सन् २०१४ मा फिलिपिन्समा ठूलो आँधीबेहरी आयो। धेरै मान्छे मारिए। त्यतिबेला कुल गार्हस्थ्य उत्पादनको एक प्रतिशत बराबर आर्थिक क्षति पुगेको हिसाब निकालिएको थियो। वर्षको अन्त्यमा फिलिपिन्सले ६ प्रतिशत आर्थिक वृद्धि दर हासिल गरेको तथ्यांक सार्वजनिक भयो। यो वृद्धि दर एसियामा चीनपछिकै सबभन्दा उच्च थियो।सन् २००८ मा चीन, सिचुआन प्रान्तको केन्द्र चेंगदुमा ८ रेक्टर स्केलको भूकम्प गयो। पहाड उपत्यकामा परिणत भए, सहर फोहोर र धुलोका थुप्रा भए, बाँध चिरिए, पुल टुक्रिए। ८० हजार मान्छे मारिए, डेढ करोड भूकम्पबाट प्रभावित भए। सय अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान त्यतिबेला गरिएको थियो। भूकम्पपछि सरकारले पुनः निर्माणमा ठूलो लगानी गरेकाले मुलुककै कुल आर्थिक वृद्धि दरमा थप ०.३ प्रतिशत योगदान भएको आँकडा निकालियो।
सन् १९९५ मा भूकम्पले जापानको कोबेलाई क्षतविक्षत बनायो। त्यतिबेला २०० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी भएको हिसाब गरिएको थियो। उक्त वर्षको अन्त्यमा कोबेको आर्थिक वृद्धि दर १.४ प्रतिशत रह्यो। अघिल्लो वर्ष त्यस्तो वृद्धि दर ०.६ प्रतिशतमात्र थियो।
प्राकृतिक विपत्तिपछिको आर्थिक वृद्धिका बारेमा थोरै अध्ययन भएका छन्। जति अध्ययन भएका छन् ती आलोचनामुक्त छैनन्। मानवीय संवेदनासँग जोडिएको विषय भएकाले तीव्र आलोचनाको शिकार भइने विषयमा अध्ययन/अनुसन्धान गर्ने कष्ट नगरिएको पनि हुन सक्छ।
अमेरिककाको अलास्कामा १९६४ मा गएको भूकम्पलाई आधार बनाई इन्स्टिच्युट अफ डिफेन्स एनालिसिसका अनुसन्धाताद्वय डगलस डासी र होवार्ड कुनरेथरले ‘द इकोनोमिक्स अफ नेचुरल डिज्यास्टर्स' सार्वजनिक गरेका थिए। भूकम्प अघि र पछिको आर्थिक स्थितिको विश्लेषण गर्दै अलास्काको अवस्थामा उल्लेख्य सुधार आएको निष्कर्ष निकालिएकाले अलास्काबासीको गालीले भरिएका थुप्रै पत्र अनुसन्धानकर्ताले पाएका थिए।
चीन, जापान, मेक्सिको, फिलिपिन्स पटकपटक प्राकृतिक विपत्तिको शिकार हुने मुलुक हुन्। सात महादेशमध्ये एसिया प्राकृतिक विपत्तिबाट सबैभन्दा बढी पीडित छ। पछिल्लो एक दशकमा आएका ठूला विपत्तिमध्ये ३६ प्रतिशत घटना एसियामा भएका छन्। आर्थिक क्षतिको हिसाब गर्दा उक्त अवधिमा भएको कुल क्षतिको ७० प्रतिशत एसियाले बेहोरेको छ। तापनि एसिया आर्थिक समृद्धितर्फ लम्किरहेको छ।
