धर्म, राजनीति र नेपाली कांग्रेस
२८ असार २०७३
•
१७ मिनेट पाठ
धर्म, राजनीति र नेपाली कांग्रेस
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था सुनेपछि ओम अस्पताल गएँ। केही दुविधा थियो अस्पताल जाने कि नजाने भनी। शशांकले राजनीतिक जीवनमा देश र नेपालीका लागि कुनै उल्लेख्य काम गरेको मेरो जानकारीमा छैन। कांग्रेस महामन्त्रीको पदलाई नै 'धन्य' ठानी उनलाई अस्पताल भेट्न र दीर्घायुको कामना गर्न जाने मेरो जाँगर थिएन। तर व्यक्तिगत सम्बन्ध पुरानो र खुला थियो उनीसँग। हाम्रा रुचि पनि केही समान थिए। क्रिकेट हेर्ने, बिपीको साहित्य निर्माणको परिवेश र पृष्ठभूमिमाथि बहस गर्ने अनि देशको बिग्रँदो राजनीतिक अवस्थाप्रति केही सुधार गर्न सकिन्छ कि भनी छलफल गर्ने। यिनै कारणले म ओम अस्पतालको कम्पाउन्ड पुगेँ।

अस्पताल परिसरमा खासै भीड थिएन। केही कांग्रेसजन र धेरैजसो सरकारी मान्छेको भीड देखेँ। नेपालको राजनीतिमा को कतिखेर शक्तिमा पुग्छ भनी हिसाबकिताब गर्ने मानिसकै भीड ओम अस्पतालको परिसरमा धेरै देखेँ। राजधानी यस्तै हुन्छन् भनी फ्रेन्च साहित्यकारहरुले २ सय वर्षअगाडिदेखि नै लेख्दै आएका हुन्। नेपालको राजधानी काठमाडौं कसरी अपवाद हुन सक्थ्यो र!  बिपी पुत्र श्रीहर्ष कोइरालासँग ओम अस्पतालमा केहीबेर कुरा गरेँ। उनले २४ घण्टापछि मात्र केही भन्न सकिन्छ, अहिले मुन्नु अर्थात शशांकको अवस्था 'क्रिटिकल' छ भनेपछि मैले अरुसँग कांग्रेस महामन्त्रीको स्वास्थ्य अवस्था बुझ्न जरुरी ठानिन। त्यहाँ उपस्थित धेरै जनाको कुरा सुन्दा डा. शशांकको जीवन यात्रा सकुशल अगाडि बढ्ने कुरामा संशय थियो। तर २४ घण्टा पनि नबित्दै 'चमत्कार' भयो भनी ओम अस्पतालका डाक्टरहरुले नै भने। म जस्तो चमत्कारलाई नमस्कार नगर्ने मानिसलाई नेपालका डाक्टरहरुको यस्तो भनाइले आश्चर्यमा पार्‍यो।  

केही दिनअगाडि डा. शशांकले नेपाललाई हिन्दु राष्ट्र राख्नुपर्छ भनेर बिबिसीमा अन्तर्वार्ता दिएपछि मेरो उनीसँग फोनमा लामै कुराकानी भएको थियो। म उनका सबै दक्षिणपन्थी विचारसँग पूरै असहमत थिए। कांग्रेस महामन्त्रीको जिम्मेवारी र बिपीको विरासत लिने हो भने त्यस्ता अप्रगतिशील र दक्षिणपन्थी विचारबाट आफूलाई रोक्नु नै वेश होला भनेँ। महाधिवेशनको निर्णय पनि स्मरण गराएँ। तर उनले राजतन्त्र, हिन्दु धर्म, संघीयता जस्ता विषयमा सार्वजनिकरूपमा दिइरहेका अभिव्यक्तिप्रति निष्ठा र निरन्तरता दिने विचार नै प्रकट गरे।

