काठमाडौं-‘एकातिर तेलचोरी र ग्यासमा कालोबजारी गर्नेलाई उन्मुक्ति दिने, अर्कातिर नयाँ सिलिन्डर बेच्न ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई उल्टै कोटा थपिदिएर सहयोग गर्ने?' मंगलबार संसदीय समितिमा सभासदहरूले मन्त्रीहरूलाई सिधै आरोप लगाए, ‘योभन्दा निकम्मापन अरू के हुन सक्छ? ग्यासको हाहाकारमा सरकार पूर्ण जिम्मेवार छ।' मागभन्दा बढी कोटा बढाउँदा र बजार हस्तक्षेप गरी आफैं बिक्रीवितरण गर्दासमेत खाना पकाउने एलपी ग्यासको हाहाकार नघटेपछि सरकारप्रति जनआक्रोश बढ्दै गएको छ।
यही आक्रोशलाई मंगलबार संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा सभासदहरूले चर्काे स्वरमा उठाएनन् मात्र, सम्बन्धित मन्त्रीहरूलाई र्याउख्र्यावख्ती नै पारे।
समितिले बोलाएपछि मंगलबारको बैठकमा जवाफ दिन उपस्थित अर्थमन्त्री रामशरण महत र वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई उनीहरूले बजारमा ग्यास अभाव बढ्नुको कारण ‘तपाईंहरू नै हुनुहुन्छ' भन्दै त्यसमा सरकार नै पूर्ण जिम्मेवार रहेको ठहर्याए।
‘तेलचोरी र ग्यासको कृत्रिम अभावमा जिम्मेवार व्यापारीलाई कारबाहीको सट्टा पुरस्कृत गरियो,' समितिअन्तर्गत गठित उपसमितिका सभापति सुवासचन्द्र ठकुरीले मन्त्रीहरूसामु औंला उठाउँदै भने, ‘उपभोक्तालाई राहत दिनुको साटो दोषीलाई उन्मुक्ति दिएर बहादुरी देखाउनु यो सरकारको निकम्मापन हो।'

सभासद ठकुरीले फितलो अनुगमनका कारण बजारमा ग्यास अभाव कायमै रहेको भन्दै सरकारको ध्यान खिचे। भैरहवामा तेल चोर्दाचोर्दै समातिएका व्यापारीलाई राज्यले पुरस्कृत गरेको र ग्यासको कृत्रिम अभाव सिर्जना गराउनेलाई धन्यवाद दिएको उनले बताए। ‘यो नै सरकारको महान उपलब्धि हो,' उनले व्यंग्य गरे।
व्यापारीले कानुनविपरीत नाजायज फाइदा लिँदासमेत राज्य मूकदर्शक बनेको उनको आरोप थियो। ‘बजारमा मासिक २२ हजार ३ सय ७७ टन ग्यास माग छ,' उपसमिति सभापति ठकुरीले भने, ‘कोटा बढाएर २९ हजार टन पुर्यााउँदा पनि आपूर्ति सहज नहुनु शंकाको विषय हो।'
बैठकमा अर्की सभासद राज्यलक्ष्मी श्रेष्ठले कर छुट दिएर भए पनि ग्यास आपूर्ति सहज बनाउनुपर्ने बताइन्। ‘सरकारले अहिले प्रतिसिलिन्डर ग्यासमा एक सय ३९ रुपैयाँ कर लिन्छ,' उनले भनिन्, ‘त्यो घटाउनेबित्तिकै नेपाल आयल निगमको घाटासमेत कम हुन्छ।'
उपसमिति सदस्य अनन्त पौडेलले सरकार कमजोर भएपछि व्यापारीको दादागिरी चलेको बताए। ‘सरकारका मन्त्री र सचिवको व्यापारीसँग साँठगाँठ रहेकाले' दोषीमाथि कारबाही हुन नसकेको उनको धारणा थियो।
समितिमा जवाफ दिन पुगेका वाणिज्यमन्त्री थापाले केही दिनमै ग्यास अभाव हट्ने आश्वासन दिएका थिए। ‘२९ हजार टन कोटा तोकिएको छ,' उनले भने, ‘त्यो ग्यास आएपछि अभाव हट्छ।'
अर्थमन्त्री महतले ग्यासमा भ्याट छुट दिँदा राजस्वमा ठूलो असर पर्ने बताए। उपसमिति सदस्यहरूले ग्यासमा भ्याट छुट दिनुपर्ने बताएपछि अर्थमन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘हाम्रो मुख्य आधार भ्याट नै हो,' उनले भने, ‘यो छुट दिन सकिन्न।'
उपसमिति सदस्य रामवीर मानन्धरले उद्योगले डिपोलाई दिएको ग्यासको रिपोर्ट लिने र डिपोमा अध्ययन गर्नेबित्तिकै वास्तविक तथ्यांक बाहिर आउने मन्त्रीहरूलाई सुनाए। ‘उद्योगसँग ग्यास पठाएको सूची माग्ने र सोही आधारमा डिपोमा गएर अनुगमन गरे दोषीको पहिचान सहजै गर्न सकिन्छ,' उनले भने।
आपूर्ति मन्त्रालय र एलपी ग्यास उद्योग संघको दबाबमा नयाँ सिलिन्डर बिक्री गर्ने व्यापारीको स्वार्थअनुसार निगमले साना उद्योगलाई मात्र ग्यासको कोटा बढाएकाले अभाव झन् चर्केको हो। ग्यास कोटा २९ हजार टन पुर्या एपछि साना उद्योगले नयाँ सिलिन्डर मात्रै बिक्री गरिरहेका छन्। यसो हुँदा रित्ता सिलिन्डर नभरिने, नयाँ किन्नैपर्ने बाध्यतामा उपभोक्ता छन्।
सिलिन्डर धेरै भएका उद्योगलाई बढी कोटा दिनुको साटो सानालाई दिँदा अभाव गहिरिएको हो। ‘निगमले बढी सिलिन्डर भएका उद्योगलाई थोरै र कम हुनेलाई बढी कोटा दिनुको अर्थ नयाँ सिलिन्डर बिक्री प्रोत्साहन नै हो,' उपसमिति सभापति ठकुरीले भने, ‘राज्यको कोटा वितरण तरिका गलत हुँदा ठूला उद्योगका सिलिन्डर त्यसै बसेका छन्, ग्यास भर्न पाइएको छैन।'
मन्त्रालय र संघले ल्याएको कोटा प्रस्तावलाई निगमले स्विकारेपछि थप समस्या देखिएको हो। ‘मन्त्रालय र संघको दबाबमा साना उद्योगीको कोटा बढेको हो,' निगम स्रोतले नागरिकसँग भन्यो, ‘साना उद्योगीको कोटा वृद्धि हुँदा बढेको कृत्रिम अभाव सितिमिति रोकिँदैन।'
उपसमिति सदस्यले निगमको गलत कार्यका कारण ग्यासमा ‘फुटरिङ' र ‘नेकरिङ' परिवर्तनले प्रोत्साहन पाएको बताए। ‘सिलिन्डरका आधारमा कोटा नदिँदा बजारमा अभाव गहिरिन्छ,' उनले नागरिकसँग भने।
‘निगमले उद्योगको बजार हिस्सा कति छ, त्यसका आधारमा कोटा बढाउनुपर्थ्यो,' एक उद्योगीले भने, ‘अहिले कोटा बढाउँदा त्यसो गरिएन।' निगमले साना ग्यास उद्योगलाई नयाँ सिलिन्डर बिक्री गर्न थप प्रेरित गर्ने उद्देश्यले ग्यास कोटा बढाएको हो।
निगमले बजारमा एक प्रतिशत हिस्सा ओगट्ने उद्योगलाई १ सय ८ टन कोटा थपेको छ। ९ प्रतिशत हिस्सा भएका ठूला उद्योगको कोटा ३६ टनमात्र बढेको छ। ‘साना उद्योगलाई धेरै कोटा दिनु नयाँ सिलिन्डर बिक्री गर भन्नु र फुटरिङ फेर्न प्रोत्साहन गर्नु हो,' एक उद्योगीले भने, ‘यस्तो अवस्थामा अभाव अन्त्य गर्न सकिँदैन।'
समितिको बैठकमा आयल निगमलाई सरकारले उपलब्ध गराएको १२ अर्ब ६० करोड रुपैयाँ ऋण पुँजीकरण गर्नुपर्ने बारे पनि छलफल भएको थियो। समितिका सभापति भीष्मराज आङ्दम्बेले निगमलाई ऋणको बोझ बोकाइरहँदा अझै घाटामा जाने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउँदै उक्त ऋणलाई लगानीमा परिणत गर्नुपर्नेमा जोड दिए।
यसमा अर्थमन्त्री महतले सरकारले निगमलाई दिएको ऋणलाई पुँजीकरण गर्ने आश्वासन दिँदै स्वचालित मूल्यमा गएर घाटाको पूर्ति गर्नुपर्ने बताए।