आर्थिक वर्षको अन्त्यमा
२७ असार २०७३
•
१३ मिनेट पाठ
आर्थिक वर्षको अन्त्यमा
आर्थिक वर्ष २०७२/०७३ समाप्त हुनै लागेको छ। अचेल सरकारी कर्मचारी, बैंकर मात्र नभई सबै व्यापारी पूर्णरुपमा व्यस्त छन्। कसैलाई बोल्नेसमेत फुर्सद छैन। वर्षभर घुमफिर गर्दै रहेका सरकारी हाकिम आफ्ना–आफ्ना कार्यालयमा फिर्ता आएका मात्रै हैन दिनभर हिसाब मिलानमा व्यस्त देखिन्छन्। बैंकका कर्मचारी त सबैजसो ऋणको भाका नाघेको साँवा र बाँकी ब्याज उठाउन व्यस्त देखिन्छन्। व्यापारीको त झन् कुरै भएन। कतै रोपाईंको असार लागेको छ त कतै आर्थिक मसान्तको असार!

समग्रमा नेपालीका लागि यो सकिनै लागेको आर्थिक वर्ष कस्तो रह्यो त? भूकम्पको अनुकम्पनसँगै आर्थिक वर्ष सुरु भयो। आर्थिक वर्षको सुरुमा जता गए पनि ढलेका घर, मन्दिर, पाटीपौवा देखिन्थे। ढलेकाले भन्दा बढी पीडा टेको लगाएर राखेका घरले दिने बेलामा आर्थिक वर्ष सुरु भयो। वर्षभरि सरकारले भूकम्पपीडितका लागि केही गरेन। प्राधिकरणको गठन र यसका मुखियाको चयनमा समेत राजनीतिकरण गरेर पार्टीहरुले आफ्नो अकर्मण्यता प्रकट गरे। सरकारको यही अकर्मण्यताका कारण अघिल्लो वर्षा र जाडो मात्र नभई चालु वर्षासमेत पीडितले आकाशलाई छानो बनाउन बाध्य भए। कति विदेशिए कति बसाइँ सरे, त्यसको लेखाजोखा छैन। दिने भनिएको पैसा पनि पीडितको सानो समूहले पनि नपाएको समाचार एकातिर आइरहेको छ भने अर्कोतिर भाउ बढेका कारणले एक वर्षअघि निर्णय गरिएको रकमले कसैको घर नबन्ने पक्का छ। अब त ओली सरकारको आडमा नक्कली पीडितको जगजगीले स्थितिलाई भयावह बनाएको छ। यही सरकार र यही कार्यशैलीमा नेपालका भूकम्पपीडित गरिबको सरकारी सहयोगमा अब कहिल्यै घर बन्ने छैन। अब त पीडित क्षेत्रमा जाँदा देखिने भत्केका खण्डहर र टेको लगाइएका घरले कुनै दिन नेपालमा सरकार विहीनताको अवस्था दर्शाउँदै पर्यटकीय क्षेत्र बन्यो भने अचम्म नमाने हुन्छ।

भूकम्पलगत्तै अमानवीय र क्रुर भारतीय नाकाबन्दी सुरु भयो। कालोबजारी र उनीहरुका समर्थकहरुको स्वर्णीम कालले सामान्य जनतालाई थिलोथिलो बनायो। नाकाबन्दीलेे आर्थिक विकासको जग भूकम्पले जसरी नै हल्लाउने काम गर्‍यो। सरकार कालोबजारीमा रमायो। नाकाबन्दीको असर कम गर्न सरकाले सिन्कोसमेत भाँच्ने काम गरेन। त्यसको असर कति र के पर्‍यो भन्ने लेखाजोखासमेत सरकारले गरेन। बरु सरकार भारतीय नाकाबन्दीका कारणले राष्ट्रियता बलियो भयो भनेर मख्ख पर्‍यो, जुन शतप्रतिशत गलत थियो र छ।

जसरी बिनाकारण नाकाबन्दी सुरु भएको थियो त्यसैगरी सकियो पनि। जनताले अहिलेसम्म बु‰न सकेका छैनन् नाकाबन्दी किन, कसको र के स्वार्थका लागि लाग्यो र केका लागि हट्यो? त्यसबाट कसको के उद्देश्य पूरा भयो, यो कसैले बुझेनन्। अझ नाकाबन्दीकै बीचमा सरकार परिवर्तनसँगै नेपालीको दुःखका दिन पीडाका दिनमा परिवर्तित भयो। भूकम्प र नाकाबन्दीको पीडामा सरकारले दिन प्रतिदिन नुनचुक छर्ने काम गर्‍यो। जनता दिन प्रतिदिन गरिब हुँदै गए। कालाबजारी मोटाउँदै गए। सरकार कालोबजारीको संरक्षणमा लाग्यो।

