अमेरिकाले नेटो सदस्यताको बदलामा डोनबास छाड्ने प्रस्ताव गर्‍यो : जेलेन्स्की
२९ कार्तिक २०८३
•
३ मिनेट पाठ
अमेरिकाले नेटो सदस्यताको बदलामा डोनबास छाड्ने प्रस्ताव 
गर्‍यो : जेलेन्स्की
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नेटो सदस्यता उपलब्ध गराउने बदलामा युक्रेनलाई पूर्वी डोनबास क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाउन अमेरिकी वार्ताकारहरूले प्रस्ताव गरेको खुलासा गरेका छन्।




जेलेन्स्कीका अनुसार अमेरिकी पक्षले युक्रेन नेटोमा सामेल भए डोनबासबाट पछि हट्न तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाएको थियो।

उनले शनिबार आफ्नो कार्यालयमार्फत सार्वजनिक गरेको टिप्पणीमा यस्तो प्रस्ताव पहिलोपटक उठाइएको बताएका हुन्।

अमेरिकाले भने उक्त प्रस्तावको पुष्टि गरेको छैन। शान्ति सम्झौताका विभिन्न विकल्पबारे छलफल जारी रहेको र कुनै पनि अन्तिम सम्झौतामा दुवै पक्षको सहमति आवश्यक हुने बताइएको छ।

युक्रेन र रुसबीच युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासका क्रममा पछिल्लो घटनाक्रम सार्वजनिक भएको हो।

अमेरिकी प्रतिनिधि जारेड कुशनर र स्टिभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि जेलेन्स्कीलाई भेट्न आयरल्यान्डको राजधानी डब्लिन पुगेका थिए।

युक्रेनले लामो समयदेखि नेटो सदस्यताको माग गर्दै आएको छ। तर अमेरिका तथा केही अन्य सदस्य राष्ट्रहरू यस विषयमा सतर्क रहँदै आएका छन्।

रुसले भने आफ्नो सीमासँग जोडिएको अर्को नेटो सदस्य राष्ट्र स्वीकार्य नहुने बताउँदै आएको छ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो। अहिले रुसले युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा लिएको छ, जसमा डोनेट्स्क र लुहान्स्क क्षेत्रका अधिकांश भाग समावेश छन्।

जेलेन्स्कीले युक्रेनले आफ्नो सार्वभौम भूभाग त्याग्न नसक्ने अडान दोहोर्‍याउँदै आएका छन्। तर, उनले सुरक्षा प्रत्याभूति, युक्रेनी सेनामाथि कुनै प्रतिबन्ध नलगाइने व्यवस्था र देशको पुनर्निर्माणका लागि आर्थिक सहयोगसहितको ठोस प्रस्ताव आए त्यसलाई जनमत संग्रहमा लैजान सकिने बताएका छन्।

उनका अनुसार डोनबासबाट सेना फिर्ता गर्ने विषय युरोपेली सुरक्षासम्बन्धी कठिन छलफलको हिस्सा बनेको छ र यो मुद्दा पुनः वार्ताको कार्यसूचीमा आएको छ।

युक्रेनले रुसको महत्वाकांक्षा डोनबासमा मात्र सीमित नरहेको विश्वास गर्दै आएको छ। त्यसैले भविष्यमा हुने रुसी आक्रमण रोक्न नेटो सदस्यतालाई महत्वपूर्ण सुरक्षा उपायका रूपमा हेर्दै आएको छ।

यसैबीच, रुसी पक्षले युद्धविरामअघि अन्तिम शान्ति सम्झौता हुनुपर्ने अडान दोहोर्‍याएको छ।

मस्कोले सम्झौतामा युक्रेनले रुसले कब्जा नगरेका डोनबासका बाँकी क्षेत्रसमेत छाड्नुपर्ने र सन् २०१४ मा कब्जा गरिएको क्रिमियामाथि रुसी नियन्त्रण स्वीकार गर्नुपर्ने माग गर्दै आएको छ।

अमेरिकी वार्ताकारहरूले युक्रेनको क्षेत्रीय ‘रेड लाइन’ पत्ता लगाउने प्रयास गरिरहेको हुन सक्ने विश्लेषण गरिएको छ।

