काठमाडौं- झन्डै पाँच करोड रुपैयाँको कारोबार गर्दै प्रथम अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आइतबार सम्पन्न भएको छ। शुक्रबार सुरु मेलामा उत्साहजनक सहभागिता रहेको आयोजक महिला उद्यमी महासंघ नेपालले जनाएको छ।'तीन दिनसम्म चलेको मेलामा झन्डै पाँच करोड रुपैयाँ बराबर व्यापार भएको छ,' आयोजक संस्थाकी महालक्ष्मी श्रेष्ठले भनिन्, 'यो सम्पूर्ण स्टलमा भएको कारोबार हो।' सम्पूर्ण स्टलमा प्रदर्शनीसँगै राम्रो व्यापार भएको उनले जानकारी दिइन्। मेलामा स्वदेशी र विदेशी गरी ७५ भन्दा धेरै स्टल थिए। सहभागीले अवलोकन र सामानसमेत खरिद गरेकाले व्यापार उत्साहजनक भएको उनले बताइन्।
उक्त मेलामा ५० हजारभन्दा धेरै दर्शक अवलोकन गर्न आएको आयोजकले जानकारी गरायो। 'महिला व्यवसायीको उत्पादन प्रवर्द्धन गर्न मेला सफल भएको छ,' श्रेष्ठले भनिन्, 'यसले हामीलाई अझ प्रेरणा दिएको छ।'
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरी घिमिरेले मेलाको सफलताबाट उत्साहित र प्रभावित भएको बताए। 'सुरुमा महिलाले कसरी अन्तर्राष्ट्रिय मेला सम्पन्न गर्नुहोला भन्ने लागेको थियो,' घिमिरेले समापन कार्यक्रममा बोल्दै भने, 'कार्यक्रम भव्य र सभ्य तरिकाले सफल भएको छ।' केन्द्रले महिला व्यवसायीले चाहे जतिको सहयोग गर्न नपाएको भन्दै घिमिरेले कार्यक्रमको सफलताबाट केन्द्रको उद्देश्य पूरा भएको बताए।
जिल्लाका दुर्गम ठाउँबाट काठमाडौं आएका महिला उद्यमीलाई मेलाले सामानको प्रवर्द्धन र व्यापारको अवसार जुटाइदिएको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउनु पर्ने बताए। महिला उद्यमीको कुरालाई योजना आयोग, अर्थ मन्त्रालयमा पनि राखेको र केन्द्र सहयोगको लागि सधैं तयार रहेको घिमिरेले बताए।
समापन कार्यक्रममा मेलामा सहभागी उद्यमीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उद्घाटन गरेको मेला आइतबार सम्पन्न हुँदा अर्कोपटक अझ लामो समयसम्म गर्न प्रेरणा मिलेको आयोजकको भनाइ छ। धेरै चुनौतीबीच आगन्तुकको उत्साहजनक सहभागितासहित मेला सम्पन्न भएकाले अर्कोपटक अझ भव्य बनाउने प्रतिबद्धता उनीहरूले जनाए। जिल्लाबाट सहभागी उद्यमीहरूले मेला सफल भएको बताए। जिल्लाबाट आएर व्यापार प्रवर्द्धन र केही व्यापारसमेत गरेको उनीहरूले बताए।
मेलामा महिला उद्यमी आफैंले उत्पादन गरेका विभिन्न हस्तकला, कृषि सामग्री, पहिरनका सामान, प्रविधि, शैक्षिक सामग्री लगायत प्रदर्शनीमा राखिएको थियो। मेला अवधिभर थांका बुनाइ, रत्न पत्थर कटाइ र भर्मी कम्पोस्टको प्रदर्शनी पनि गरिएको थियो।
नेपालमा उत्पादित वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापार प्रर्वद्धन गर्ने मेलालाई व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र, आइएलओको सहयोग रहेको छ।
मेलामा देशभरका साना तथा मझौला महिला उद्यमीदेखी निर्यातकर्ताका र बाह्य देशका महिला उद्यमीको सहभागिता थियो। नेपालसहित भारत, चीन, बंगलादेश, भुटान, पाकिस्तान, फिलिपिन्स, कोरिया लगायत देशको सहभागिता रहेको महासंघले जनाएको छ। मेलामा सार्क राष्ट्र, जापान, युरोप लगायत देशबाट आयातकर्ता आएका थिए।
'मिलेर काम गर, मिलेर जित' नारासहित सम्पन्न मेलाको अवसरमा महासंघले विमेन इन्टरप्रेनर डाइरेक्ट्री पनि निकालेको छ। महासंघले इ–मार्केटिङ पोर्टलसमेत सुरु गरेको छ। हस्तकला, पहिरन सामान, कृषि उत्पादन, अर्गानिक उत्पादन, आइटी सामान, शैक्षिक सामग्रीको आन्तरिक र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र प्रचारप्रचार गर्नु मेलाको उद्देश्य थियो।