प्रधानमन्त्रीका चुनौती र अवसर
२५ जेष्ठ २०७४
•
१३ मिनेट पाठ
प्रधानमन्त्रीका चुनौती र अवसर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तासीन हुने घडीको व्यग्र प्रतीक्षा ठीक १२ वर्ष ४ महिना ६ दिनमा समाप्त भएको छ। उनी संसद्का झण्डै दुईतिहाई सदस्यको समर्थनमा चौथो पटक प्रम बनेका छन्। संघात्मक लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने प्रक्रियामा रहेको यस संक्रमणकालमा देशको राजकाज सम्हाल्न लागेका उनका अगाडि अवसर र चुनौती दुवैको बाक्लो खात लागेको छ। प्रमका रूपमा उनका पहिलेका तीन कार्यकाल प्रशासकीय क्षमता, स्वच्छता र लोकतान्त्रिक पद्धतिको जगेर्नाका कसीमा घोटेर हेर्दा त्यति चहकिला छैनन्। त्यतिखेर उनले राष्ट्रको हितमा राम्रा काम गर्दै नगरेको अथवा उनी त्यस्तो प्रयत्नमै लाग्दै नलागेको भने होइन। तर उनले देश र जनताका पक्षमा गरेका इमानदार प्रयासहरूको कदर गर्ने मानिस नभएर हो वा उनले गरेका राम्रा कामको यथोचित प्रचार हुन नसकेर हो, नेपाली समाजमा उनको नकारात्मक छवि नै बढी चर्चामा आउने गरेको छ। प्रारब्ध र पुरुषार्थको मेलले फेरि एकपल्ट सत्ताको शीर्षस्थानमा पुगेका उनले यस पटक विगतका गल्ती कमजोरी विस्मृतिमा धकेल्न सक्ने गरी राम्रो काम गरेर आफूलाई योग्य र सक्षम नेता प्रमाणित गर्ने संभवतः अन्तिम अवसर पाएका छन्। राजनीतिको अति निर्दयी क्षेत्रमा नेताहरूले आफूलाई सुधारेर प्रमाणित गर्ने नयाँ अवसर बिरलैमात्र प्राप्त गर्छन्। शेरबहादुरले त्यो बिरलाकोटी मौका पाएका छन्। यस कोणबाट हेर्दा उनलाई धेरै भाग्यमानी मानिस मान्नुपर्छ।




मधेसका केही नेताले धेरै दिनदेखि आफ्नो निहित स्वार्थको वेदीमा यस देशको सामाजिक सद्भावलाई बलि चढाउने प्रयत्न गर्दै आएका छन्। त्यो प्रवृत्तिमाथि नियन्त्रण गर्नैपर्छ।

राष्ट्रसँग अहिले केही अत्यन्तै महत्वपूर्ण अजेन्डा  छन्। नयाँ प्रधानमन्त्रीले तिनलाई आफ्नो सरकारको कार्यसूचीको पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्ने बाध्यता छ। आगामी माघ ७ गतेको समयसीमाभित्र स्थानीय तहहरूको बाँकी स्थानको र अन्य दुई, प्रदेशसभा र केन्›ीय संसद्को निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको प्रक्रियालाई पूर्णता दिनु प्रमका रूपमा शेरबहादुर देउवाले गर्नैपर्ने पहिलो काम हुनेछ। त्यो समयसीमाभित्र तीनवटै चुनाव सम्पन्न हुन सकेनन् भने देशले अंगीकार गर्न खोजेको सम्पूर्ण राजनीतिक प्रणाली नै गर्ल्यामगुर्लुम भएर ढल्नेछ। देशले बडो कष्टप्रद् प्रसव वेदना सहेर जन्माएको संघात्मक राज्यव्यवस्थामा आधारित नयाँ संविधानको पनि अकाल मृत्युको क्षण हुनेछ त्यो। त्यसपछिको समय अनिश्चित, अन्योलग्रस्त र अराजक हुनसक्छ। संघात्मक प्रणालीको पक्ष/विपक्षमा लगातार चल्दै आएको विवाद पनि संघीयतालाई खारेज गर्नुपर्छ भन्दै टुङ्गिनेछ। त्यसका साथै मुलुक फेरि एकपल्ट नयाँ राज्यप्रणालीको खाका कोर्नुपर्ने अवस्थामा पुग्नेछ। वर्तमान प्रणालीलाई लिएर राष्ट्र यति लामो बाटो हिँडिसकेको बेलामा आएर राजनीतिक शून्यताको त्यो स्थिति उत्पन्न हुनु भनेको हामी नेपालीका लागि अति नै दुर्भाग्यपूर्ण विषय हुनेछ। त्यसरी वर्तमान प्रणालीले नै अन्तिम सास फेर्ने अवस्था आइपर्‍यो भने त्यो दुर्भाग्यपूर्ण घटनाको साक्षी, भोक्ता र कर्ता प्रधानमन्त्री देउवाको राजनीति नै समाप्त हुनेछ भन्दा अत्युक्ति हुने छैन।

