पर्वत-सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको उजुरी परेपछि यस वर्षदेखि बैंकबाटै भत्ता दिने व्यवस्था गर्न लागिएको छ। गाविस सचिवले संख्या बढाएर बर्सेनि लाखौं रुपैयाँ दुरुपयोग गरेको पाइएपछि नजिकको बैंकबाट भत्ता पाउने व्यवस्था मिलाउन लागिएको जिविस पर्वतले जनाएको छ।भत्ता वितरणलाई पारदर्शी बनाउन जिविसले कुस्मा नगरपालिका र ४२ गाउँ विकास समितिको सामाजिक सुरक्षाभत्ता बैंकबाट वितरण गर्ने तयारी थालेको हो। नगरपालिकामा भने यसअघि नै बैंकबाट भत्ता वितरण हुँदै आएको थियो। सामाजिक सुरक्षा जिल्ला समन्वय समितिकोे बैठकले बैंकको पहुँच भएका गाविसको भत्ता बैंकबाट भुक्तानी गर्ने प्रक्रिया थाल्ने निर्णय गरेको स्थानीय विकास अधिकारी भीमबहादुर कुँवरले बताए।
‘नजिकमा जुन बैंक छ, त्यसैसँग छलफल गरेर सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाउँछौं,' कुँवरले भने, ‘बैंकबाट भत्ता दिने व्यवस्था गरेपछि अनियमितताको गुनासो आउने छैन।' गाउँ विकास समितिलाई विभिन्न ब्लकमा विभाजन गरेर पायक पर्ने ठाउँको बैंकमा भत्ता निकासा गर्ने र दोस्रो चौमासिकको भत्तासमेत बैंकबाटै वितरण गर्ने निर्णय भएको उनले जानकारी दिए।
पर्वतको उत्तरतर्फका बाँसखर्क, माझफाँट, लेकफाँट, सालिजा र धाइरिङ गाविसको सुरक्षा भत्ता म्याग्दीको बेनीस्थित बैंकबाट गर्ने निर्णय भएको छ। क्याङ, देउराली, देउपुर, बाजुङ, भूकदेउराली, तिलहार, चित्रे र राम्जा गाविसको भत्ता पातीचौरस्थित बैंकबाट गर्ने तयारी भएको छ। यसैगरी दक्षिणका हुवास, त्रिवेणी, सरौखोला, भोर्ले, बेउलीबास, उरामपोखरा, टकलाक, शालिग्राम, बहाकी, रानीपानी र बर्राचौर गाविसको भत्ता हुवास हातेमालोचोकस्थित बैंकबाट वितरण गर्ने तथा बाच्छा, पाङराङ, कुर्घा, ठानामौला, शकरपोखरी, देवीस्थान, खानीगाउँ र मुडिकुवाको देवीस्थानस्थित बैंकबाट वितरण गर्ने तयारी भएको जिविस पर्वतले जनाएको छ।
जिविसका अनुसार नाङ्लीबाङ, बनौ, आर्थरलगायत गाविसको भत्ता कुस्मा र ठुलीपोखरी, खौलालाँकुरी, कार्किनेटा भँगरा र थापाठाना गाविसको भत्ता कार्किनेटास्थित बैंकबाट दिने तयारी गरिएको छ। पायकमा बैंकको पहुँच नपुगेका फलामखानी, लुंखुदेउराली, पाखापानी, बालाकोट, होस्राङ्दी र भोक्सिङको भत्ता भने यसपटक गाबिसबाटै वितरण गरिनेछ।
लुंखुमा बैंक स्थापनापछि त्यस क्षेत्रको पनि बैंकबाटै वितरण हुने जिविस पर्वतका सामाजिक विकास अधिकृत लीलाधर सुवेदीले जानकारी दिए। अघिल्ला वर्षमा सामाजिक सुरक्षा भत्ता बु‰नेको नाम अद्यावधिक नगरिकन फर्जी नाम राखेर रकम निकासा लिँदै आएको र कतिपय गाविसमा एउटै व्यक्तिको नाममा दोहोरो रकम निकासा लिएको पाइएको थियो। गाउँ विकास समितिमा ज्येष्ठ नागरिक, एकल महिला, आंशिक अपांग, पूर्ण अपांग, ६० वर्षमुनिका एकल महिला, ६० वर्षमाथिका दलितलाई बुझाउनका लागि निकासा लिएको रकम वास्तविक तथ्यांकभन्दा बढी संख्या देखाएर निकासा लिएको अनुगमनका क्रममा भेटिएको थियो।
एउटा गाविसमा ३६ जनाको नाम दोहोरो भेटिएको अनुगमन प्रतिवेदन पनि बैठकमा पेस गरिएको थियो। गत वर्षमात्रै पर्वत जिल्लामा ३ सय ४९ जनाको नाम फर्जी भेटिएको थियो। दोस्रो चौमासिकमा जति जनाले भत्ता लिएका हुन्, अन्तिम चौमासिकमा पनि त्यतिले नै लिनुपर्ने हो तर सचिवले मनपरी रुपमा नाम राखेर निकासा लिने भएकाले संख्या बढ्ने गरेको छ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पर्वतमा १३ हजार २ सय २ जनालाई २ करोड ६७ लाख २१ हजार रुपैयाँ वितरण गरिएको जिविसका लेखा अधिकृत रामनाथ शर्माले बताए। उनका अनुसार आगामी आर्थिक वर्षका लागि २२ हजार ५ सय ६ जनाको नाम सिफारिस गरिएको छ। सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको पाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि गत वर्ष केही सचिवले २५ लाख रुपैयाँसम्म जिल्ला विकास समितिको खातामा पैसा फिर्ता गरेका थिए।
अनियमिततामा सचिवको प्रमुख हात हुने भए पनि त्यसबापतको रकम भने स्थानीय विकास अधिकारीसहित जिविस प्रशासनका कर्मचारी, लेखा शाखा र प्रमुख जिल्ला अधिकारीसम्मले पाउने गरेको जिल्ला विकास समिति पर्वतका एक कर्मचारीले दाबी गरे। ‘जिल्ला विकास समितिमा खरदार पदमा काम गर्ने एउटा कर्मचारीले वर्षैपिच्छे सदरमुकामजस्तो ठाउँमा घरघडेरी जोड्न सक्छ भने त्यो कहाँबाट आउँछ त?' उनले प्रश्न गरे।