एकीकृत नेकपा (माओवादी)को पोलिटब्युरो बैठकले आफ्नै नेतृत्वको सरकार बनाउन आन्दोलन गर्ने निर्णय गरेछ। माओवादीको नौ महिने कालमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बारम्बार विद्रोह गर्छु भनिरहन्थे। अहिले माओवादी प्रतिपक्षी भएको छ, विद्रोहको धम्की पहिलेभन्दा चर्को हुने नै भयो। अब त झन् अन्तिम विद्रोह गर्ने रे! लाठो र भाटो चलाउन कार्यकर्तालाई प्रशिक्षण दिइरहेको समाचार संचार माध्यममा आएको छ। यो शुभ समाचार होइन। लाठोले कसैको खुट्टा भाँचिदिँदा राष्ट्रिय सरकार बन्छ वा भाटोले अर्काको टाउकै फुटाई दिँदा जनगणतन्त्र आउँछ भन्ने सोचले हामीलाई कहाँ पुर्याउला?
कमरेड प्रचण्डको रिस त्यही हो, झोंक त्यही हो। कडा श्रमपछि प्राप्त सत्तामा पुग्नेबित्तिकै उनले फेरी सेनामेना चलाउलान्। दलहरूसँग झगडा गर्लान्। फेेरि पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा ठोक्लान्। अर्को माधव नेपाल लुखुरलुखुर आउलान्। ‘विषवृक्ष रोपिएछ' भन्दै प्रचण्डजी थक्थकी मान्लान्। ‘म न कल्पवृक्ष हुँ, न विषवृक्ष' माधव नेपाल जस्तै अर्को कसैले फेरि स्पष्टीकरण दिनु पर्ला।
मलाई त खोलाको माछा मार्नुभन्दा यो सरकार ढाल्नु सजिलो जस्तो लाग्छ। केलाई आन्दोलन गरिरहनु पर्यो? आफ्नै पार्टीको प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गर्ने सांसद दुनियामा बिरलै हुन्छन् होला। त्यही बिरलाकोटीमा पर्ने सांसद यहाँ थुप्रै रहेछन्। एमालेको केन्द्रीय कमिटीले फिर्ता बोलाउने निर्णय गरे नेपालले तुरुन्तै राजीनामा दिनेछन्। उनले राजीनामा दिनेबित्तिकै यो सरकार स्वतः भंग भइहाल्छ। हरुवाहरूको कठपुतली सरकार, रिमोट कन्ट्रोलबाट संचालित, अवैधानिक सरकारजस्ता आरोप जन्मैदेखि खप्नु परेकोले यो सरकारको आँत कमजोर छ। माधवजीलाई धेरै चित्त दुखेको छ। चित्त कुँडिएको झोंकमा उनले आफैँ राजीनामा गर्न पनि बेर छैन। आँत कमजोर भएकाले रोग प्रतिरोधात्मक शक्ति पनि कम छ। विपक्षीको प्रहार सहँदासहँदा बाहिरी भाग जब्बर देखिएको मात्र हो। यसको जीउडाल जति ठूलो भए पनि केही कामको छैन। यसले धेरै तातोचीसो सहन सत्तै्कन। यसलाई जेठ १४ को घाम खप्नै हम्मे पर्ला जस्तो छ।
अहिलेको सरकार हतियार नहुनेहरूको एकताबाट निर्माण भएको हो। सरकारमा छँदा पनि माओवादीको क्रान्तिकारी काम सेनापति हटाउनेमै गएर टुंगिएको थियो। नेपाली सेना माओवादीमय बनाउने टेप प्रकरण र पटकपटकको धम्कीले अन्य दलको एकतामा बल पुर्याएको हो। क्यान्टोन्मेन्टका हतियार र लडाकु देखाउँछन्, बाहिर लाठी र मुंग्रोले तर्साका छन्। ठूलो शत्रुसँग मुकाबिला गर्न साना शत्रुहरू एक भएको अवस्था हो अहिले। नत्र विभिन्न पार्टीका तेत्तीस कोटी नेता कसरी एक हुन सक्थे त?
माओवादी शान्त हुनै सत्तै्कन। सरकारमा हुँदा विद्रोहको धम्की दिनेले जनगणतन्त्रै भए पनि त्यहीी भाषा बोल्ने हो। माओवादी जति तात्छ, राजनीतिक परिवेश पनि त्यस्तै बन्नेछ। हालसम्मको अवस्था हेर्दा अब मुठभेडका दिन आउला कि जस्तो छ। सत्तामा भएर पनि अरू दलमा फुर्तिफार्ती हैन लाचारी देखिएको छ। माओवादीसँग थर्कमान छन्। प्रतिपक्षी दललाई पो सत्तापक्षले चार, पाँच बुँदे बिन्तीपत्र हालेका छन्। राष्ट्रपति, उपराष्ट्रपति, सभापति, प्रधानमन्त्रीलगायत कुनै मुख्य पदमा नभए पनि माओवादीले थर्काएरै राज गरिरहेको छ।
शान्ति र संविधानभन्दा पनि अहिले नेपाली सेना र क्यान्टोन्मेन्टमा रहेका लडाकुमै गएर सबैको घिडघिडो अडेको छ। विशेष समितिमा माओवादी उपस्थित भएन। माओवादीको सरकारले बीसै हजार लडाकुलाई सेनामा हुले पनि त्यसले विवादै निम्त्याउँछ। प्रचण्डले फेरि राजनीनामा दिनुपर्ने स्थिति आउन सक्छ। त्यसो गर्नुभन्दा माओवादीले यही सरकारसँग देश र जनताको पक्षमा हुने गरी सहमति गर्नु बुद्धिमानी हुँदैन र? माओवादीले गर्ने भनिएको अन्तिम लडाइँले त बाह्रबुँदेका सहयात्रीबीच फाटो ल्याउनेछ। अनि प्राप्त उपलब्धि गुम्ने जोखिम पो बढ्छ त।