किभ–युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले पूर्वी युक्रेनमा सेना–रुससमर्थक पृथक्तावादी युद्धविराम संकटमा परेको शनिबार चेतावनी दिएका छन्। शनिबार मध्यरातमा लागू हुने युद्धविरामभन्दा अघि पृथक्तावादीले सकेसम्म धेरै भूभाग कब्जा गर्न व्यापक युद्ध गरिरहेका कारण लागू हुनुअघि नै युद्धविराम संकटमा परेको पोरोसेन्कोले आरोप लगाएका छन्।द्वन्द्वमा शनिबार सेना र सर्वसाधारणसहित कम्तीमा १८ जना मारिएपछि उनले बेलारुसको राजधानी मिन्स्कमा बिहीबार भएको युद्धविराम सम्झौताका वावजुद रुस अझै आक्रामक बनेको आरोप पनि लगाए। मिन्स्कमा रुसका राष्ट्रपति भ्लादिभिर पुटिन, युक्रेनी राष्ट्रपति पोरोसेन्को, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सेली राष्ट्रपति फ्राँस्वा होल्यान्डले पूर्वी युक्रेनमा युद्धविराम सम्झौताको घोषणा गरेका थिए।
युक्रेनका लागि अमेरिकी राजदूत ज्योफ्री प्याटले देबाल्त्सेभनजिकै सशस्त्र रुसी सेना रहेको सेटेलाइट तस्बिरले देखाएको सामाजिक सञ्जाल टि्वटरमार्फत् सार्वजनिक गरेका छन्। पृथक्तावादी नियन्त्रित सहर डोनेस्कमा शनिबार बिहानै गोलाबारीको आवाज सुनिएको थियो।
सेना नियन्त्रित देबाल्सेभमा भीषण युद्ध भइरहेको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ। देबाल्त्सेभलाई चारैतिरबाट पृथक्तावादीले घेरा हालेका छन्। युक्रेनको दक्षिणी बन्दरगाह सहर मारियोपोलमा पनि भीषण युद्ध भइरहेको बिबिसीले उल्लेख गरेको छ।
युद्धविराम लागू हुने समय शनिबार मध्यरातपछि पनि युद्ध जारी नै रहने आशंका गरिएको छ। तर भीषण गोलाबारी सेना वा पृथक्तावादी कसले गरेको हो अझै स्पष्ट भएको छैन। पूर्वी डोनेस्क र लुहान्स्क क्षेत्रमा भएका गोलाबारीका लागि दुवैले आपसमा दोषारोपण गरेका छन्।
युद्धविरामको सम्झौतापछि पनि पूर्वी युक्रेनमा शनिबार चर्केको युद्धबारे संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा पनि आइतबार आपत्कालीन छलफल हुँदैछ।
रुससँग जोडिएका सीमाक्षेत्रबाट घातक हतियार भित्रन जारी रहेकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ। राजदूत प्याटले रुससमर्थक युक्रेनी पृथक्तावादीलाई आपूर्तिका लागि रुसले ठूलो मात्रामा घातक हतियार सीमा क्षेत्रबाट तयारी गरेको दाबी गरेका छन्।
तर त्यहाँ पृथक्तावादीको आक्रमण रोकिएको छैन। पूर्वी युक्रेनको द्वन्द्वमा एक वर्षयता पाँच हजारभन्दा बढीको ज्यान गइसकेको छ।
विशेषगरी युक्रेनी पूर्वी भागमा रुससमर्थक पृथक्तावादीले त्यहाँ रुसमा गाभिन पाउनुपर्ने भन्दै आएको छ।