देशमा सरकारले समयका आधारमा तीन वटा लक्ष्य लिएर काम गर्छ। तत्कालीन, मध्यकालीन र दीर्घकालीन। तत्कालीन काममा जनताका दैनिक आवश्यकता पूरा गर्ने, आपतविपदमा सहयोगी बन्ने जस्ता काम हुन्छन् भने कतिपय नीति, उद्योगधन्दा व्यापार आदि मध्यकालीन लक्ष्य हुन्छन्। दीर्घकालीन कार्यअन्तर्गत अन्तर्राष्ट्रिय सन्धि–सम्झौता, विद्युत आदिको विकास पर्छन्। सरकार तीन वटै कुरामा पछाडि पर्‍यो। बरु उपल्ला पदमा बस्नेहरुले हुनै नसक्ने सपना बाँडेर जग हँसाउने काम गरे। सरकारको तर्फबाट सिन्को भाँच्ने काम भएन। कहिले पानीजहाज त कहिले हावाका बिजुली भनेर जनता झुक्याउने र हँसाउने काम भयो। उत्तर तर्फको नाकाका कुराले पत्रिकाका पाना भरिए तर ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भयो। सरकारमा बसेका जिम्मेवार मानिसले यथार्थ नबुझी गरेका टिप्पणीले विश्वसामु नेपालीको इज्जतमा नराम्रो धक्का पुग्यो। यो आर्थिक वर्षमा नगरिएका कामका कारणले अब फेरि नेपालीहरु आर्थिक रुपमा अझै आधा शताब्दी पछाडि धकेलिएका छन्। अब फेरि लोडसेडिङ बढ्ने छ, भएका केही उद्योग धन्दाहरु ध्माधम बन्द हुनेछन्। परिणाम, पढेकाहरु अमेरिका, बेलायत अस्ट्रेलिया जानेछन् भने नपढेकाहरु खाडी मुलुक।

देशमा उद्योग धन्दा बढेनन्। चरम कम्युनिजममा चलेको हाम्रो मुलुक स्वदेशी र विदेशी लगानीकर्ताको रोजाइको क्षेत्र हुनसक्ने स्थिति नै रहेन। भएका कतिपय उद्योगधन्दा बन्द भए। जसले बेरोजगारीको समस्या अझै बढ्यो। देशमा रोजगारीको अवसर नभएपछि कामदारका रुपमा विदेश जानेको क्रम रोकिएन। मर्जरका कारणले बैैंक तथा वित्तीय संस्थाले पनि यो वर्ष थप रोजगारीको सिर्जना गर्न सकेनन्। लामो समयसम्मको नाकाबन्दीले सामान्य जीविकाका लागि व्यापार गर्नेको व्यापार धराशायी भयो। उत्तर तर्फका नाका भूकम्पका कारण बन्द भएका र दक्षिण तर्फका नाका नाकाबन्दीले बन्द हुँदा व्यापारीहरुले धेरै घाटा बेहोरे।

सेयर बजार उकालो लाग्यो, लाग्ने क्रम जारी नै छ र अझ माथि जाने सम्भावना छ। सेयर सूचकांक नेप्से करिब दुई हजारको हाराहारीमा पुग्न अब धेरै समय लाग्दैन। सेयर बजार उकालो लाग्नुको एउटै कारण बैंक र बीमा कम्पनीका सेयर रहे। यी दुवै किसिमका कम्पनीको बोनस र अग्राधिकार सेयरका कारण बजार उकालो लाग्यो। साथै, सबै उद्योग धन्दा डुबे पनि बैंकको नाफा सधैँ बढ्ने अनौठो अर्थतन्त्रले नेपालमा यो वर्ष पनि काम गर्‍यो। बैंकको नाफामा कुनै कमी आएको छैन र निकट भविष्यमा आउने पनि देखिन्न। यो वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको सेयर बजारको भविष्य निर्धारण गर्नेछ तर सुरुदेखि नै सेयर बजारप्रति सकारात्मक नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नरका कारण सेयर बजारमा नकारात्मक प्रभाव पर्ने कुनै काम नहुनेमा सबै ढुक्क भए हुन्छ। तसर्थ पनि हामीले आगामी छ महिनाभित्र करिब दुई हजार र आगामी आर्थिक वर्षको अन्त्यसम्ममा त्यो सूचकांक करिब दुई हजार तीन सयको हाराहारीमा देख्न पाइन्छ।