ध्वंसपछिको निर्माणलाई अर्थशास्त्री जोसेफ सुम्पिटरले ‘क्यापिटालिस्ट क्रियटिभ डिस्ट्रक्सन' को संज्ञा दिएका हुन्। यद्यपि सुम्पिटरले प्राकृतिक विपत्तिले ल्याउने ध्वंसलाई मात्र संकेत गर्न खोजेका होइनन्। उनको रचनात्मक ध्वंसको परिभाषाभित्र आर्थिक, राजनीतिक र सामाजिक आयाम पनि पर्छन्। अहिले हाम्रो सन्दर्भमा मिति पुगेका संरचना, असान्दर्भिक भइसकेका प्रविधि पन्छाउँदै नयाँ शिराबाट सुरु गर्ने मौका यस्ता विपत्ले दिएको छ। व्यवस्थित बस्ती हामी सबै चाहन्छौं तर त्यसलाई कार्यान्वयन गर्न सकिएको छैन। ग्रामीण भेगको छरपस्ट बस्ती र सहरको कोचाकोचले सार्वजनिक सेवा प्रवाहलाई अप्ठेरो पारेको थियो नै, उद्धार तथा राहतलाई पनि प्रभावकारी हुन दिएन।
ध्वंस र त्यसपछिको निर्माणबाट प्राप्त आर्थिक वृद्धिको कुनै तुक नहुने तर्क गर्नेहरु पनि थुप्रै छन्। भएको सम्पत्ति नाश गरेर कुनै पनि समाज धनी हुन नसक्ने भनाइ उनीहरुको छ। ‘त्यस्तो उत्पादनशील स्रोत र साधनलाई अन्तै लगाएर पनि आर्थिक वृद्धि हासिल गर्न सकिन्छ नि! किन ध्वंस चाहियो? किन पुनर्निर्माण गर्नुपर्योप?' उनीहरुको प्रश्न हुने गर्छ। विध्वंसपछि निर्माणले अन्य क्षेत्रको स्रोत खिच्छ। स्रोतहरुको नाश गरेर समाज धनी बन्न सक्दैन– उनीहरु भन्छन्।
प्राकृतिक विपत्ति हाम्रो रोजाईको विषय होइन। नचाहेरै पनि भूकम्प, बाढी, पहिरो, आँधीबेहरीको सामना हामीले गर्नुपर्छ। परिवार तथा आफन्त गुमाउन हामी बाध्य हुन्छौं। सम्पत्तिको नाश पनि बेहोर्नै पर्छ। छुटि्टएर जाने प्रियजनको क्षति पूर्ति हुन सक्दैन। भौतिक सम्पत्तिको पुनः रचना भने हुन सक्छ। भौतिक सम्पत्तिको सिर्जनाका दृष्टिले प्राकृतिक विपत्ति कहिलेकाहीँ नमीठो वरदान सावित हुन सक्ने केही उदाहरण माथि नै उल्लेख गरिसकियो। भूकम्पपछि स्वाभाविकरूपमा आउने समाचार, विश्लेषणहरु मृत्यु, घाइते, भौतिक क्षतिमा केन्द्रित हुन्छन्। हामी प्राकृतिक विपत्तिले क्षतिमात्रै पुराउँछ भन्ने निष्कर्षमा पुग्छौं। कुनै पनि प्राकृतिक विपत्तिको त्रासदीबाट मुक्त हुन समय लाग्छ। विपत्तिले समृद्धि पनि ल्याउँछ भन्ने पत्याउन गाह्रो पर्छ।
मुलुक विकसित हुँदो हो त पुनर्निर्माणका लागि बिमाबाटै धेरै रकम आउँछ। जापान यसको राम्रो उदाहरण हो। जापानमा बारम्बार भुइँचालोले क्षति पुर्या उँछ र बिमाबाट आएको पैसाले त्यसको पूर्ति हुने गर्छ। प्राकृतिक विपत्तिले पटकपटक दुःख दिने मुलुकका नागरिकको निजी बचत पनि उल्लेख्य हुन्छ। सरकारले पनि विपतका लागि भनेर खर्चको जोहो गरेको हुन्छ। हामीले भने यी कुनै पनि स्रोतको उचित व्यवस्था गरेका छैनौं। हाम्रो आर्थिक हैसियत र चेतनाले पनि यस्तो गर्न नदिएको हुन सक्छ। हाम्रो पुनः निर्माणको एकमात्र प्रमुख स्रोत विदेशी सहायता हो। यो विदेशी सहायतालाई व्यवस्थापन गर्ने क्षमताको कमी अर्को दुर्भाग्य बनेर तेर्सिएको छ। अहिलेकै भूकम्पपछि उद्धार र राहत वितरणमा हामीले यो छर्लङ्ग देख्यौं।