कांग्रेस कार्यकर्ताले शशांकका विचारलाई ग्रहण गरेरै महामन्त्री पदमा आसिन गरेका हुन् कि बिपी पुत्र कांग्रेस पार्टीको चुनावमा हार्नुहुँदैन भनी भावनामा महामन्त्रीको जिम्मेवारी दिएका हुन् बुझ्न गाह्रो छ। मलाई अरुभन्दा पनि बिपी कोइरालाको विरासत अगाडि बढाउने छोराबाट नेपाल हिन्दु राष्ट्र राख्नुपर्छ भन्ने भनाइले आश्चर्यचकित पार्‍यो। यो त पिताजी कृष्णप्रसाद र बिपी परिवारको प्रगतिशील विचारलाई 'फुलस्टोप' लगाएको जस्तो अनुभव भयो। बिपीले २०३६ सालको जनमत संग्रहको समयमा नेपाललाई हिन्दु राष्ट्र राख्नुपर्छ भन्ने कुरा झेलीमात्र हो भनी धर्म र राज्यलाई मिसाउन नहुने मत कैयन् लेख र विचारबाट अभियानका रूपमा अगाडि बढाउनुभएको थियो।

राजनीतिमा धर्म मिसाउँदा जनता र देशले कस्तो सास्ती र वेदना भोग्नुपर्छ भन्ने उदाहरण आज विश्व रंगमंचको राजनीतिमा देखिन्छ। अरवका सबै राष्ट्र अहिले गृहयुद्धको चपेटामा छन्। सबै राष्ट्रमा अरबी भाषा बोलिन्छ अनि इश्लामलाई मुख्य धर्म मानिन्छ। तर पनि त्यहाँ युद्ध छ धर्मकै कारण।  युरोप धर्म युद्धको छायाँमा त्रसित छ। अमेरिकी जनताको सोच र मत इश्लाम विरोधी भावनाले निर्माण हुँदैछ अहिले। आगामी राष्ट्रपतिको निर्वाचनमा इश्लाम धर्मप्रति घृणा गर्ने समूहले 'ह्वाइट हाउस' कब्जा गर्ने सम्भावना बढेर गएको छ। अमेरिकी चुनावी अभियानको सम्भावित परिणामबाट अरव र मुश्लिम जगतमात्र होइन, विश्व त्रसित छ। धर्मबाट राजनीतिमा विजय पाइन्छ भन्ने सोच विकसित गर्दा त्यसको मूल्य मानव सभ्यताको नरसंहारबाट चुकाउनुपर्ने हुन्छ। नेपाल पनि त्यसमा कसरी अपवाद होला र? 

हो, नेपालको सनातन हिन्दु धर्मको 'डायनामिक्स' उपभोगवादी र भौतिकवादी छैन। यसको केन्द्रीय दर्शनमा व्यक्तिको असल आचरणबाट मात्र मोक्ष प्राप्ति गर्न सकिन्छ भन्ने विश्वास गरिएको छ। नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने कांग्रेस नेताहरुको भनाइसँग त्यतिखेर बहस र छलफल गर्न सकिन्छ जब उनीहरु देशको राजनीतिमा बिग्रँदो नैतिक आचरणलाई हिन्दु राष्ट्र निर्माणले मार्गदर्शन गर्न सक्छ भनी अगाडि आउँछन्। यसरी सनातन धर्मको रक्षा गर्न कांग्रेसका प्रभावशाली मानिस अगाडि आएका हुन् भने यसलाई नकारात्मकरूपमा लिनुपर्दैन। तर त्यस्ता पात्रसँग सनातन धर्म के हो र यसको रक्षा कसरी र केका लागि भन्ने ज्ञान कम्तीमा हुनुपर्‍यो। यतिको ज्ञान भएपछि राज्यको धर्म हुनुपर्छ  कि पर्दैन भन्ने ज्ञान स्वतः आफैँ हुन्छ।