यो अवधिमा सहकारीको कारोबार धेरै बढ्यो। देशको कुल निक्षेपको झण्डै १५ प्रतिशत हिस्सा ओगटेको यो क्षेत्र अति नै कमजोर छ। शिक्षा, नीति र कारोबारको आधारमा तुलना गर्दा अब यो क्षेत्र हरेक दिन जोखिममा रहेको निष्कर्ष निकाल्न सकिन्छ। जति सहकारीको कारोबार बढेको छ, त्यति नै जोखिम पनि बढेको छ। सक्रिय नियमनकारी निकायको अभाव र चरम राजनीतिकरणले यो क्षेत्र कुनै दिन धरासायी हुन सक्ने खतरा हरेक दिन बढ्दो छ। न त यो क्षेत्रमा लागेका सहकारीकर्मी न त नेता र न सरकारी संयन्त्र नै यसलाई छुट्टै आर्थिक क्षेत्र मान्न तयार छ। राजनीतिक पार्टीहरु यो क्षेत्रलाई आर्थिक क्षेत्रभन्दा भोट बैंकको क्षेत्रको रुपमा हेर्छन्। सहकारीकर्मीहरु आफ्नो घरको किराना पसलको रुपमा लिन्छन्। यसरी दुवै पक्षको स्वार्थ मिलेका कारण यो क्षेत्रको लगानी हरेक दिन डरलाग्दो हुँदैछ।

भूकम्पपछि केही घटेको घरजग्गाको भाउ नाकाबन्दीपछि बढ्यो। काठमाडौं उपत्यका, चितवन र बुटवलजस्ता क्षेत्रमा त जग्गाको भाउ एक वर्ष अघिको तुलनामा झण्डै दोब्बर भएको छ भने अन्य साना क्षेत्रमा पनि बढ्ने क्रम जारी छ। यो क्रम आगामी दिनमा पनि रोकिने सम्भावना छैन। बजारमा उचित लगानीको वातावरण नहुँदा मानिस जग्गामा लगानी गर्छ। अहिले पनि भएको त्यही हो। पैसा त्यत्तिकै थन्क्याउनुभन्दा जग्गामा राख्दा सुरक्षित हुने कारण यो क्षेत्र मौलाएको हो। तर अब यो क्षेत्रको भाउ बढी भइसकेको अनुमान लगाउन सकिन्छ। नेपालको जग्गाको भाउको विगततर्फ हेर्दा हरेक १० वर्षमा यसरी नै बढ्ने र यो क्रम करिब डेढ वर्षसम्म कायम हुने गर्छ। यो बढ्न सुरु भएको करिब ६ महिना भएकाले र विगतलाई नै मान्ने हो भने अर्को एक वर्ष यो भाउ बढ्ने अनुमान छ। त्यसपछि कतै भाउ कम हुन्छ त कतै कारोबार। बैंकहरुको पूँजी वृद्धिसँगै अब त्यो क्षेत्रमा जाने कर्जाको रकम पनि बढेकाले पनि यो क्षेत्रको भाउ बढेको हो।

ब्याजदर वर्षभरि नै कम रह्यो। तरलता वर्षभरि नै बढी। यसले पनि अर्थतन्त्र चलायमान भएको देखाउँछ। सरकारको अरबौं रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा हुनु र बैंकको तरलता अत्यधिक हुँदा अर्को वर्ष ब्याज दरमा चाप पर्ने देखिन्छ।

राजनैतिक रुपमा देशले यो आर्थिक वर्षमा संविधान पायो। संविधानपछि आएका समस्या भने जस्ताको त्यस्तै छन्। संघीयताको कार्यान्वयनदेखि मधेस समस्याको समाधान नभएसम्म संविधान पूरा नहुने पक्का छ तर वर्तमान प्रधानमन्त्री यी दुवै कुरा कुनै हालतमा नगर्ने मुडमा देखिन्छन्। तसर्थ पनि आगामी आर्थिक वर्ष पनि नेपालका लागि चुनौतीपूर्ण नै हुनेछ।
अर्को समाचार
जथाभावी खर्चले रित्तीयो सरकारी ढुकुटी
०६ साउन २०७५
•
५ मिनेट पाठ
जथाभावी खर्चले रित्तीयो सरकारी ढुकुटी
काठमाडौ– गएको जेठ असारमा जथाभावी रूपमा गरिएको खर्चले अहिले सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको छ। अर्थमन्त्रालयका अधिकारीहरूका अनुसार सरकारी खातामा अघिल्लो आर्थिक वर्षको एक पैसा पनि बचत छैन।  आर्थिक वर्षको अन्त्यमा भएको सरकारकोे यस्तो वेथितिले गम्भीर परिस्थिति उत्पन्न हुने निश्चित छ। चालु आवको पहिलो महिनाबाटै आन्तरिक ऋणबाट काम चलाउनुपर्ने अवस्था आएको छ। सरकारले आन्तरिक ऋणमा चाप बढाउँदा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी क्षमतामा असर पर्ने र अर्थमन्त्रालयका विज्ञ अधिकारी बताउँछन्।

