काठमाडौं- नेपाल आयल निगमले निरन्तर दबाबपछि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ।
सोमबार साँझ बसेको निगम बैठकले पेट्रोलमा ५ रुपैयाँ, डिजेल र मट्टीतेलमा ६/६ रुपैयाँ प्रतिलिटर एवं हवाई इन्धनमा करिब ६७ रुपैयाँ मूल्य घटाएको हो। खाना पकाउने ग्यासको मूल्य भने परिवर्तन गरिएको छैन।स्वचालित मूल्यदर लागू गरे पनि भारतको नाकाबन्दीका कारण बजारमा पेट्रोलियम पदार्थको अभाव भएको भन्दै निगमले करिब ४ महिनादेखि मूल्य घटाएको थिएन। विश्व बजारमा कच्चा तेल प्रतिब्यारेल ३० अमेरिकी डलरमा झर्दा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको व्यापक आलोचनापछि यो निर्णय भएको हो।
आयल निगम प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोलको अब ९९ रूपैयाँ, डिजल र मट्टीतेल ७५ रुपैयाँ पर्छ। सोमबार साँझ बसेको निगम बैठकले मूल्य घटाएको उनले बताए। नयाँ मूल्य सोमबार राति १२ बजेबाट लागू हुनेछ।
अन्तर्राष्ट्रिय बजारमा गिर्दाे मूल्यअनुरुप समायोजन गरिए उपभोक्ताले नेपालमा ८० रुपैयाँ प्रतिलिटर पाउनुपर्ने विज्ञको भनाइ छ। मूल्य घटे पनि भारतको नाकाबन्दकिा कारण उपभोक्ताले महँगो मूल्य मात्र होइन, कालोबजारीको भर पर्नुपरेको अवस्था अझै हटेको भने छैन।
प्राविधिक रुपमा टाटपल्टेको निगमले चार महिनायता अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य धेरै घट्दा पनि नेपाली उपभोक्तालाई महँगोमा तेल बेचेर नाफा भने कमाइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य हाल प्रतिब्यारल गत वर्षको भन्दा आधा अर्थात् ३० अमेरिकी डलर हाराहारी झरिसकेको छ भने अर्कातिर निगमले आपूर्ति व्यवस्था अझै सहज बनाउन सकेको छैन। एक ब्यारलमा करिब १ सय ५९ लिटर तेल हुन्छ।
निगमले २०७१ भदौ १३ गतेदेखि स्वचालित प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटबढ गर्दै आएको हो।