संविधान कार्यान्वयनको ऐतिहासिक कार्यसूचीमा परेका कामलाई निर्धारित कार्यतालिकाअनुसार सम्पन्न गर्दै जानु जति जरुरी छ, विस्तारै विस्तारै ठीक ठाउँमा आउँदै गरेको देशको अर्थतन्त्रलाई लिकबाट बाहिर जान नदिई देश विकासको अभियानलाई तीव्र गतिमा अगाडि बढाएर लैजान पनि त्यत्तिकै जरुरी छ। आर्थिक परिसूचकहरूले देशको अर्थतन्त्रमा सुधार आएको संकेत गरेका छन्। प्रम देउवाका लागि यो सुविधाजनक स्थिति हो। तर देशको अर्थतन्त्रको यो सुधारोन्मुख अवस्था धेरै भर पर्न सकिनेखालको भने छैन। अनुकूल मौसमका कारण अन्नबालीमा भएको उत्पादन वृद्धि र लोडसेडिङ अन्त्य भएपछि औद्यिगिक क्षेत्रमा आएको सुधारका कारण देशको वार्षिक कुल आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा बढी भएको हो। वास्तवमा हाम्रो अर्थतन्त्रमा नकारात्मक परिसूचक धेरै टड्कारो छन्। राजस्वको सबैभन्दा ठूलो स्रोत अहिले पनि आयात कर रहेको छ भने देशमा नगद भित्रिने सबैभन्दा विशाल माध्यम रेमिट्यान्स। यी दुवै क्षेत्र उत्पादनका दृष्टिले बेकम्मा छन् यिनले व्यापार घाटाको आयतन अरू फैलाउने काम मात्र गरिरहेका छन्। रेमिट्यान्सको स्रोतमा कुनै  कारणले अलिकतिमात्र पनि तल–माथि पर्न गयो भने आयातमुखी अर्थतन्त्र तुरुन्तै थला पर्नेछ। बाहिरबाट आउने पैसाबाट किनिने सामानमा कर लगाएर राजस्व जम्मा गरिरहेको सरकारको ओठ तालु एकै पटक सुक्नेछ भने बजारमा छरिने पैसाको सानो अंश लिएर जीवन धानिरहेका लाखौं परिवारको आम्दानी ठ्याक्कै बन्द हुनेछ। यस्तो जोखिमपूर्ण अर्थतन्त्रबाट देशलाई बाहिर निकाल्न नयाँ प्रमले ढिलो नगरी निर्यातमुखी र उत्पादनकेन्›ित ठूला परियोजना सुरू गरिहाल्न जरूरी छ। अहिलेको घडीमा प्रम देउवाले विद्युत् उत्पादनतर्फ पूर्ववर्ती सरकारले ल्याएका महत्वाकांक्षी आयोजनामध्ये सबैभन्दा उपयुक्त दुई तीनवटाको काम अगाडि बढाइहाल्नु राम्रो हुनेछ।