सरकारले गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै पूँजीगत बजेटको ३३ प्रतिशत रकम सिध्याएको थियो। विकास निर्माणका लागि छुट्याइएको ३ खर्ब ३५ अर्ब रुपैयाँमध्ये गत असारमा मात्रै १ खर्ब १० अर्ब रुपैयाँ निकासा गरिएको थियो जसमध्ये अन्तिम दिन मात्रै २७ अर्ब रुपैयाँ निकासा भएको थियो।

राज्यकोष खाली भएको अवस्थामा शशर्त अनुदान अन्तर्गत प्रदेश सरकारका लागि  ७८ अर्ब ६६ करोड र स्थानीय निकायहरूका लागि ५७ अर्ब ६६ करोड रुपैयाँ तत्काल भुक्तान गर्नुपर्ने दवाव सरकारलाई छ। त्यस्तैगरी समपूरक अनुदानअन्तर्गत साउन २५ भित्र स्थानीय निकायलाई ४५ अर्ब १६ करोड र प्रदेशका लागि १६ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने दबाब पनि छ।

अर्थ सचिव राजन खनालले सरकारी ढुकुटी रित्तिएको स्वीकार गरे। यस्तो अवस्थामा सरकारले दैनिक संकलित राजश्व र राष्ट्र बैंकबाट ओभर ड्राफ्ट कर्जा लिएर दैनिक कार्य सञ्चालन हुने उनले बताए।

सरकारी मौज्दाद शून्यको अवस्था हुनु अस्वाभाविक रहेको अर्थविद केशव आचार्यको टिप्पणी छ। ‘यो भनेको भइपरि आउने आपतकालीन भुक्तानीका लागि समेत सरकार असमर्थ रहेको अवस्था हो,’ उनले भने, ‘हचुवाका भरमा २७ अर्ब रुपैयाँ एकै दिन खर्च गर्नु अत्यन्तै नराम्रो हो वित्तीय व्यवस्थापनका द्रिष्टिकोणबाट। यो सरकारको गैर जिम्मेवारीपन हो।’

राज्यकोष खाली भएको अवस्थामा शशर्त अनुदान अन्तर्गत प्रदेश सरकारका लागि ७८ अर्ब ६६ करोड र स्थानीय निकायहरूका लागि ५७ अर्ब ६६ करोड रुपैयाँ तत्काल भुक्तान गर्नुपर्ने दबाब सरकारलाई छ। त्यस्तैगरी समपूरक अनुदान अन्तर्गत साउन २५ भित्र स्थानीय निकायलाई ४५ अर्ब १६ करोड र प्रदेशका लागि १६ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने दबाब पनि छ। ‘सरकारसँग जति सक्दो छिटो आन्तरिक ऋण लिनु बाहेक कुनै विकल्प छैन’ अर्थका एक अधिकारीले भने।

राजश्व स्वरुप साउन भरमा करिब २३ अर्ब रुपैयाँ मात्र सरकारलाई प्राप्त हुने देखिन्छ। विभिन्न अनुदान र दैनिक कार्यसञ्चालनका लागि यो रकम अत्यन्तै न्यून हो। अर्थ सचिव खनालले भने सकारले तत्काल आन्तरिक ऋण नउठाउने दाबी गर्छन्। अर्थविद आचार्य बैंक सापटी लिन पनि अहिले त्यति सहज नभएको बताउँछन्।

पूर्व अर्थसचिव शान्तराज सुवेदीले आन्तरिक ऋण लिनु नै अन्तिम विकल्प रहेको बताउँछन्। सुवेदीका अनुसार ओभरड्राफ्ट कर्जा संकटको अवस्थामा मात्र प्रयोग गरिन्छ । उनले सरकारले कुनै एक आर्थिक वर्षमा संकलित रकम सोही आर्थिक बर्षमै सक्ने प्रचलन सामान्य भएको दाबी गरे।

बजेट कार्यान्वयनबारे काठमाडौंमा आयोजित एक अन्तरक्रियामा अर्थ सचिव खनालले मध्यपहाडी लोकमार्ग र धरान चतरा सडकका लागि अतिरिक्त भुक्तानी र भूकम्पपीडितको अवासका लागि ३४ अर्ब रुपैयाँ एकै पटक निकासा गरिएकाले अन्तिम समयमा ठूलो परिमाणको भुक्तानी देखिएको प्रष्टीकरण पेश गरेका थिए। सरकारी अधिकारी र अर्थविद्का अनुसार सरकार तत्काल आन्तरिक ऋण लिन बाध्य हुँदैछ। जथाभावी खर्च गर्ने परम्पराकै कारण गत आर्थिक वर्षमा सरकार ४८ अर्ब रुपैयाँ घाटामा रहेको देखिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस