चार दिनपछि अन्तर्राष्ट्रिय उडान 'बन्द' हुने
०९ असोज २०७२
•
८ मिनेट पाठ
चार दिनपछि अन्तर्राष्ट्रिय उडान 'बन्द' हुने
काठमाडौं- नेपाल आयल निगमले चार दिनभित्र पर्याप्त पेट्रोलियम पदार्थ व्यवस्था गर्न सकेन भने काठमाडौं आइरहेका अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान लगभग 'बन्द' हुने निश्चित भएको छ।नेपालमा नयाँ संविधान जारी भएका विषयमा भारतले अघोषित नाकाबन्दी लगाएका कारण पेट्रोलियम पदार्थ आयात ठप्प भएको छ। यसको गम्भीर असर दैनिक उपभोग्य सामग्री आयातदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा देखिन थालेको छ।

आयल निगमसँग हवाईजहाजलाई आवश्यक इन्धन 'एयर टर्बाइन फ्युल' (एटिएफ) अब चार दिन धान्ने परिमाणमा मात्र छ। भारतबाट पेट्रोलियम पदार्थ आउन बन्द भएपछि निगमले आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सकेसम्म कम इन्धन प्रयोग गर्न आग्रह गरेको छ।

'बढीमा चार दिनसम्म मात्र पुग्ने हवाई इन्धन स्टक रहेको भन्दै आयल निगमले अन्तर्राष्ट्रिय जहाजलाई सकेसम्म काठमाडौंमा तेल कम भर्न आग्रह गरेको छ,' नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको संगठन 'वायुसेवा सञ्चालक समिति–नेपाल' (एओसिएन) का अध्यक्ष भरतकुमार श्रेष्ठले शनिबार नागरिकसँग भने, 'यहाँ तेल भर्न नपाउनु भनेको उडान बन्द गर्नु नै हो।'

उनका अनुसार आयल निगमले आगामी बुधबार (असोज १३ गते) सम्मका लागि मात्र हवाई इन्धन स्टक रहेको जानकारी दिएको छ। अन्तर्राष्ट्रिय जहाजले सकेसम्म यहाँ इन्धन कम प्रयोग गरे भने थप केही दिन (बढीमा एक साता) इन्धन स्टक रहने निगमले जनाएको छ।

'जुन जहाजले आफ्नो देश फर्कने बेलासम्म पुग्ने इन्धन लिएर आउँछन्, तीमात्र काठमाडौंसम्म आउन सक्छन्,' उनले भने, 'त्यसबाहेक अन्य वायुसेवाका जहाज नेपाल आउन सक्दैनन्।'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल १४ देशबाट २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन्। तिनले अहिले दैनिक करिब ६० वटासम्म उडान–अवतरण गरिरहेका छन्। यसअघि दैनिक ८५ उडान–अवतरण हुने गरेको थियो।

विमानस्थल व्यवस्थापनका अनुसार २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी अधिकांशले सानो आकार (न्यारो बडी) जहाज ल्याउने गरेका छन्। यस्ता जहाजमा १ सय ५० देखि बढीमा २ सय सिट क्षमता हुन्छन्। अधिकांशले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित 'ए३२०' र अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित 'बि७३७' सिरिजका न्यारो बडी जहाज काठमाडौं ल्याइरहेका छन्।

एसोसिएसनका अध्यक्ष श्रेष्ठले न्यारो बडी जहाजलाई चारदेखि साढे घन्टा दुरीबाट काठमाडौं आउदा एकतर्फी १५ देखि १६ टन इन्धन आवश्यक पर्ने बताए। त्यसपछि यहाँबाट फर्कंदा त्यति नै परिमाणमा इन्धन चाहिन्छ।

'हामीले काठमाडौंबाट फर्कंदा ११ देखि १२ टन हवाई इन्धन भरेनौं भने जहाज उड्दैन,' उनले भने, 'तर, आयल निगमले त्यति परिमाणमा इन्धन उपलब्ध गराउन नसकिने जनाएपछि उडान बन्द गर्नुको विकल्प छैन।'

उनका अनुसार बढीमा साढे चार घन्टा दुरीका गन्तव्यबाट आउने जहाजले दुईतर्फी उडानलाई पुग्ने इन्धन ल्याउन सक्दैनन्। दुईतर्फी पुग्ने इन्धन भरेर ल्याए यात्रु वा कार्गो कम बोक्नुपर्ने बाध्यता हुन्छ। यसले गर्दा अधिकांश जहाजले एकतर्फी उडानका लागि पुग्नेमात्र लिएर आउँछन् र फर्कंदा त्रिभुवन विमानस्थलमा आयल निगमले भरिदिने गरेको छ।

'आयल निगमको पछिल्लो जानकारीपछि नेपाल आइरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी अन्योलमा छन्,' श्रेष्ठले भने, 'हामीले समितिमार्फत सबैको केन्द्रीय कार्यालयमा पछिल्लो घटनाबारे जानकारी गराइसकेका छौं। यदि चार दिनभित्र इन्धन सहज भएन भने सबै अन्तर्राष्ट्रिय उडान बन्द हुन्छन्।'

