काठमाडौं- नेपाल अटोमोबाइल्स डिलर्स एसोसियन (नाडा)ले वर्षेनी आयोजना गर्ने नाडा अटो सोको नवौं संस्करणमा ५ दिनमा १ सय ५० करोडको कारोबार भएको छ। ५० कम्पनीको १०० ओटा स्टलबाट १ अर्ब ५० करोडको कारोबार भएको अटो सोमा ६ सय ९० वटा २–पाङग्रे तथा ६ सय वटा ४–पांग्रे गाडीहरु बुक भएको मेलाका संयोजक शम्भुप्रसाद दाहालले बताए।बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको मेलामा ५ दिनमा ५५ हजार दर्शकले अवलोकन गरेको उनले जानकारी दिए। 'गत वर्ष ३५ हजार दर्शकले मेला अवलोकन गरेकोमा यो वर्ष यो संख्या ५५ हजार पुगेको हो,' उनले भने । त्यस्तै गत वर्ष मेलामा ८० करोडको कारोबार भएको थियो। गत वर्षको तुलनामा प्रदर्शनको गुणस्तर बढेकाले मेला अन्तराष्ट्रिय स्तरको हुन सकेको आयोजकको दाबी छ।
मेलामा भएको कारोबार र ग्राहकको उत्साहले यो क्षेत्र निकै फराकिलो बन्दै गएको नाडाका अध्यक्ष शेखर गोल्छाले बताए। 'अटोमोबाइल क्षेत्र फस्टाए मुलुकको अर्थतन्त्र फस्टाउँछ,' उनले भने। ७५ जिल्लामा खोलेको सडक ट्र्याकले पनि अटोमोबाइल क्षेत्रमा सम्भावना प्रशस्त बढेको उनले बताए। मेलामा सामसङ मोबाइलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजले ५ थान सामसङ मोबाइल डोर प्राइजका लागि उपलब्ध गराएको थियो भने टिभिएस बाइकको आधिकारिक बिक्रेता अरुण इन्टरकन्टिनेन्टलले एउटा टिभिएस मोटरसाइकल उपलब्ध गराएको आयोजकले जनाएको छ।
दसैं सुरु हुनुभन्दा तीन साताअघि सुरु भएको अटो मेलाको पहिलो दिनमै विभिन्न कम्पनीले नयाँनयाँ उत्पादनहरु सार्वजनिक गरेका थिए। त्यस्तै मेला अवधिभर विभिन्न कम्पनीले ग्राहकका लागि छुट तथा उपहारको पनि व्यवस्था गरेका थिए।
नेपाली बजारमा दुई पांग्रे सवारी साधन बिक्री गरिरहेका यामाहा, हिरो, होन्डालगायतका कम्पनीले विभिन्न मोडलका मोटरसाइकल सार्वजनिक गरेका थिए। मेलाकै अवधिमा हिरो कम्पनीले स्पलेन्डर, प्यासन, करिज्मा, एक्सटि्रम मोटरसाइकलका नयाँ संस्करणहरु बजारमा सार्वजनिक गरेको थियो। होण्डाले सिबिआर १५० मोटरसाइकल र १२५ सिसीको एक्टिभा स्कुटर प्रदर्शनमा राखेको थियो। मारुति सुजुकी, होन्डा, टोयोटा, फियाट, टाटालगायतका कम्पनीले चार पांग्रे कारहरु सार्वजनिक गरेका थिए। मारुति सुजुकीको सेलेरियो, होन्डाको मोबिलियो, टोयोटाको इटियोस क्रस, फियाटको पुन्टो इभो र न्यु लिनिया कार नाडा अटो सोमा सार्वजनिक गरिएको भने टाटाको टाटा सफारी स्टोर्म लदाख संस्करण प्रदर्शनमा राखिएको थियो।
मेलामा चार पांग्रे, दुई पांग्रे सवारीसाधन बाहेक लुब्रिकेन्ट्स, टायर, स्पेयर पार्टस्, जेनरेटर, ग्यारेज उपकरण, ब्याट्री लगायतका सामाग्रीका स्टल समेत रहेका थिए। अवलोकनकर्ताको सुविधाका लागि मेलामा दुई पांग्रे र चार पांग्रे गाडीको प्रदर्शनका लागि छुट्टाछुट्टै व्यवस्था मिलाइएको थियो। यसपटक नाडा अटो सोमा उपभोक्ताको सुविधाका लागि फाइनान्स सुविधा बारे जानकारी दिन बैंक तथा वित्तीय संस्थाको स्टलसमेत राखिएको थियो।
मेलामा टाटा मोटर्स, फक्सवागन, मारुती सुजुकी, बजाज, हिरो, दाइहास्तु, फियाट, फोर्ड, होन्डा, हुन्डाई, हिरो, महिन्द्रा, रोयल इन्पि्कल्ड, टेरा मोटर्स, टिभिएस, युएम बाइक्स, निसान, स्कोडा, यामाहालगायतका कम्पनीले ११ ओटा दुइ पांग्रे र १२ ब्रान्डका चार पांग्रे प्रदर्शन गरेका थिए।
बजारमा भित्रिसकेका र भित्रिन लागेका सवारी साधनका बारेमा एउटै थलोमा जानकारी दिन वर्षेनी यस्तो मेला आयोजना हुने गरेको दाहालले बताए। पछिल्लो दुई तीन वर्षदेखि यसप्रति उपभोक्ताहरुको आकर्षण उल्लेख्य रुपमा बढेको उनले बताए। नाडा अटो सो २०७१को निर्णायक समितिले यस वर्ष स्टल सजावटमा प्रथम स्थानमा सुजुकी कार, दोस्रो स्थानमा बजाज मोटरसाइकल र तेस्रो स्थानमा टाटा पिसिीभियुलाई छनोट गरेको छ।