राजनीतिक मोर्चामा नयाँ प्रधानमन्त्रीले गर्नुपर्ने काम धेरै छन् र ती असजिला पनि छन्। केही वास्तविक, केही मनोगत र केही निहित स्वार्थकेन्›ित माग उठाएर दश वर्षभन्दा बढी समयदेखि आन्दोलनमा रहेका मधेसका केही नेतासँग सम्वाद गरेर समस्यालाई वस्तुपरक ढङ्गमा सल्ट्याउनुपर्नेछ देउवाले। सहमति र समन्वयमा विश्वास गर्ने नेताका रूपमा देउवाले ख्याति आर्जन गरेका छन्। मधेस आन्दोलनको सन्दर्भमा पनि उनले आफ्नो ख्यातिअनुसार नै सकारात्मक उपलब्धि हासिल गर्नेछन् भन्ने विश्वास गर्नु नपर्ने कुनै कारण छैन। तर मधेसका नेताहरूसँग सम्वाद वा लेनदेन गर्दा प्रम देउवाले देशको अखण्डता, सार्वभौमसत्ता र विभिन्न भूभागमा बसोबास गर्ने जनताका बीचको सहअस्तित्वको भावनालाई सर्वोपरि राख्नुपर्ने नैतिक दायित्व बिर्सने छैनन् भन्ने आशा गरौँ। यो विषय यहाँ किन उल्लेख गर्नुपरेको छ भने मधेसका केही नेताले धेरै दिनदेखि आफ्नो निहित स्वार्थको वेदीमा यस देशको सामाजिक सद्भावलाई बलि चढाउने प्रयत्न गर्दै आएका छन्। त्यो प्रवृत्तिमाथि नियन्त्रण गर्नैपर्छ। पछिल्लो समयमा भएको टीकापुर हत्याकाण्डमा त्यो प्रवृत्तिको अत्यन्त घृणित अनुहार प्रकट भएको थियो।

देउवाले अत्यन्तै भग्नमनोवल प्रशासनिक संयन्त्र पाएका छन् नेतृत्व गर्न। प्रत्यक्षरूपमा सहायक भएर आदेश तामेल गर्नुपर्ने निजामती प्रशासनका अंग उपांग त पंगु जस्तै भएका छन् नै, राज्य प्रणालीका स्तम्भका रूपमा लिइने न्यायपालिका र अन्य संवैधानिक निकायहरूको हालत पनि दयनीय भएको अवस्था छ अहिले। सर्वोच्च अदालतको अहिलेको जस्तो टीठलाग्दो चेहरा कहिल्यै देख्नुपरेको थिएन नेपालीले। न्यायाधीशबीचको दन्तबझान, प्रन्यामाथि आएको र तुहिएको महाभियोग, वरिष्ठ न्यायाधीशको उमेरको विवाद र उत्कर्षमा पुगेको बार र बेन्चबीचको कलह जस्ता लाजलाग्दा घटनाको आलोकमा निवर्तमान प्रधानन्यायाधीशले समयमा न्यायपरिषद्को बैठक नै नबोलाई बिदा लिएकाले नयाँ प्रधानन्यायाधीशको नियुक्ति नै हुन सकेको छैन। मानव अधिकार आयोगको कुनै चालचुल सुनिएको छैन भने सत्य निरुपण तथा मेलमिलाप आयोगका आयुक्तहरू जति जना छन् त्यति नै दिशातिर फर्किएका छन्।

सरकारका मुख्य सचिव मनिलाको मालदार अफिसका लागि नियुक्त भएका छन् तर उता हाजिर हुन अलिक दिन बाँकी भएको मौका छोपेर यहाँ आफैँंलाई तक्मा लगाइदिँंदै छन्। गृहसचिवसँग तक्मा राख्ने सन्दुकको साँचो भएकाले होला उनले आफू र आफ्ना पिताजीलाई पनि तक्मा लगाइदिएका छन्। प्रहरी विभागमा यस्ता अफिसर प्रमुख भएका छन् जसले बेलामा बढुवाको प्रक्रिया सुरू नगरिदिएका कारण बीसौँ जनाको वृत्तिविकास अवरुद्ध भएको छ। त्यही हालत सशस्त्र प्रहरी बलको पनि छ। प्रम देउवाले थाहा पाउनुपर्छ– हाम्रो प्रशासन संयन्त्र पूरै खोक्रो भएको छ, निहित स्वार्थ, अयोग्यता र भ्रष्टाचारको धमिराले खाएर। देउवाले राजनीतिक मोर्चामा त सबै सहयात्रीलाई विश्वासमा लिएर सतर्कतासाथ कदम चाल्नु आवश्यक छँदैछ, शासन प्रशासनको क्षेत्रमा त झनै जोगिनुपर्ने स्थिति छ। उनको निजी सचिवालयका लागि व्यक्तिहरू छनोट गर्दा होस पुगेन र तिनीहरूमध्ये पनि कोही खराब परे भने उनले तिनबाट पनि आफूलाई जोगाउनुपर्ने हुनसक्छ। त्यो अवस्थाचाहिँ साँच्चिकै पीडादायी हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीका चुनौती र अवसर
१४ फागुन २०७४
•
१९ मिनेट पाठ
प्रधानमन्त्रीका चुनौती र अवसर
अभूतपूर्व अवसर




साँच्चै देशको विकास र जनताको समृद्धि नै चाहेको हो भने प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आधुनिक नेपालको ज्यादै कम नेतालाई प्राप्त दुर्लभ अवसर प्राप्त छ यतिखेर । प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालमा निर्वाचित नेपाली कांग्रेसको सरकारलाई मात्र यस्तो अवसर प्राप्त थियो । जसको सदुपयोग गर्न उसले सकेन आफ्नै अन्तर्कलह र शासन क्षमताको अभावका कारण । विकास र समृद्धि युगीन अजेन्डा हुँदा समय त्यो अजेन्डा बोकेका ओलीको साथमा छ । केन्द्रका अलावा बहुसंख्यक प्रदेश र स्थानीय सरकारसमेत बनाउने सुविधाजनक बहुमत प्राप्त हुँदा अवस्था पनि अनुकूल छ । आफ्नै कारणले बाहेक अरुको कारणबाट सत्ताबाट बाहिरिनुपर्ने स्थिति एमाले–माओवादी केन्द्र(माके)को सरकारलाई अहिले छैन । आफ्नो दलमा राम्रो पकड भएका ओलीको नेतृत्वलाई दलभित्रैबाट चुनौती दिनसक्ने पात्र र परिस्थिति पनि तत्काल देखिँदैनन् । चुनौती बन्न सक्ने दक्षिणको भूराजनीतिक शक्तिले भनाइ र गराइ दुवैबाट उनीहरूको सरकारसँग राम्रो सम्बन्ध राख्न चाहेको सन्देश दोहोरोर्‍याइ तेहेर्‍याइ दिइसकेको छ । अर्को शक्तिशाली उत्तरी छिमेकीको नेपालप्रतिको परम्परागत सद्भावमा उनीहरूप्रतिको सहानुभूतिसमेत थपिएको कुरा पनि अब गोप्य रहेन । अरु अन्तर्राष्ट्रिय समुदाय र दाता राष्ट्र/संस्थाहरू नेपाललाई सहयोग गर्न इच्छुक र तयार छन् । 