अत्यन्तै उत्साही हुने ठाउँ छैन किनभने सरकार यही हो, कहिल्यै नचेत्ने नेतृत्व हामीले पाएका छौं। स्थानीय सरकार नभएको डेढ दशक हुन लागिसक्यो। चाहेर पनि आर्थिक विकासको एजेन्डालाई अगाडि बढाउने र त्यसलाई कार्यान्वयनमा ल्याउने संयन्त्र हामीसँग छैन। वार्षिक बजेटकै विकास खर्चको एक चौथाई पनि सरकारले खर्च गर्न सकिरहेको छैन्।
माओवादीको सशस्त्र द्वन्द्वबाट गणतन्त्रतर्फ लम्कँदै गर्दा मुलुकले ठूलो आर्थिक फड्को मार्ने अपेक्षा गरिएको थियो। एक दशक लामो हिंसात्मक द्वन्द्वका बेला सुषुप्त बन्न पुगेको आर्थिक ऊर्जा शान्ति सम्झौतापछि उजागर भएर आउँछ र त्यसको फल सबैले पाउने छन् भन्ने आशा गरिएको थियो। त्यो अवसरलाई हाम्रो राजनीतिक नेतृत्वले भाँडिदिएको छ। नेतृत्वले फेरि त्यसै नगर्ला भन्न सकिन्न। भूकम्पको पीडा आलो रहुन्जेल विभिन्न किसिमका योजना बुनिएला, धेरै आश्वासन बाँडिएलान्, सहयोगका वचन दिइएलान् तर समयकालसँगै घाउ पुरिँदै जाँदा भूकम्पपीडितलाई फर्किएर हेर्ने, भत्किएका संरचना बनाउने भेटिएलान् भन्न गाह्रो। अहिले जसोतसो धानिएपछि पीडितहरु सामान्य दैनिकीमा फर्किने, राजनीतिक नेतृत्व खिचातानीमै ब्यस्त हुने र कर्मचारी संयन्त्र परम्परागत मार्गमै अल्झने सम्भावना उच्च छ।
अहिले नेपाललाई मद्दत गर्न खोज्ने मनकारी धेरै देखिएका छन्। बहुपक्षीय तथा द्विपक्षीय दाताहरुबाट ठूलो सहयोगको प्रतिबद्धता आएको छ। आन्तरिकरूपमै पनि ठूलो पुँजी संकलन हुन सक्ने देखिएको छ। विदेशी सहायता (ऋण तथा अनुदान) भित्याउन सकियो र त्यसलाई राष्ट्र निर्माणमा लगाउन सकियो भने आर्थिक समृद्धि अवश्यम्भावी छ।
त्यतिबेला आर्थिक वृद्धिको तथ्यांक गौण हुन्छ। जुनसुकै दरमा वृद्धि हासिल भए पनि त्यसले सर्वसाधारणको आर्थिक कल्याण सुनिश्चित गर्नुपर्छ। वृद्धिको तथ्यांक सरकारका लागि गर्वको विषय हुन सक्छ, त्यसले व्यवसायीको मनोबल बढाउन सक्छ। तर तल्लो तहका जनताको खुसी सुनिश्चित गर्दैन। अहिले नै हामी देखिरहेका छौं, तथ्यांकले मुलुकमा गरिबी घटिरहेको र असमानता बढिरहेको देखाइरहेको छ। आर्थिक विकासका दृष्टिले क्षेत्रीय असन्तुलन उच्च छ। भूकम्पले पनि ग्रामीण भेगका किसानलाई बढी पिरलेको छ।
त्यस कारण पुनर्निर्माणको चरणमा तलका मान्छे जसले घर सम्पत्ति र आफन्त गुमाए तिनीहरुले के पाए भन्ने कुराले महत्व पाउनुपर्छ। उनीहरुको घर तथा जीवन निर्वाहको पुनर्निर्माण भयो कि भएन? ख्याल गर्नुपर्छ। यस सन्दर्भमा फेरि पनि सरकारको दृढ इच्छाशक्ति, लोकतान्त्रिक विधि, पारदर्शिता, जवाफदेहिता र सुशासन महत्वपूर्ण हुन्छ।