अति सर्वत्र वर्जयेत् अर्थात् अति जेसुकै खराब हुन्छ। राजनीतिक मामिलामा अतिवादलाई झनै हानिकारक मानिन्छ। राजनीतिमा उदारवादी लोकतान्त्रिक मध्यमार्गलाई मात्र उचित मानिन्छ। जुन मुलुकले मध्यमार्गलाई अपनाएका छन्, तिनले दिगो हिसाबले विकास गर्दैआएका छन्। बेलायतले युरोपेली युनियनबाट छुट्टिन गरेको जनमत संग्रह 'ब्रेक्जिट' मा आएको परिणामलाई त्यहाँका मतदाताले बल्ल महसुस गर्दैछन्। त्यो निर्णयपछि सरकार परिवर्तन, त्यो निर्णयको कार्यान्वयनका लागि पुनः निर्वाचनजस्ता राजनीतिमा बेलायत प्रवेश गरेको छ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजययताका तीन महिनामा त्यहाँको प्रजातान्त्रिक पद्धति र प्रजातन्त्रले असजिलो अवस्था बेहोरिरहेको छ। राष्ट्रपति निर्वाचनसँग जोडिएका मुद्दामा छानबिन गरिरहेका अमेरिकी गुप्तचर संस्था एफबिआई प्रमुख जेम्स कोमीलाई बर्खास्त गरेपछि त्यहाँको राजनीति र पत्रकारिता यसै मुद्दाको वरिपरि घुमिरहेको छ। अमेरिकामा यति बेला लोकतान्त्रिक शासन व्यवस्थाप्रतिको चिन्ता छ र त्यो पद्धति कसरी जोगिएला भन्ने चिन्तनमा सिंगो समाज एकोहोरिएको छ। यस्तो अवस्था यसअघिका राष्ट्रपति बाराक ओबामाको कालमा थिएन। समाजका सबै पक्षलाई मिलाएर लैजान नसक्ने अतिवादी राजनीतिक नेतृत्वले सिंगो पद्धतिप्रति चुनौती खडा गर्न सक्छ भन्ने यो जिउँदोजाग्दो उदाहरण हो। वास्तवमा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेका कारण अहिले त्यहाँका जनतामा मानव अधिकारप्रतिको चिन्ता बढाएको छ।
एक किसिमको अतिवाद संसारमा फेरि फैलन थाल्ने आशंका भइरहेका बेला फ्रान्समा हालै सम्पन्न राष्ट्रपति निर्वाचनले केही हदसम्म आशाको सञ्चार गरेको छ। समाजलाई विभाजित गरेर जानेभन्दा पनि त्यसलाई जोड्न सक्ने व्यक्तिप्रति फेरि मतदाताको ध्यानाकर्षण हुन थालेको छ। फ्रान्सको निर्वाचनमा इम्मानुएल म्याक्रोंले ६६ प्रतिशतभन्दा बढी मत हासिल गरे। उनकी प्रतिस्पर्धी मारिन ल पेनले करिब ३३ प्रतिशतमात्र मत पाउन सकिन् तर निर्वाचनका बेला पेनको दक्षिणपन्थी छविले सबैलाई आश्चर्यमा पारिरहेको थियो। फिलिपिन्स, अमेरिका, बेलायत आदिका निर्वाचनमा देखिन थालेको दक्षिणपन्थ अतिवादी धारले फ्रान्समा पनि विजय हासिल गर्न सकेको भए युरोपको एकतामा अवश्य प्रभाव पार्ने थियो। म्याक्रोंको विजयका कारण एउटै युरोपको अवधारणामा सहकार्य गरिरहेका देशहरूले आफ्नो अभियानलाई निरन्तरता दिन सके। अन्यथा त्यसको गतिमा रोक लाग्ने थियो। त्यति मात्र होइन, बिस्तारै आफ्नो मुलुकमा विदेशी हावी भएको र देशभित्र भन्दा बाह्य विषयमा बढ्ता ध्यान दिएको भनेर मतको राजनीति गर्न यसले बढ्ता योगदान गर्ने थियो। यसै पनि अहिलेको समयमा बढ्ता समन्वय गर्न सक्ने, शान्तिपूर्ण छवि भएका र तनावलाई कम गर्नसक्ने नेताप्रति आकर्षण छ। कोरियाली प्रायद्विपमा जहिल्यै तनावको वातावरण छ। त्यसमा पनि उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको आणविक दौड र धम्कीले त्यस क्षेत्रलाई भयमा राखेको छ। यस बेला दक्षिण कोरियामा निर्वाचित नयाँ राष्ट्रपति मुन जाइ–इनको उत्तर कोरियाली नेतालाई भेट गर्ने इच्छाको अभिव्यक्तिले तनाव धेरै हदसम्म घटाउन मद्दत गरेको छ। उनले भनेका छन्, ‘कोरियाली प्रायद्विपमा शान्ति बहालीका लागि म जहाँ जान पनि तयार छु।’ नेपालमा भूकम्पपछि आएर श्रमदानसमेत गरेका राष्ट्रपति मुनको यस अभिव्यक्तिले मध्यमार्गी नेताले जहिल्यै समाजलाई तनावबाट मुक्ति दिने र मुलुकलाई थप प्रगतितिर लैजाने अपेक्षा गर्न सकिन्छ।
संविधान जारी भएपछि नेपाल संक्रमणकाल अन्त्यको व्यग्र प्रतीक्षामा छ। दस वर्ष लामो 'जनयुद्ध'ले थिल्थिलो भएको नेपाली समाज बल्ल तंग्रिन खोजिरहेको छ। संविधान जारी भएपछि सबै चरणका निर्वाचन गरी नेपाललाई उदार लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुक बनाउनुपर्ने अपेक्षा जनताको छ तर बेलाबेलामा राजनीतिक नेतृत्वको व्यवहारले जनतालाई निराश बनाउने गरेको छ। आम जनताको भावनामा खेलबाड गर्ने र मतको राजनीति गर्ने प्रवृत्ति हामीकहाँ पनि देखिन सक्छ। यति बेला हामी स्थानीय तह निर्वाचनको सम्मुख उभिएका छौं। स्थानीय तहमा पनि मध्यमार्गी, विकासप्रेमी, जनताका दुःखसुखलाई आत्मसात गर्ने नेतृत्व चयन गर्ने बेला हो यो। अहिले स्थानीय तहमा छानिएको नेतृत्व भविष्यमा राष्ट्रिय नेतृत्वमा समेत पुग्छ। मतदाताले निर्वाचनका बेला जिम्मेवारी बोध गर्न सकेनन् भने स्वार्थी र मुलुकलाई भाँडभैलोतिर लैजाने नेतृत्वको मात्र चयन हुन सक्छ। त्यसपछि तिनले गरेका कामका निम्ति टाउकोमा हात राख्नेबाहेक अर्को निर्वाचनसम्म मतदातासँग कुनै विकल्प हुने छैन। निर्वाचनबाट पनि तानाशाही जन्मन्छ भन्ने उदाहरण जर्मनीको वाइमर संविधान हो। संविधान र पद्धतिमात्र लोकतान्त्रिक भएर पुग्दैन, मध्यमार्गी नेतृत्व पनि त्यो पद्धति चलाउनका निम्ति उत्तिकै आवश्यक हुन्छ। यसकारण पनि आफ्ना नेता र उम्मेदवारका बारेमा मतदाता जानकार हुनु आवश्यक छ। आशा छ, आइतबार सम्पन्न हुन गइरहेको पहिलो चरणको स्थानीय निर्वाचनमा उदार नेतृत्व चयनमा सर्वसाधारण मतदाताले बुद्धिमत्तापूर्ण निर्णय गर्नेछन्। अतिले खति मात्र गर्छ। त्यसैले सबैलाई मिलाएर लैजान नसक्ने अतिवादीलाई संस्थाबाट बाहिरै राख्नुपर्छ।
आइतबार सम्पन्न हुन गइरहेको पहिलो चरणको स्थानीय निर्वाचनमा उदार नेतृत्व चयनमा सर्वसाधारण मतदाताले बुद्धिमत्तापूर्ण निर्णय गर्नेछन्। अतिले खति मात्र गर्छ। त्यसैले सबैलाई मिलाएर लैजान नसक्ने अतिवादीलाई संस्थाबाट बाहिरै राख्नुपर्छ।