राजनीतिलाई धर्मसँग जोड्ने फेसन अहिले विश्वभर छ। अमेरिका, युरोप, मध्यपूर्व, एशिया र अफ्रिकी राजनीति धर्म, रंग र जातबाट अहिले अगाडि बढिरहेको छ। झण्डै नेपालमा पनि अहिले त्यही अनुभव गरिँदैछ।  विश्वभर धर्म र जातिबाट संगठित भई उठेका राजनीतिक आन्दोलनले जनसमर्थन पनि पाइरहेका छन्। खासगरी २१ औँ शताब्दीका युवाहरु नै धार्मिक कट्टरताबाट सामाजिक, आर्थिक र राजनीतिक समस्याको समाधान खोज्न 'क्रेजी' भइरहेको अवस्था छ। यद्यपि ती युवासँग धर्मको ज्ञान न्यून छ तर कट्टरता भने बढी छ।  के नेपाल पनि त्यो अवस्थामा पुगेको हो? के अब नेपालको राजनीति पनि इश्लामको झैं मौलवी, चर्चका पादरीझैँ पशुपतिको भट्ट पुजारीले चलाउन ठीक हुन्छ? 

पश्चिममा विज्ञान र विचारले विजय प्राप्त गर्‍यो र धर्म राज्यबाट पृथक हो भन्ने मान्यता स्थापित भयो केही शताब्दीअगाडि। तर दुर्भाग्य, अहिले नेताहरु असफल भए र तिनका कारण व्यवस्था पनि असफल हुँदैछन्। यस्तो भ्याकुममा धार्मिक कट्टरताले सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक समस्याको सम्बोधन खोजिँदैछ  ती देशमा। काल मार्क्सले 'धर्म अफिम हो' त्यसै भनेका होइनन्। धर्मका नाममा कुनै पनि बेला विज्ञान र विचारमाथि कब्जा गर्न सक्छ भनी उनले बेलैमा सतर्क गराएकामात्र होलान्। 

कुनै धर्म आफैँभित्रको कट्टरताले समाप्त हुन्छ भने कुनै धर्म आफैँभित्रको निष्त्रि्कयताले निभ्छ। इश्लाम धर्म आफैँभित्रको कट्टरता र द्वन्द्वले गर्दा मासिन्छ भनी इतिहासकारहरु अनुमान गर्छन्। यस्तै अनुमान धेरै शताब्दीअगाडि बौद्ध धर्मबारे पनि गरिएको थियो। बौद्ध धर्म आफैँभित्रको अन्तरद्वन्द्व र निष्त्रि्कयताले मृत हुने मानिन्थ्यो । डाँडा र पाखाहरुमा तुल र धूप बालेर बसेको बौद्ध धर्मलाई नेपाल र भारतमा अहिले देख्दा यो सत्य प्रमाणित भएको देखिन्छ। बौद्ध गुम्बाहरुमा सीमित यसको सक्रियता पश्चिमा सेलिवे्रटीहरुका लागिमात्र आकर्षक हुँदै गएको छ। कुनै पनि सभ्यता र धर्म नष्ट गर्नु छ भने त्यहाँ सेलिव्रेटीको आकर्षण होस् भन्ने कामना गर्नु भनी समाजशास्त्री भन्छन्। यस अर्थमा हिन्दु धर्म मासिने धर्म होइन, यसमा सेलिव्रेटीको खासै आकर्षण छैन। अझ सनातन धर्म त धेरै उचाइको छ। 

हिन्दु धर्मलाई सनातन धर्म पनि भनिन्छ। यो धर्मले अन्य धर्मबाट प्रहार खेप्यो र आफैँभित्रको विसंगतिलाई बडो सुस्त गतिमा सुधार पनि गर्दै गयो र अझै एक अरब आफ्ना समर्थक अंगालेर बसेको छ। यो धर्म तलवार वा बन्दुक बोकेर आर्यावर्तबाट कहिले पनि बाहिर जान रुचाएन। आफ्नै भूमिमा पनि यो धर्ममाथि बौद्धमार्गीले, इश्लामले र क्रिश्चियनले आक्रमण गरे तर पनि नष्ट पार्न सकेनन्। किनकि यी प्रतिस्पर्धी धर्मवादी र आततायीहरुको आक्रमणबाट पनि यो धर्म र सभ्यता नष्ट हुन सकेनन्।  यत्रो विपरित समय र परिस्थितिमा पनि जुधेर अगाडि बढेको हिन्दु धर्म बुझ्ने सामर्थ्य भएको भए नेपाली कांग्रेसका नेताहरुले हामी जोगाउँछौं भनी कराइरहनु पर्दैनथ्यो।