उनका अनुसार खाडी राष्ट्रहरुसहित टर्की र कोरियाबाट आइरहेका जहाजलाई यसबाट प्रत्यक्ष प्रभाव पर्नेछ। खाडीबाट इतिहाद एयरवेज, फ्लाइ दुबई, ओमान एयर, एयर अरेबिया र कतार एयरवेज तथा टर्कीबाट टर्किस एयरलाइन्स र दक्षिण कोरियाबाट कोरियन एयर आइरहेका छन्। मलेसियाबाट आइरहेका मलेसिया एयरलाइन्स, एयर एसिया र मालिन्दो एयरलाई पनि समस्या पर्ने छ। तीमध्ये टर्किस, कोरियन र कतारले ठूलो आकार (वाइड बडी) जहाज ल्याउँछन्।

'ठूला जहाजलाइ पनि दुईतर्फी पुग्ने इन्धन ल्याउन समस्या हुन्छ,' श्रेष्ठले भने, 'काठमाडौंमा इन्धन भर्न नपाउने हो भने उनीहरुले यहाँ आइपुग्नु अघि नै अन्य विमानस्थललाई ट्रान्जिट बनाएर इन्धन भर्नुपर्ने हुन्छ तर, यसो गर्नु व्यवहारिक रूपमा कठिन काम हो।'

उनका अनुसार भारतबाट आइरहेका एयर इन्डिया, इन्डिगो एयरलाइन्स, जेट एयरवेज, स्पाइसजेट लगायत वायुसेवाका जहाजलाई मात्र काठमाडौंमा इन्धन नभर्दा समस्या हुँदैन। भारतका नयाँदिल्ली, मुम्बई, कोलकाता लगायत नजिकको गन्तव्यबाट आउने जहाजले उतैबाट दुईतर्फी उडानलाई पुग्ने गरी इन्धन ल्याउन सक्छन्। 'इन्धनको समस्या तुरुन्तै समाधान नभए हजारौं यात्रु आफ्नो गन्तव्य पुग्न असमर्थ हुनेछन्,' श्रेष्ठले भने।

आयल निगमले आन्तरिक वायुसेवा कम्पनीहरूलाई पनि सकेसम्म उडान कटौती गर्न र इन्धन कम प्रयोग गर्न आग्रह गरेको छ। त्रिभुवन विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ। यहाँ दैनिक करिब ३० देखि ३५ अन्तर्राष्ट्रिय उडान र त्यत्ति नै अवतरण हुने गर्छ भने २ सय ५० देखि ३ सयसम्म आन्तरिक उडान–अवतरण हुने गर्छ।

नेपालमा नयाँ संविधान जारी भएका विषयमा भारतले अघोषित नाकाबन्दी लगाएका कारण पेट्रोलियम पदार्थ आयात ठप्प भएको छ। यसको गम्भीर असर दैनिक उपभोग्य सामग्री आयातदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा देखिन थालेको छ।
अर्को समाचार
आजदेखि मौसम सुधार, दुई दिनपछि आज बल्ल पर्वतीय उडान
२६ माघ २०६९
•
१ मिनेट पाठ
आजदेखि मौसम सुधार,  दुई दिनपछि आज बल्ल पर्वतीय उडान
काठमाडौँ, माघ २६ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ वटा विमानले आज पर्वतीय उडान भरेका छन्। दुई दिनअघि बिहानैदेखि बाक्लो हुस्सु लागेर मौसम बिग्रिएका कारण विमानस्थलको आन्तरिक टर्मिनलले सो क्षेत्रका उडान रद्द गरेको थियो।
आज बिहानैदेखि मौसममा सुधार भएको हुँदा बुद्ध एयरलाइन्सका १० र यति एयरलाइन्सका पाँच गरी १५ वटा उडान भएका थिए।

पर्वतीय उडान भर्ने विमानले काठमाडौँबाट जिरी, लामचुरा, सोलुखुम्बु हुँदै सगरमाथा पुगी पुनः सोही मार्ग भई फर्कने गर्दछन्। ती उडानमा अधिकांश विदेशी पर्यटक र केही पथप्रदर्शक सहभागी हुने गर्दछन्। बिहान ६ बजेदेखि १० बजेसम्म पर्वतीय उडान हुने गर्दछ।

आन्तरिक टर्मिनलका प्रमुख पूर्णप्रसाद चुडालले बुधबार र बिहीबार हुस्सुका कारण अवरोध आएपछि सो क्षेत्रको उडान पूर्णरुपमा रद्द गरिएको बताए। हुस्सुका कारण देशका अन्य सहरमा आन्तरिक उडान भर्ने विमान पनि प्रभावित भएकाले पटकपटक स्थगन गर्दै मौसममा सुधार आएपछि सञ्चालन गर्नुपरेको उनले जानकारी गराए।

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान औसतमा दैनिक दुईतर्फी गरी २०० वटा हुनेगर्दछ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस