बर्दिया हत्याकाण्डमा सेनाको बोलीमा लोली मिलाउँदै रक्षामन्त्री विद्यादेवी भण्डारीले भनेकी थिइन्, 'मारिएका तीन महिला चोरीसिकारी थिए।' कसो उनले देवीसरा विक, अमृता विक र १२ वर्षे बालिका चन्द्रकला विक सेनामाथि बलात्कार गर्न तम्सेका थिए भनिनन्! आरक्षभित्र चोरीसिकार गरिरहेका समूहबाट गोली चलेपछि आत्मसुरक्षाका लागि सेनाले गोली चलाउँदा महिलाको मृत्यु भएको उनको दाबी राष्ट्रिय मानव अधिकार आयोगको हालै सार्वजनिक प्रतिवेदनले झूठो र निराधार साबित गरिदिएको छ। तथापि उनी अझै 'भलाद्मी पारा'ले शासनमा आसन जमाइरहेकी छन्।
प्रतिवेदनअनुसार त्यहाँ दोहोरो भिडन्त भएकै थिएन। अति विपन्न दलित परिवार जीविकाका लागि फागुन २६ गते बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानीमा काउलोको बोक्रा टिप्न गएका थिए। एक्कासि गोली चलेपछि भाग्नसक्ने पुरुषहरु बाँचे, भाग्न नसकी लुकेर बसेका दुई महिला र एक बालिका उपसेनानी सुबोध कुँवरको नेतृत्वमा गएको ज्वालागणका सैनिकको गोलीबाट निर्ममतापूर्वक मारिए। सेनाले दाबी गरेझैँ दोहोरो भिडन्त भएको भए घटनास्थल दुरुस्त राखी प्रहरीबाट मुचुल्का उठाउनुपर्ने थियो। तर नियोजितरूपमा शवहरू मिलाउने, तीन बन्दुक एकै स्थानमा राख्ने र प्रमाण नष्ट गर्ने काम भएको प्रतिवेदनले औँल्याएको छ।
पञ्चायतमा त सेनाबाट यस्ता घटना कति भए कति! पछिल्लो समयमा पनि सेनाबाट दोरम्बा, मैना सुनार, बेलबारी बलात्कार र भैरवनाथ हत्याकाण्ड भएका थिए। तर, आफ्ना सैनिकको अपराध स्वीकार गरेर दण्ड दिन सेना कहिल्यै तयार देखिएन। यसले के देखाउँछ भने गणतन्त्रमा पनि पञ्चायत र संसदीय कालमा राजपरिवारजस्तै सेनाले कानुनभन्दा माथि रहने अभ्यास गरिरहेछ। उसको यही चरित्रको संरक्षक बनिरहेकी छन् रक्षामन्त्री विद्यादेवी भण्डारी।
विद्यादेवीले लोकतन्त्र, शान्ति, न्याय र सत्यविरुद्ध आतंक मच्चाएका अनेक उदाहरण छन्। सर्वप्रथम उनले विस्तृत शान्ति सम्झौतामा लडाकु समायोजनको व्यवस्था नभएको अभिव्यक्ति दिइन्। पछि मानवअधिकार उल्लंघन गरेको पुरस्कारस्वरूप तोरणजंगबहादुर सिंह र निरञ्जन बस्नेतजस्ता सेनाका अधिकारीलाई बढुवा गराइन्। सेनामा माओवादी लडाकु समायोजनका लागि प्रधानमन्त्रीले माने पनि आफूले नमान्ने भनेर बारम्बार प्रधानमन्त्रीय पद्धतिको खिल्ली उडाइन्। उनकै अभिव्यक्ति र आक्षेपका कारण नेपालमा शान्ति प्रक्रिया स्थापनाका लागि आएको अनमिन फर्कने र त्यसमा भारतले 'खेलकुद' गर्ने खतरा बढ्दैछ। लाग्छ, उनको मुखबाट भारतीय जर्नेल र शासकहरू बोलिरहेका छन्। यथार्थमा उनी माधव सरकारमा लोकतन्त्र, शान्ति र न्यायविरोधी आतंककारी हुन्।
