महाभियोग लगाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख श्री लोकमानसिंह कार्की अचानक दृश्यबाट गायब हुनुभएको छ। यतिबेला उहाँ कता हुनुहुन्छ कसैलाई थाहा छैन। निलम्बित भए पनि केही समय उहाँले भूमिगत तवरले अख्तियार चलाउनुभएको थियो। तर त्यो कुरा प्रधानमन्त्री पुष्पकमल दाहाललाई तुरुन्तै थाहा भयो। आखिर प्रधानमन्त्री दाहाल आफै पनि धेरै वर्ष भूमिगत बसेरै पार्टी चलाउनु भएको मान्छे हुनुहुन्छ। भूमिगत रुपमा कहाँ के चल्छ उहाँलाई थाहा हुनु स्वाभाविकै हो। यो पनि थाहा भइहाल्यो। अतः उहाँले तुरुन्तै अख्तियारका दोश्रो नम्बरका आयुक्तहरूलाई बोलाएर कडा निर्देशन दिनुभयो कि लोकमानलाई अख्तियारमा भूमिगत रुपमा पनि काम गर्न नदिनू।
त्यस पश्चात् लोकमान पूरै गायब हुनुभएको छ। कहाँ गायब हुनु भयो, कसैलाई थाहा छैन।
म सोच्दै थिएँ, साँच्चै लोकमान यति बेला कहाँ जानुभयो होला? के गर्दै हुनु होला? यसरी लोकमान गायब भएपछि कतै लोकतन्त्रलाई नै असर पर्ने त होइन? आज लोकमान गायब हुनुभयो। भोलि लोकतन्त्रै गायब हुन के बेर?
मैले आफ्नो चिन्ता एकजना लंगोटियास्तरको मित्रलाई सुनाएँ। भनेँ, 'यार, लोकमान अचानक हराउनु भएको छ। कता हराउनु भयो कसैलाई थाहा छैन। यो कुनै अशुभ घटनाको लक्षण त होइन?'
उनी सिंहदरवारको कुनै एउटा मन्त्रालयमा काम गर्थे। उनले दायाँ बायाँ यसो हेरे। अनि सुस्तरी भने, 'एउटा कुरा भनौँ?'
'भन। के कुरा?' म पनि सतर्क भएँ।
'अरु कसैलाई नभन,' लंगोटियाले बाचा लगाए, 'लोकमान अहिले हाम्रो अफिसमा लुकेर बस्नु भएको छ।'
'हाँ? हो र भन्या? तँलाई कसले भन्यो?' मेरो आश्चर्य एकाएक विष्फोट भयो।
'कसैले पनि होइन। म आफैले देखेको। मेरा अरु पनि केही साथीहरूले देखेका छन्। लोकमान हाम्रै अफिसमा लुकेर बस्नु भएको छ।'
आफ्नै आँखाले देखेको प्रत्यक्षदर्शी थियो ऊ। कसरी नपत्याउँ?
दिमाग भारी हुन थाल्यो। लुरुलुरु घरतिर लागेँ।
खाना खाने बेलामा श्रीमतीलाइै विस्तारै भनेँ, 'तिमीलाई एउटा कुरा भनौँ?'
'के कुरा?' श्रीमतीको अनुहारमा आश्चर्य भन्दा पनि आशंका बढी देखियो।
'अहिले लोकमानसिंह कार्की अचानक गायब हुनु भयो नि, उहाँ त सिंहदरवार भित्र लुकेर बस्नु भएको छ रे नि। होला र?' आफैले नपत्याएँ झैँ मैले भनेँ।
'अहँ। यो हुनै सक्दैन।' श्रीमतीले अस्ति दशैँको स्याउ टोक्दै भनी।
मलाई अलिकति सन्तोष भयो। भनेँ, 'हो भन्या, मैले पनि त्यही भन्या हुँ। यो त हुनै सक्दैन।'
श्रीमती बिस्तारै मेरो नजिक आई, 'हजूरले कसैलाई नभनिस्योस् है। लोकमान त यति बेला मेरो अफिसमा लुकेर बस्नु भएको छ। मेरो अफिसमा लुकेर बसेको मान्छे अर्को अफिसमा कसरी भेटिन्छ? यो त हुनै सक्दैन।'
'हाँय्? तिमीलाई कसले भनेको?' आश्चर्यको दोश्रो विष्फोट भयो म भित्र।
श्रीमतीले भनी, 'कसले भन्नु नि, म आफैले देखेकी। अरुले पनि देख्या छ। हामी त डराएर नदेख्या झैँ गरी आएका।'
श्रीमती एउटा अर्ध सरकारी संस्थानमा काम गर्छिन्। उनले पनि आफ्नै आँखाले देखेको भने पछि कसरी नपत्याउने? यसपछि भने दिमाग झनै गरम भयो।
त्यही बेला कोठामा छिमेकी जग्गुको प्रवेश भयो। नाम त उनको जगतलाल हो। तर हामी जग्गु भन्थ्यौँ। उसलाई पनि त्यही मन पर्छ। 'के भयो दाइ? तनावमा हुनुहुन्छ कि क्या हो?' जग्गुलाई मेरो हालतको अन्दाज भएछ क्या र।
भनेँ, 'एउटा कुराले दिमाग खराब गर्यो मेरो। हाम्रो लोकमानसिंह कार्की हुनुहुन्छ नि, उहाँ त अहिले गायब हुनुहुन्छ...'
'गायब? होइन होला।'
'किन? गायबै त हुनु हुन्छ नि।'
'होइन दाइ, हिजो मात्रै मैले लोकमानलाई मेरो बैंकमा लुकेर बसिरहेको देख्या थिएँ। म त नदेखेँ झैँ आइहालेँ।'
'हो र भन्या?'
'हो क्या दाइ हो। मैले आफ्नै आँखाले देखेको।' जग्गुले आँखा ठूलठूलो गरी सुनाए।
अब भने मेरो दिमाग गरम मात्र होइन फुट्ला झैँ हुन थाल्यो। म रन्थनिएँ। के सुन्दैछु म यो? म ठान्दैथिएँ, लोकमान त गायब हुनुहुन्छ। तर यहाँ त लोकमान जताततै भेदिँदै पो छ। के हुँदैछ यो? सरकारी कार्यालय, संस्थान, बैंक सबैतिरका कर्मचारी भनिरहेका छन् लोकमान त हाम्रो अफिसमा हुनुहुन्छ। एउटै लोकमान यति धेरै अफिसमा कसरी पुग्नु भयो? नेपालको सबै कार्यालयहरूमा त आजसम्म लोकतन्त्र पनि पुगेको छैन, लोकमान कसरी पुग्नु भयो?
दिमाग थनथनी भयो, मानौं यो चिया पकाउने हिटर हो। चिसोमा पनि पसिना आउन थाल्यो। हतरपतर बाथरुम छिरेर चिसो पानीले मुख धोएँ। मुख पुग्छ अगाडिको ऐना यसो हेर्छु त त्यहाँ पनि लोकमानै हुनु हुँदो रहेछ।