ओलीको दल एमाले देशको सबैभन्दा चुस्त र व्यवस्थित दल त हुँंदै हो । धेरैपटक सरकार सञ्चालन र लामो समयको संसदीय अभ्यासबाट खारिएको उसले परिपक्वता र अनुभव पनि हासिल गरिसकेको छ । एमालेका अरु कतिपय नेतामा नभएको अन्यान्य राजनीतिक शक्ति/दलहरूसँग मिलेर काम गर्नसक्ने व्यवहार कुशलता पनि ओलीमा छ । भारतले गरेको नाकाबन्दीको दौरमा प्रधानमन्त्रीका हैसियतले लिएका कतिपय अडानले उनको एउटा राष्ट्रवादी र लोकप्रिय नेताको छवि पनि बनेको छ । जुन स्वयंमा ठूलो पुँजी हो सदुपयोग गर्न जानेदेखि । अनावश्यकरूपमा नबिच्क्याएमा सत्ता साझेदार माकेलाई पनि एमालेसँगै मिलेर सरकार चलाउनुभन्दा राम्रो र जनादेशयुक्त अर्को विकल्प छैन पार्टी एकता भए पनि नभए पनि । जुन कुरा उसले पनि राम्ररी बुझेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस स्वभावैले उदार दल भएको र त्यसमाथि चुनावी पराजयबाट निरास र ‘डिमोरलाइज’ समेत भएको हुंदा उसले उग्र विरोध गरेर सरकारलाई गम्भीर चुनौती दिने सम्भावनै छैन। 

एमालेका नेता/कार्यकर्तामा अरू प्रतिस्पर्धी दल, त्यसमा पनि खासगरी प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसको अवसानमा मात्र आफ्नो विजय देख्ने ‘जिरो सम’ मानसिकता केही मात्रामा अझै विद्यमान छ । यस्तो मनोविज्ञान राष्ट्रनिर्माणका लागि घातक र सरकार सुसञ्चालनका लागि प्रत्युत्पादक हुन्छ।

आर्थिक र संरचनागत चुनौती

अवसर जतिसुकै भए तापनि आफूले कबोल गरेका वाचा पूरा गर्न नसके प्राप्त अवसर आफैंँ चुनौतीमा बदलिने छन्। सबभन्दा ठूलो चुनौती हामी गरिब र साधनस्रोतले न्यून देश हौँ जसको कुल आयको लगभग सबै अंश तलब, भत्ता र ऋण तिर्नमै खर्च हुन्छ । अरुले सहायता नदिने हो भने आजै पनि हामी विकासका लागि चाहिने पुँजीगत खर्च जुटाउन असमर्थ छौंँ । अब संघीय स्वरूपमा गएपछि बढ्ने ठूलो व्यय भार जुटाउने कसरी ? पर्यटन क्षेत्रको सम्भावनाबाहेक प्राकृतिक स्रोतमा खोलानाला र खनिज साधनमा चुनढुंगा, बस यत्ति हुन हामीसंँग उपलब्ध तुलनात्मक लाभका क्षेत्र, सम्भावना र साधन। जसको व्यावसायिक दोहन गरेर धनी बन्न अहिलेकै जस्तो कमजोर शासकीय दक्षता, लगानीयोग्य पुँजीको न्यून उपलब्धता र असहज राजनीतिक वातावरण रहुन्जेल असम्भव छ। 

तर समस्याचाहिँ के छ भने हाम्रा अर्धशिक्षित नेताहरूले हामी त अथाह साधनस्रोत भएका देश हौंँ, पहिलेका शासकहरूले लुटेर खाएका कारणमात्र देशको विकास हुन नसकेको भन्ने भ्रम छरिदिएका छन्, आप्mना कार्यकर्तादेखिन आमजनताको एउटा तप्कासम्ममा। त्यस्तो भ्रमले कुनैबेला आन्दोलनमा मान्छे उतार्न त सघायो तर त्यसैबाट उर्लेको जनआकांक्षा पूरा हुन नसक्दा जनतामा उत्पन्न हुने निराशाले आज हिरो बनेका ओली भोलि भिलेन हुन कत्ति बेर छैन । यस्तोमा, गर्न सकिने यत्ति हो भनेर जनतालाई नढाँटीकन भन्ने र त्यसरी गर्नपर्ने कुरा इमानदारीपूर्वक गर्ने काम के ओली टिमबाट होला ?