जेलेन्स्कीले यसअघि अमेरिकी मध्यस्थकर्ताहरूले शान्तिका लागि युक्रेनले भूभाग त्याग्नुपर्ने विश्वास राखेको र शीघ्र सम्झौताका लागि दबाब दिएको बताएका थिए।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच पछिल्लो समय सम्बन्धमा तनाव देखिएको थियो। ट्रम्पले युक्रेनलाई नयाँ राष्ट्रपति चुन्न चुनाव गर्नुपर्ने बताएका थिए।

युक्रेनमा मार्शल ल लागू भएकाले चुनाव स्थगित गरिएको छ। यद्यपि, जेलेन्स्कीले शान्ति सम्झौता भएको केही महिनाभित्र चुनाव गराउन आफू तयार रहेको बताउँदै आएका छन्।

नेटो सदस्यताको बदलामा राष्ट्रपति पद त्याग्न सक्ने संकेतसमेत उनले यसअघि दिएका थिए।
अर्को समाचार
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
१ घण्टा अघि
•
१ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।




बगदादले तेल तस्करी रोक्ने प्रयासका लागि वासिङ्टनबाट प्रशंसा पाएपछि यस्तो उनले यस्तो बताएका हुन्।

राष्ट्रिय प्रसारक सेवाका अनुसार रेजाइले तेहरानमा इराकी राष्ट्रिय सुरक्षा सल्लाहकार कासेम अल–अबुदीसँगको बैठकमा भने, ‘इरान–इराक आर्थिक सहयोगमा विदेशीहरूलाई नकारात्मक प्रभाव पार्न दिनु हुँदैन।’

यस हप्ता इराकी प्रधानमन्त्री अली अल–जाइदीले कुर्दिस्तान क्षेत्रका सीमा नाकाहरू र केही तेल क्षेत्रहरूलाई सङ्घीय नियन्त्रणमा ल्याउने कदम चालेका छन्।

यसको उद्देश्य तस्करी रोक्नु हो। बगदादले तेहरानसँग गठबन्धन रहेका शिया सशस्त्र समूहहरूलाई निशस्त्र पार्ने प्रयास पनि तीव्र पारेको छ। इराक र कुर्दिस्तान क्षेत्र लामो समयदेखि इरानतर्फ जाने तेलका यातायात मार्गका रूपमा काम गर्दै आएका छन्।

इराकी सरकारका कदमहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा प्रशंसा गरेका थिए।

वासिङ्टनले तेहरानमाथि इराक प्रयोग गरी प्रतिबन्ध छल्ने गरेको आरोप लगाउँदै आएको छ र यसअघि इराकी र इरानी तेल मिसाएर बेच्ने इराकी व्यक्ति तथा कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ।

इराकी कारबाहीपछि इराकको राष्ट्रिय समाचार एजेन्सीले खुफिया कागजात उद्धृत गर्दै उत्तरी कुर्दिस्तान क्षेत्र हुँदै इरानतर्फ तेल ढुवानी हुने मार्गहरू खुलासा गरेको थियो।

त्यहाँ कागजात अनुसार यसलाई इरानी कच्चा तेलसँग मिसाइयो र आन्तरिक खपतका लागि अफगानिस्तान निर्यात गरियो। अमेरिकी सैन्यले होर्मुज जलमार्ग  हुँदै जहाज आवागमनमा इरानको प्रतिबन्धको जवाफमा इरानी बन्दरगाहहरूमाथि नाकाबन्दी लगाएको छ। यसले देशको तेल निर्यातलाई थप सीमित बनाएको छ।

इरानले मध्यपूर्व युद्धका क्रममा रणनीतिक जलमार्गलाई नाकाबन्दी गरेको छ। यसले तेल र ग्यास निर्यातमा गम्भीर अवरोध पुर्‍याएको छ र मूल्य आकाशिएको छ।

इरान र इराक दुवै मुख्य रूपमा शिया जनसङ्ख्या भएका देश हुन्। उनीहरूबीच एक हजार ४०० किलोमिटर (८५० माइल)भन्दा लामो सीमा छ र कम्तीमा आठ आधिकारिक नाका छन्। एएफपी
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock १० मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
यो पनि पढौँ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस