राजविराज, चैत २३ (नागरिक)-मधेसी जनअधिकार फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार आफैँ संविधान नबनाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। यो सरकार इतिहासमै निकम्मा भएको भन्दै उनले प्रधानमन्त्री माधव कुमार नेपालको राजीनामा मागे।
उनले मधेस सहित विभिन्न किसिमका आन्दोलनलाई सम्बोधन गर्न र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन अविलम्ब राष्ट्रिय सरकार गठन हुनुपर्नेमा जोड दिए।
मधेशी जनअधिकार फोरम नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा फोरम नेपालका केन्द्रीय अध्यक्ष यादवले बर्तमान सरकार नेपालकै इतिहासमा सबै भन्दा बढी निक्कमा रहेको बताउँदै बर्तमान सरकार संबिधान बन्न नदिनका लागि षडयन्त्रमा लागेको आरोप लगाउनुभयो।
आफुहरुसँग बिगतमा गरेको सहमति कार्यान्वयन गराउन र समयमा संबिधान निर्माण नगर्न सत्ताको नेतृत्व गर्ने एमालेसहित प्रमुख तीन दल लागिपरेको बताउँदै अध्यक्ष यादवले अबिलम्ब राष्ट्रिय सहमतिको सरकार नबने देशमा ठूरो समस्या आउन सक्ने बताउँदै सरकार र नेताहरुलाई सचेत गराउनुभयो।
हरेक दल मिलेर संबिधान निर्माणका लागि जुटनुपर्ने ठाउँमा तीन दल मात्रै छलफल गरेर पनि निष्कर्ष निकाल्न नसकिरहेको बताउँदै उहाँले आफूहरुको माग पूरा नभए चैत २६ २७ गतेको मधेस बन्द पछि अझ सशक्त आन्दोलनमा उत्रने चेतावनी दिनुभयो।
पत्रकार सम्मेलनमा बोल्दै फोरमका सह अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले पार्टीहरुले बिगतमा गरेको गल्तीलाई राष्ट्रपति डाक्टर रामवरण यादवले दोहोराउन खोजेको बताउनुभयो। उहाँले सबै दललाई समेटेर समस्याको समाधान गर्नुपर्नेमा तीन दललाई समावेश गरेर मात्र समस्याको समाधान गर्न खोजेको बताउनुभयो। उहाँले ढिलो नगरी प्रधानमन्त्रीलाई राजिनामा दिएर राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्नेमा जोड दिनुभयो।