संघीयता हाम्रो देशमा नौलो प्रयोग हो र संघीय ढांचाको संविधान बनिसकेपछि पनि संघीयता आवश्यक कि अनावश्यक भन्ने कुरामा देश र समाज अझै लगभग विभाजित अवस्थामै छ । जातीय÷क्षेत्रीय पहिचानमा आधारित संघीयताको खतरा अहिलेलाई टरे पनि खर्चिलो र धान्नै नसक्ने भएका कारणले पनि संघीयता असफल हुने सम्भावना उत्तिकै छ । त्यसो भयो भने देशका कार्यकारी प्रमुखसमेत रहेका र जातीय क्षेत्रीय समूहहरूले संघीयता र पहिचान विरोधी भनी प्रचारित गरिदिएका ओलीका टाउकामा त्यसको दोष आउनेछ । के त्यस्तो अवस्था सामना गर्न उनीसँग कुनै ‘प्लान बि’ छ ?

राजनीतिक र आन्तरिक चुनौती

राजनीतिक/वैचारिक लाइन र माकेका शीर्ष नेतृत्वको ‘सम्मानजनक’ व्यवस्थापनदेखि तल्लो तहसम्मका कार्यकर्ताका पद मिलानसम्मका जे÷जति जटिल चुनौतीले गरेर एकता कठिन र ढिला भइरहेको छ, ती चुनौती भोलि पनि ज्युँका त्युँ रहने देखिन्छन् । अवश्यम्भावीरूपमा आइलाग्ने एकताको समस्या तथा एकता नहुन्जेल संयुक्त सरकारमा आउने खटपटले सरकारको कार्यसम्पादन एकमना सरकारको जस्तो हुन दिने छैन । ओलीका निम्ति आफ्नै दलभित्रबाट आउने चुनौती पनि कम गम्भीर हुने छैनन् । पूर्व अध्यक्ष झलनाथ खनालको पहिल्यैदेखिको इखमा आगामी राष्ट्रपति उनी नबन्नासाथ थपिने असन्तोषको चुनौती छ । पूर्वअध्यक्ष माधवकुमार नेपाल उनका अर्का स्थायी प्रतिद्वन्द्वी छँंदैछन् । उता उपाध्यक्ष बामदेव गौतम माकेसंँग खटपट पर्दा उनलाई भन्दा माकेलाई सहयोग गर्ने मानिस हुन् । समग्रमा भन्नुपर्दा ५ वर्ष उनलाई निष्कण्टक प्रधानमन्त्री हुन नदिने कारक तŒव अरु होइन कि आफ्नै सत्ता सहयात्री माके र आफ्नै पार्टीका वरिष्ठ नेतागण हुनेछन्।  

एमालेका नेता/कार्यकर्तामा अरु प्रतिस्पर्धी दल, त्यसमा पनि खासगरी प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसको अवसानमा मात्र आफ्नो विजय देख्ने ‘जिरो सम’ मानसिकता केही मात्रामा अझै विद्यमान छ । यस्तो मनोविज्ञान राष्ट्रनिर्माणका लागि घातक र सरकार सुसञ्चालनका लागि प्रत्युत्पादक हुन्छ । आफूलाई राजनेताका रूपमा स्थापित गराउन चाहने ओलीका लागि यो चुनौती निकै गम्भीर छ सबैलाई समेटेर हिँड्न खोजे पार्टीभित्रका प्रतिस्पर्धीहरू तथा पार्टीको परम्परागत ‘कन्स्टिच्युएन्सी’ ले त्यसलाई पचाउन गाह्रो मान्नेछ । फेरि राष्ट्र निर्माणै गर्ने हो भने अबको नेपालमा प्रमुख प्रतिपक्षको पनि सहयोग चाहिन्छ । र, ऊसँग अनावश्यक मुठभेडमा जाँदा बाह्य शक्तिहरूको चलखेल पनि बढ्नेछ । जसबाट पुनः राजनीतिक अस्थिरताको खतरा उत्पन्न हुनेछ । जातीय÷क्षेत्रीय शक्तिहरूबाट सिर्जित चुनौती सामना गर्न त झनै ठूलो सुझबुझ, हिम्मत, लचकता, उदारता र संयम चाहिन्छ । कार्यकर्ताले ताली बजाइदिएपछि जोसिंदै जातीय क्षेत्रीय अभियन्ताहरूलाई खुराक हुनसक्नेखालका उखानटुक्का भन्दिहाल्ने नानीदेखिको बानी के ओलीले सुधार्न सक्लान् ? 