भारतबाट आश्रवस्थलको खोजीमा आएको हिन्दु धर्मले नेपालको पहाड र कन्दरामा आफ्नो नयाँ स्वरूप र चरित्र विकसित गर्न सक्यो। उदार, खुला र लोकतान्त्रिक चरित्र भयो नेपालमा हिन्दु धर्मको। बिपीले नेपाली जनतालाई यही बुझाउन नेपाल हिन्दु राष्ट्र भन्नु झेलीमात्र हो भन्नुभयो। एकथरीलाई लाग्न सक्छ, नेपालको राजनीति नैतिकरूपले धेरै नै तल झर्‍यो तसर्थ धार्मिक राज्य हुँदा नैतिकरूपले देशलाई माथि उठाउन सकिन्छ भन्ने। यस्तो दृष्टिकोण राख्नेलाई अन्यथा भन्न मिल्दैन तर भन्ने पात्र कस्ता छन् भनी समाजमा सहज प्रश्न उठ्न सक्छ। यस अर्थमा हिन्दु धर्मलाई यसका विरोधी भन्दा पनि कट्टर समर्थकहरुबाट भविष्यमा खतरा आउन सक्छ।

नेपाली समाज सांस्कृतिक र नैतिक दृष्टिकोणले 'कोलाप्स' को अवस्थामा छ। यो सत्य कुरा हो। यसको कारण नेपाली राजनीति हो। समाजको सांस्कृतिक र नैतिक अवस्था माथि उठाउन सनातन धर्म राजधर्म हुनुपर्छ भन्ने पवित्र सोचलाई त्यस अर्थमा खराब भन्न सकिन्न। राजनीतिकरूपले नयाँ ढंगको नैतिक राज्य नेपालमा कसरी निर्माण गर्ने? यो चिन्तन र बहसको विषय हुनसक्छ। अर्को अर्थमा नेपालको राजनीतिमा नैतिकताको अंश केही भए पनि कसरी स्थापित गराउने? के त्यो बाटो धर्मराज्यबाट मात्र सम्भव हो?

हिन्दु धर्मले व्यक्तिलाई महत्व दिँदैन। व्यक्तिको कर्म हिसाबकिताब गर्छ। असल कर्म गर अनि जन्म र मृत्युको चक्रबाट मोक्ष प्राप्त गर्नेछौ भन्छ। संसार मायाँ हो।  यहाँ दुःख छ, यसबाट मुक्ति पाउन आफ्नो आत्मालाई परमात्मासँग जोड्ने कर्म गर, यही हो सनातन हिन्दु धर्म भन्छ।। मनुष्यको एकमात्र ध्येय मोक्ष प्राप्त गर्नु हो भनी सनातन हिन्दु धर्मले किटान गरेको छ। अब हिन्दु धर्मका नेपाली अनुयायीहरुसँग माथिका विचार कत्तिको मिल्छ? अझ नेपालको संसद्मा सुविधा र भोगमाथि सांसदहरुको जुन गिद्धे दृष्टि छ त्यसलाई रोक्न यी हिन्दु राष्ट्र हुनुपर्छ भन्नेहरुले के अभियान चलाए?

