'तपाईँका सिनेमाले के दिन्छन्?' मेरो काँचो प्रश्नको जवाफमा भारतीय निर्देशक गोविन्द निहलानीले अत्यन्त गम्भीर जवाफ दिएका थिए, 'मेरा सिनेमामा एउटा अडान हुन्छ।
स्वीकार्नुस्, नस्वीकार्नुस्, तर त्यसले तपाईँलाई निरपेक्ष रहन दिँदै दिँदैन।' नभन्दै आइतबार उनको 'हजार चौरासी की मा' प्रदर्शन भएपछि यो जबाफ सार्थक भयो। भारतीय नारीप्रधान सिनेमा उत्सवमा त्यस दिन लेखक, पत्रकार र राजनीतिक कार्यकर्ताको भिडले पर्यटन बोर्डको हलमा सिँडी र भुइँसमेत खाली रहेनन्। टेक्ने ठाउँ नभएपछि झन्डै दुई सय जनालाई आयोजकले फर्काउनुपरेको थियो।
म्यागासेसे पुरस्कार विजेता महाश्वेता देवीको उपन्यासमा आधारित यस सिनेमाले बंगालमा नक्सलवादी आन्दोलनको पृष्ठभूमिमा छोरा मारिएपछि एउटी आमाको सामाजिक जागरणको कथा भन्छ। अमेरिकी सिनेमा 'सिटिजन केन्स'सँग मेल खाने यसको 'फ्लासब्याक' शैलीले कथालाई मार्मिक तरिकाले खोतल्दै जान्छ। जन्मदिनमै छोरा मारिएपछि मात्र आमालाई थाहा हुन्छ - ऊ त गरिबको राज्य ल्याउन नक्सलवादी आन्दोलनमा लागेको रहेछ। आमालाई धोका दिएर परस्त्रीसँग सल्केको बाबु, कुहिएको खानदानी परम्परामा हुर्केर मातेका दाजु, भाउजू, दिदीप्रति उसलाई वितृष्णा थियो। ऊ आमालाई असाध्यै माया गर्थ्यो।
यसै कारण घर छाड्न सकेको थिएन। छोराकी प्रेमिका नन्दिनीलाई भेटेपछि आमालाई लाग्छ, उनी तथाकथित पारिवारिक आदर्शको बन्दी पो रहिछन्। प्रहरी यातनाले विचरी नन्दिनीको आँखाको ज्योति गुमिसकेको रहेछ तथापि ऊ अत्याचारविरुद्ध 'लड्न' समर्पित हुन्छे। सिनेमामा त्यो प्रसंग अत्यन्त प्रभावशाली छ जब घरमा छोरीको स्वयम्बरको भोज चलिरहेको हुन्छ र आमाभित्र यो पाखण्डविरुद्ध अर्को युद्ध चलिरहेको हुन्छ। उनी सामाजिक न्यायका पक्षमा सक्रिय हुँदै जान्छिन्।
आन्दोलनकारी नितुको हत्या गरेर भाग्दै गरेको अपराधीलाई उनी बहादुरीपूर्वक समाउँछिन्। छोरा मारिएको २३ वर्षपछि एक दिन फेरि नन्दिनीसँग उनको भेट हुन्छ। बिहे नगरी बसेकी उसले न्यायको लडाइँलाई नै जीवनसाथी बनाई। सबैभन्दा महत्वपूर्ण परिवर्तन, आमाको सामाजिक न्यायको लडाइँमा उनका क्रूर पतिले पनि साथ दिन थाल्छन्।
'सिनेमाको साढे दुई घण्टा म पूरै स्तब्ध भएँ', नवयुवा मासिकका सिनेमा समीक्षक विकास बस्नेतको भनाइसँग उपस्थित धेरैको सहमति थियो।
निहलानीले यसलाई 'कम्युनिष्ट फिल्म होइन' भनेका छन्। आमाको सामाजिक जागरणमा नक्सलवादी आन्दोलन माध्यममात्र भएको उनको कथन छ। तथापि यो नक्सलवादी आन्दोलनप्रति सहानुभूति जगाउने सिनेमा अवश्य हो। निहलानीको सिनेमा त्यो वर्गमा पर्दैन जुन हेरिन्छ र सिनेमाको अन्त्यसँगै सबै सकिन्छ। उनका सिनेमाको प्रभाव हलबाट बाहिर निस्केपछि सुरु हुन्छ। त्यसले दर्शकलाई रन्थन्याउँछ, हिर्काइरहन्छ र समाजतिर फर्केर सहस्र प्रश्न गर्न लगाउँछ।
त्यस्तो प्रश्न जसले नैतिक अडानलाई बलियो बनाउँछ र अघि बढ्न घच्घच्याइरहन्छ। भौतिक हिंसाभन्दा मानसिक हिंसा देखाउने उनका सिनेमाका प्रमुख पात्रहरू आफूभित्र 'आगो' बोकेर हिँडिरहेका हुन्छन्। 'आक्रोश'को नायक सिनेमाभरि एउटै संवाद बोल्दैन तर अन्त्यमा उसको आक्रोशले पूरै सामाजिक व्यवस्थालाई हल्लाइदिन्छ। 'अर्ध सत्य'मा व्यवस्थाले सही मानिसलाई 'नपुंसक' बनाइरहेको मार्मिक कथा भन्छ।
आइतबार उत्सव समापन समारोहमा उनले साहित्यिक कृतिको सिनेमा रूपान्तरणबारे अनुभव सुनाए। विजय तेन्दुलकरको कृतिमा 'आक्रोश', 'अर्ध सत्य', लोर्काको नाटकमा 'रुक्मावती की हवेली, भीष्म साहनीको कृतिमा 'तमस' बनाएका उनले साहित्यिक कृति ग्रहणशैलीको उदाहरण पनि देखाए। लेखक मञ्जुश्री थापाले मूलधारका भारतीय सिनेमाले मानव मनोविज्ञानमा पारेको आघातबारे महत्वपूर्ण प्रश्न उठाइन्। 'मसँग पनि समाजलाई देखाउनैपर्ने दामी कथा छ', हिमाल खबर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितलाई आश्वस्त पार्दै नायक राजेश हमालले सोही कार्यक्रममा भने, 'सायद त्यो दिन टाढा छैन।' राजेशको संकेत कुनै दिन 'आफैँले अर्थपूर्ण सिनेमा निर्देशन गर्ने' थियो जुन 'महानायक'का रूपमा उनले पूरा गर्न सकेनन्। भारतीय यथार्थवादी सिनेमामा नाम कमाएकी नन्दिता दासको क्यारियरबारे टिप्पणी गर्दा बारम्बार उनले आफू 'हावादारी' सिनेमाको मात्र नायक भएको आत्मस्वीकृति दिइरहे।
त्यसो त राजेशले महत्वपूर्ण त्यस्तो केही बोलेनन् तथापि उनको प्रस्तुति आकर्षक थियो। सबैभन्दा महत्वपूर्ण उनको आत्मस्वीकृति थियो जसले नेपाली सिनेमाको हालत प्रस्ट पार्छ। धन्न, हामीकहाँ निर शाह, छिरिङरितार शेर्पा, नवीन सुब्बाका केही सिनेमा छन् जसलाई हामी अन्तर्रार्ष्टिय मञ्चमा उभ्याउन सक्छौँ। नत्र हाम्रो हालत के हुँदो हो? राजेशका सिनेमाले उनलाई 'महानायक' त बनाए तर कलाकारको दर्जा दिन सकेनन्। ती उनको शिक्षित र बौद्धिक व्यक्तित्वसँग पटक्कै मेल खाँदैनन्। यस्तो स्थितिमा अंग्रेजी साहित्यका विद्यार्थी राजेशले आफैँ सिनेमा निर्देशन गर्ने सपना देख्नु सुखद संकेत हो। उनलाई त्यस्तो आत्मबलको प्रतीक्षा हामीलाई छ जुन निहलानी समापन समारोहमा देखाइरहेका थिए।