भूराजनीतिका चुनौती

ओली नेतृत्वको सरकारसामु भूराजनीतिको चुनौती त झनै विशाल र गहिरो छ आजका दिनमा जसमा भारतमात्र होइन, चीनको आयामसमेत थपिएको छ । हाम्रो विदेश नीति, खासगरी छिमेक नीतिको सबभन्दा ठूलो चुनौती र आवश्यकता भनेकै हामीलाई आफ्नो प्रभाव क्षेत्र मानेर हाम्रो आन्तरिक मामलामा प्रायः हस्तक्षेप गरिरहने दक्षिणको भूराजनीतिक शक्तिसँग अनावश्यकरूपले सम्बन्ध नबिगारिकन, आप्mनो राष्ट्रिय स्वाधीनताको अधिकाधिक अभ्यास गर्दै जानु हो । ता कि ऊ पनि हाम्रो आकांक्षा र संवेदनशीलता बुझेर त्यहीबमोजिम व्यवहार गर्न थालोस। त्यसो नगरी उसलाई ‘काउन्टर’ दिनकै लागि भनेर अहिलेसम्म हस्तक्षेप नगर्ने नीति लिएको अर्को ठूलो छिमेकीलाई यहाँको आन्तरिक राजनीतिमा भित्र्याउने र पल्काउने काम गरियो भने त्यो महाभूल हुनेछ । जसले कालान्तरमा हाम्रो देश दुई ठूला र शक्तिशाली छिमेकीको भिडन्तस्थल बन्न जानेछ । के ओलीले यो नाजुक सन्तुलन मिलाउन र यो मामलामा दलीय स्वार्थबाट माथि उठेर राष्ट्रिय सहमति निर्माण तथा पहल गर्न सक्लान् ? 

स्वच्छता र सुशासनका चुनौती

बन्द हड्ताल जस्ता अराजकता, भ्रष्टाचार, कुशासन, दलीय भागबन्डा, न्यायालय र अख्तियारको ‘अति सक्रियता’ का माझ उनीहरूका आप्नै भ्रष्टाचारका समस्या, सार्वजनिक खरिद ऐनका त्रुटि, विकास प्रशासनका सुस्ती यी सब विकास र समृद्धिको मार्गका ठूला तगारा हुन् । के यिनलाई समाप्त गर्ने भिजन, शासकीय सुझबुझ र राजनीतिक इच्छाशक्ति देखाउन सक्लान ओलीले ? जाली फटाहा प्रवृत्तिका ‘पावर’ का बिचौलियाहरू पनि सुशासनका अर्का तगारा हुन् । राजनीतिज्ञ, कर्मचारी वर्ग, उद्यमी व्यवसायी सबैतिर जमेका त्यस्ता बिचौलियाले आजसम्मका जुनसुकै दलका सरकारलाई सहजै पट्याएका छन् । ओली, प्रचण्ड र उनीहरूका पार्टीबाट मन्त्री बन्ने कतिपय मानिस पनि जसमा अपवाद छैनन् । के त्यस्तालाई अब ‘डिसओन’ गर्न सक्लान् ओली–प्रचण्ड टिमले ? 