नेपालका महिला साँच्चिकै सोझा छन्। नत्र उनीहरु महिला नेत्रीसमेत रहेकी विद्याको बर्दिया घटनासम्बन्धी महिला उत्पीडक अभिव्यक्ति चुपचाप सहेर बस्ने थिएनन्। बहानाबाजी यस्तरी नांगिइसक्दा तिनले उनलाई बर्खास्त गर्न कम्मर कसेर लाग्थे। थाहा छ, नैतिक संकटको जगमा प्रधानमन्त्री बनेका माधव नेपाल देश, लोकतन्त्र र जनतालाई सताइरहने खटिरा अपरेसन गरेर फ्याँक्न सक्षम छैनन्। यही बुझेर उनी देश र जनताको मुटुमा झन्झन् टन्किइरहेकी छन्।
माधव नेपाल सरकारको भविष्य संदिग्ध छ। गिरिजाप्रसाद कोइरालाको निधनपछि कुनै पनि बेला यसको बैशाखी खोसिने खतरा छ। राष्ट्रिय समहमति हुने भए आफू बाधक नहुने अभिव्यक्ति उनले दिइसकेकै छन्। यो कुनै पनि बेला आफू सरकारको नेतृत्वबाट अलग्गिन तयार रहेको उनको संकेत हो। यसै स्थितिमा पनि भण्डारीजस्ता मन्त्रीलाई बर्खास्त गर्न सके त्यो माधव सरकारको बहादुरी ठहर्नेछ। उनलाई बर्खास्त गर्नैपर्ने कारण प्रशस्त छन्। उनी शान्ति प्रक्रिया पूरा गर्ने महत्वपूर्ण पदमा भएर पनि विस्तृत शान्ति सम्झौताविरुद्ध बारम्बार अभिव्यक्ति दिइरहेकी छन्। लोकतान्त्रिक सरकारका मन्त्री भएर पनि सेनाको लोकतन्त्रीकरणविरुद्ध उसको सामन्ती चरित्रकै भरणपोषण गरिरहेकी छन्। उनी वामपन्थी पार्टीकी उपाध्यक्ष हुन्, (वामपन्थ न्यायका लागि आमूल परिवर्तन चाहने राजनीतिक मत हो) तर उनका क्रियाकलाप मण्डलेलाई माथ गर्ने गरी दक्षिणपन्थी छन्। उनी महिला नेत्री हुन् तर उनका अभिव्यक्ति र क्रियाकलाप सदैव महिला संवेदनाविरोधी छन्। उनले लोकतन्त्र, शान्ति, सत्य र न्यायको नाक, कान काटेर तानाशाही, अशान्ति, अन्याय र असत्यलाई 'डिनर' दिएकी छन्। उनको अकर्मण्यता देश र जनतालाई मात्र नभई स्वयं एमालेलाई पनि थामिनसक्नु भएको छ। त्यसले एमालेलाई समेत ठूलो राजनीतिक घाटा पारेको छ। त्यसकारण उनलाई बर्खास्त गर्दा पार्टी पदाधिकारीलाई उनले सहमत गर्नसक्ने बुँदा प्रशस्त छन्।
२०५० सालमा उनीहरूले नेपाली कांगे्रसका नेता कृष्णप्रसाद भट्टराईलाई हराएर मदन भण्डारीकी विधवा विद्यालाई जिताउनुमा एउटै कारण थियो। उनीहरू उनमा मदनको विम्ब देख्न चाहन्थे। त्यो कतै नदेखिँदा संविधानसभा चुनावमा उनी पराजित भइन्। तथापि उनी मन्त्री भइन्। जनता अहिले अप्ठ्यारो स्थितिमा छन्। यसको अर्थ उनीहरु कमजोर छन् भन्ने होइन। उनीहरूले चाहँदा पञ्चायती नेता मरिचमान सिंह, नवराज सुवेदी, कमल थापाको जस्तै विद्याको पनि राजनीतिक भविष्य अन्त्य हुनसक्छ।