तालमा बिस्तारै संयम गुमाउँदैछन्। सर्वसाधारणले साइकलसम्म चलाउन नपाउने तर माओवादी नेता गाडीमा घुमिरहेका, एम्बुलेन्स रोकेर यात्रा गरिरहेका विरोधाभाषी दृश्य देखिएका छन्। गाँस, बास बेठेगान भएको तनाव झडपका रूपमा पोखिँदैछ। युवासंघको प्रतिकारले आगोमा घिउ थपेको छ। भक्तपुर, वीरगञ्जलगायत देशका विभिन्न ठाउँमा गम्भीर झडप भएका छन्। जेठ १४ भित्र नयाँ संविधान जारी गर्ने भनेर बनेको माधव नेपाल सरकार त्यसमा असफल भएको पक्कापक्की भइसक्यो।
यस्तो बेला उनी जनधनको क्षतिको मूल्यमा कुर्सीमा बसिरहनु जायज छैन। संविधानसभा संरचना झल्कनेगरी सहमतिको राष्ट्रिय सरकार बनाउने माओवादी माग जायज छ तथापि यो माग राख्ने उनीहरुको तरिका राजनीतिक छैन। लोकतन्त्र स्थापनाका अघिल्ला दुई वर्ष दलहरुबीच सहमति हुँदा धर्म निरपेक्षता, संविधानसभा चुनाव र संघीय लोकतान्त्रिक गणतन्त्रजस्ता युगान्तकारी काम सम्भव भए। संविधानसभा चुनावमा माओवादीले ४० प्रतिशत मत पाएपछि नेपाली कांग्रेसको दबाबमा अन्तरिम संविधानमा सहमतीयबाट बहुमतीय सरकारको प्रावधान राखियो। त्यसै विन्दूबाट संविधान लेखनको जिम्मा पाएका दलहरु सत्ताको वरिपरि घुम्न थाले। बहुमतीयलाई फेरि सहमतीय बनाउन माओवादीले संविधानसभामा आवाज उठाउनुपर्ने थियो।
त्यहाँबाट पनि सम्भव नभए आम हड्तालमा उसले यही मुद्दा उठाउन सक्थ्यो। सहमतीय सरकारमा ४० प्रतिशत मत पाएको दलले सरकारको नेतृत्व नगरे कसले गर्छ? तर माओवादीले माधव नेपाललाई बर्खास्त गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने मागसहित हड्ताल गर्यो जसका कारण ऊ पनि संविधान निर्माणभन्दा बढी सत्ता लिनै उत्प्रेरित छ भन्ने सन्देश फिँजियो। दलहरु प्याकेजमा सहमति गर्न सहमत भइसकेपछि माधव नेपालको राजीनामा आउन र आम हड्ताल रोकिन ढिला हुनुपर्ने कारण छैन। स्वेच्छिक घर फिर्ता, समायोजन र पुनःस्थापना गरी समायोजनको तीन तरिकामा सहमति भइसकेपछि शिविरमै गएर उनीहरुको इच्छा बुझ्नुपर्ने माओवादी तर्क नमान्नुपर्ने कुनै कारण छैन। नेताहरु बत्ती निभाएर हातमै भएको सामग्री भेटिएन भनिरहेका छन्। यता, युवा त्यसकै निहुँमा उम्लेको रगत सडकमा पोख्न खोजिरहेछन्।