दललाई कार्यकर्ता र वर्गीयतामा मात्र आधारित नगरिकन व्यापक आधारयुक्त (मास बेस्ड) बनाउंदै लाने एमाले–माकेका नीति समयानुकूल र व्यवहारवादी त छन् तर त्यो सँगसँगै आर्थिक अपराधी र डनहरू भित्र्याउने प्रवृत्ति पनि उनीहरूमा देखिन्छ खासगरी ओलीमा । जसबाट विकास, समृद्धि र सुशासनको गन्तव्यमा पुगिने होइन कि राजनीतिको अपराधीकरण र भ्रष्टीकरणको भासमा जाकिने खतरा छ । त्यस्तै, देशलाई विकास, समृद्धि र स्वच्छ शासन दिने नै हो भने अबको सरकारले आफन्ती पुँजीवाद (क्रोनी क्यापिटलिज्म) को अभ्यासबाट पनि टाढै रहनुपर्छ । सार्वजनिक सेवाका हरक्षेत्रमा दरो ‘नेटवर्किङ’ गर्ने तथा संस्थागतरूपमा वा आफ्ना मान्छेका नांउंँमा नाफामूलक मेडिकल कलेज, अस्पताल, विद्यालय, बैंक, सहकारी, वैदेशिक रोजगार व्यवसाय इत्यादि चलाउने एमालेबाट के यस्तो आशा गर्न सकिन्छ ? जवाफका लागि धेरै कुर्नुपर्ने छैन । डा.गोविन्द केसीको माग वा माथेमा आयोगको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षामा सुधार गरिन्छ कि दलीय आबद्धता वा लेनदेनका आधारमा मेडिकल कलेजको सम्बन्धन बाँडिन्छ ? बस, त्यत्ति हेरौँ।

राजनीति प्रेरित अर्थनीतिको मोह

अबको सरकारले अर्थतन्त्रलाई बाम लहड र धङधङीअनुसार चलाएर धराशायी तुल्याउने खतरा पनि प्रवल छ । उदाहरणका लागि, सेता हात्ती बनेका वायुसेवा निगम र नेसनल ट्रेडिङ जस्ता संस्थाको निजीकरण रोकी तिनमा बालुवामा पानी खन्याएझैं बर्सेनि अर्बौँ रुपियाँ खन्याइने र तिनलाई कार्यकर्ता भर्ती किेन्द्र बनाइने सम्भावना प्रवल छ । चुनावी प्रतिस्पर्धालाई स्वीकार गरेर आएका संसारभरकै कम्युनिस्टहरूको सोच र कार्यशैली भोट ब्यांकका लागि एकपछि अर्को अनुत्पादक र पपुलिस्ट कार्यक्रमहरू ल्याउनेखालको हुन्छ । एमालेमा त यो प्रवृत्ति झनै चर्को छ । त्यसो गरिएमा विकास र समृद्धिको लक्ष्यमा होइन कि टाट उल्टिने स्थितिमा पुगिनेछ । के उनीहरू अबचाहिँ जिम्मेवार र व्यावसायिकरूपले काम गर्न थाल्लान् ? 

राष्ट्रिय एकता र एमाले

संविधान संशोधनको माग २ नम्बर प्रदेशमा चुनाव जितेर आएका मधेसी दलहरूले अझै छाडेका छैनन् । हो, त्यस मागका पछाडि यथार्थभन्दा मनोवैज्ञानिक असन्तोष धेरै रहेको कुरा सत्य हो । तर उनीहरूको पनि ‘फेस सेभिङ’ हुनेगरी केही संशोधन गरेर राष्ट्रिय राजनीतिको मूलधारमा उनीहरूलाई फर्काउनुमै देशको कल्याण छ । अब यिनीहरूले केही गर्न सक्दैनन्, त्यसैले यो विषयलाई यत्तिकै सेलाउन लांउंँछौ भन्ने हो भने त्यसले भविष्यका लागि भुसको आगोको काम गर्नेछ । के ओलीले यो मुद्दामा राजनेताको जस्तो दूरदर्शिता, उदारता र लचकता देखाउन सक्लान् ? किनकि चुस्त संगठन, दक्ष कार्यकर्ता र अडानयुक्त नेतामात्र भएर हुन्न । लचकताबिनाको शक्तिले त द्वन्द्व र दुर्घटना निम्त्यांउँछ, अधिनायकवाद निम्त्यांउँंछ । कांग्रेसको नेतृत्व, संगठन, कार्यप्रणाली र कार्यशैली सबै कमजोर थिए तर उसमा जुन लचकता र उदारता अन्तर्निहीत थियो त्यसले त्यस्ता दुर्घटना हुनबाट देशलाई बचाएको थियो । के एमालेबाट त्यो आश गर्न सकिन्छ ?
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस