लखनऊ/नयाँ दिल्ली– हिमालय क्षेत्रमा परेको मुसलधारे पानीका कारण आएको बाढीबाट उत्तर भारतमा ३० जनाको मृत्यु हुनुका साथै जलमग्न भएको छ।बाढीका कारण उत्तर प्रदेशमा २८ र बिहारमा २ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन्। बाढीबाट उत्तर प्रदेश र बिहारका करिब १५ सय गाउँ डुबेका छन् भने हजारौं विस्थापित भएका छन्। उत्तर प्रदेशका नौ जिल्लामा बाढीमा फसेका स्थानीयहरू उद्धारका लागि पर्खिरहेका छन्।
उत्तर प्रदेशको बहराइच जिल्लामा कम्तिमा १२ जना वर्षे भेलले बगाएको छ। राप्ती नदीमा उर्लेको बाढीले एउटा डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन्। उत्तर प्रदेशका मुख्य सचिव आलोकरन्जनले नेपालमा परेको मुसलधारे पानीका कारण तिब्बत र नेपालको हिमालयबाट बग्ने नदीमा बाढी आएको बताए।
भारतको मौसम विभागले उत्तर प्रदेश र छिमेकी उत्तराखन्डमा अझै मुसलधारे पानी पर्ने चेतावनी दिएपछि बाढीले प्रकोपको रुप लिने आशंका भारतीयमाझ बढेको छ। उत्तर प्रदेशको बहराइचसँगै श्रीवस्ती, बलरामपुर, लखिमपुर खिरी, बाराबंकी र गोन्डा जिल्ला बाढी प्रभावित छन्।
बिहारमा ४ लाख बाढी प्रभावित
भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार बिहारमा बाढीबाट चार लाख सर्वसाधारण प्रभावित भएका छन्। मुख्यमन्त्री जीतनराम माझीले बाढी प्रभावित क्षेत्रको भ्रमण गरी प्रभावितलाई तत्काल सहायता उपलब्ध गराउन निर्देशन दिए। बिहारका सहर्सा, दरभंगा, पश्चिमी चम्पारन र नालन्दा जिल्ला बाढीग्रस्त छन्।
आसामको स्थिति गम्भीर
पिटिआईले ब्रह्मपुत्र र सहायक नदीको जलस्तर आइतबार बढेपछि आसाममा बाढीको स्थिति गम्भीर भएको जनाएको छ। आसामका लखिमपुर, धिमाजी, सोनितपुर, नागाउँ, मोरिगाउँ र डिब्रुगढ जिल्लामा बाढीले जनजीवन प्रभावित भएको छ।
कान्जिरंगा राष्ट्रिय निकुन्जमा बाढी पसेपछि जलमग्न भएकाले जनावर समेत अग्ला ठाउँमा शरण लिन थालेका छन्।
हिमाचल प्रदेशको मन्डी जिल्लामा भारी वर्षा र चट्याङका परेको पनि पिटिआईले उल्लेख गरेको छ।
बाढीमा फसेकाको राहतका लागि सेनाका तीन हेलिकप्टरले खाना र पानी खसालेको थियो। विश्वको दोस्रो ठूलो उखु उत्पादक राष्ट्र भारतको उत्तर प्रदेशमा लगाइएको उखु बाली बाढीबाट नष्ट हुने त्रास बढेको छ। उत्तर प्रदेशको ६ लाख हेक्टर जमिनमा उखु खेती गरिएको छ। उत्तर प्रदेशपछि भारतमा महाराष्ट्र र कर्नाटकमा अत्यधिक मात्रामा उखु खेती गरिन्छ।