सनातन हिन्दु धर्म भन्छ, प्रत्येक व्यक्तिभित्र परमात्माको अंश हुन्छ। जो न कहिले मर्छ न नास हुन्छ जसलाई हामी आत्मा भन्छौँ। आत्मा प्रकृतिसँग अर्थात मायाँसँग मिल्छ र जीवन–मृत्युको चक्रमा निरन्तर फस्छ। यही फसेको आत्मालाई परमात्मासँग जोड्ने माध्यम असल कर्म हो, योग हो। आत्मा तबसम्म प्रकृतिमा कष्ट र यातना पाइरहन्छ जबसम्म मोक्ष प्राप्त गर्दैन। प्रकृति अर्थात मायाँबाट मुक्त हुन असल कर्म गर्नुपर्छ। नेपाल हिन्दु राष्ट्र बन्छ यदि यसका अभियन्ता मायाँ र भोगबाट मुक्त भई राजनीतिमा असल कर्म गर्न थाल्छन् भने। यही हो हिन्दु धर्मको केन्द्रीय दर्शन। हिन्दु धर्मका अनेकन् भगवानका इमेज, पूजापाठ, कर्मकाण्ड, यज्ञ र उपासना सबै यही केन्द्रीय दर्शनबाट निर्देशित छ। 

अब नेपालका राजनीतिज्ञहरुले सनातन हिन्दु धर्मको रक्षा गर्न पनि असल कर्म गर्नुबाहेक अरु के विकल्प छ? सनातन हिन्दु धर्मको वैचारिक यात्रालाई दूषित र कुण्ठित होइन, शुद्ध र पवित्र पार्ने कर्म नेताहरुबाट होस्, अझ खासगरी नयाँ जीवन पाएका कांग्रेस महामन्त्रीले नै त्यसको अभियान सुरु गरुन्, नेपाली समाज धन्य हुनेछ। 
अर्को समाचार
अब त अति भयो!
१० चैत्र २०७१
•
६ मिनेट पाठ
अब त अति भयो!
नेपाली जनताले नेताप्रति ठूलो विश्वास गरे, त्यो विश्वास दिन/प्रतिदिन घातक भएर आइरहेको छ। माओवादीले क्षणिक फाइदाका लागि राजनीति गर्‍यो। कांग्रेस र एमाले जनताको भावनाभन्दा बाहिर गएर गणतन्त्र, धर्म निरपेक्षता, संघीयता जस्ता कुरामा सहमति गर्न पुगे जुन कुरा जनचाहनाअनुरूपको हिजो पनि थिएन र आज पनि छैन। साँच्चै ती कुरालाई लिएर जनमत संग्रहमा जाने हो भने ती कुनै पनि जनताबाट स्वीकार्य नहुने निश्चित छ।जनताको भावना एकातिर, नेताको चाहना अर्कोतिर भएका कारण पनि यो अवस्था आएको हो। जनताको धारणा देशको वस्तुस्थितिलाई हेरेर बनेको भए पनि नेताको धारणा विदशी शक्तिकेन्द्र हेरेर बन्ने गरेको छ। जनता आफूले दशकौंदेखि भोग्दै र बेहोर्दै आएका रोग, भोक र अशिक्षा जस्ता कुराका विरुद्ध राजनीतिक दल र तिनका नेता लडून् भन्ने चाहेका छन् तर नेताहरुलाई त्यसको मतलव छैन।
सतहीरूपमा हेर्दा जनताको पक्षमा लडेजस्तो देखिए पनि भित्रीरूपमा कतिवटा संघीयता बनाउँदा आफ्नो राजनीतिक भविश्य सुरक्षित हुने, स्वास्नी, छोरा, भाइबैनी, सालासालीलाई कसरी मन्त्री बनाउने, सात पुस्तालाई पुग्ने गरी सम्पत्ति कसरी जोड्ने भन्ने मानसिकताले काम गरिरहेको छ। नेपाली जनता कोही अरबका खाडीमा मरेका छन्, देशभित्र रहेकाहरु पनि कोही खान नपाएर, कोही रोग लाग्दा समान्य सिटामोल नपाएर मरेका छन्। ती कुरा राजनीतिक दल र तिनका नेताका लागि कहिल्यै प्राथमिकताको विषय बन्न सकेन्। क्यान्सरको रोगले मरेकी आफ्नी छोरीको लाश हेर्दै आर्यघाटमा रोएका प्रचण्ड जनाताका छोराछोरी मर्दा र मार्दा कहिल्यै दुःखी भएनन्। उनीमात्र होइन सबै दलका सबै नेतालाई त्यसले कहिल्यै छोएन। त्यसैले त पटक पटक आन्दोलन भयो, व्यवस्था फेरियो तर जनताको जीवन फेरिएन।
नेपाली जनता नेताको व्यवहार, बोली र आचरण देखेर हैरान परेका छन्। गणतन्त्र आएपछि ४ जना नेताले दशेको ठेक्का लिएर हिँडेका छन्। तिनले कतिबेला कुन तालमा के कुरा बोल्छन त्यसको मार नेपाली जनताले भोग्नुपरेको छ। योभन्दा दुर्भाग्य अरु के हुन सक्छ? ती चार जना नेता पनि अरु कुनै ग्रहबाट आएका होइनन्, यही समाजका उपज भएको हँुदा जसरी अरु नेपाली विदेशका खाडीमा काम गर्न गएका छन् त्योभन्दा बढी हैसियत यिनको छैन भन्ने कुरा व्यवहारबाट पुष्टि भइसकेको छ। यद्यपि तिनै नेतामाथि भरोसा राखेर देश र जनताबारे तिमीहरु नै मिलेर निर्णय गर भनेर त्यत्रो जिम्मेवारी पाउँदा पनि १२ बुँदेको विरुद्धमा भयो, तराई आन्दोलनको विरुद्धमा भयो भनेर कसलाई भनेका? १० वटा प्रदेश बनाउँदा १२ बुँदे सम्झौताअनुसार हुने, ६ वटा बनाउँदा नहुने भन्नुको तर्क के?
देशमा अहिले राज्य सञ्चालनका कुनै पनि अंगले काम गरेका छैनन्। राज्य प्रमुख स्वयम् देशमा भ्रष्टाचार बढ्यो भन्दै चिन्ता गरेको नाटक गर्छन्। जताजतै अस्तब्यस्त छ। लुटेर खानेहरुलाई समय समयमा हुने राजनीतिक परिवर्तन स्वर्णकाल बन्दै आएको छ तर राज्यले जनतालाई सेवा दिने कुरामा संक्रमणकालमा छ भन्दै झुक्याउने गरेका छन्। संक्रमणकाल भन्ने कुरा निश्चित समयभित्र आफैँ टुंगिन्छ। सकेसम्म त्यस्तो संक्रमणलाई छिटै हटाउने भनेर दलहरु लागेका हुन्छन् र सके हटाउँछन नसके निश्चित समयपछि आफँै हटेर जान्छ। यो संक्रमणकालको नियम नै हो। तर नेपाल र नेपालीको हकमा त्यस्तो संक्रमणकाल दशकौं होइन, शताब्दियौंसम्म रह्यो। देशमा संक्रमणकाल होइन, संक्रमितकाल बनाउने काममा प्रतिस्पर्धा चल्यो। जसरी सिकारु डाक्टरसँग बिरामी भएर जाँदा यो औषधी खाएर हेर्नूस् भनेर पठाउँछन र त्यो बिरामीलाई प्रयोगशाला बनाउँछन् आज नेपाल त्यस्तै भएको छ। नेपाललाई संक्रमित बनाउने काममा भारत, चीन, युरोपेली युनियन, अमेरिकालगायतका थुप्रै शक्ति लागेका छन्। संक्रमित हुने भाइरस बोक्ने कामचाहिँ जनताले विश्वास गरेका नेताले गरेका छन्। पाएसम्म भाग पनि खाँदै हिँड्ने अनि फेरि आन्दोलन र क्रान्तिको धम्की पनि दिने? त्यो धम्की कसलाई– जनतालाई? होइन भने गणतन्त्र आएकै छ, धर्म निरपेक्ष भएकै छ, संघीयतामा जाने भनेकै छ भने अब सतहमा नदेखिएको खोस्न र गर्न बाँकी रहेको काम के हो? त्यो सब भाइरसकै संकेत होइन  र?
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस