वासिङटन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण मिति टुंगो लागिनसकेको अमेरिकाले शनिबार जनाएको छ। अमेरिकी गृहप्रवक्ता मेरी हार्फले भारतीय प्रधानमन्त्री मोदीको सम्भावित अमेरिका भ्रमणको मितिबारे अहिले टुंगो लागिनसकेको जानकारी दिइन्। हार्फका अनुसार राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरीले मोदीलाई अमेरिकामा स्वागत गर्न उत्सुक रहेको बताए पनि मोदीको भ्रमण मिति भने तय भइसकेको छैन।
भारतीय सञ्चार माध्यमले भने मोदीले सेप्टेम्बरको अन्त्यतिर अमेरिका भ्रमणको निम्तो स्विकारेको बिहीबार नै सार्वजनिक गरेका थिए। सञ्चार माध्यमले भ्रमण मितिबारे छलफल भइरहेको र दुवैलाई अनुकूल मिति तय हुने उल्लेख गरेका थिए।
मोदीलाई भारतको प्रधानमन्त्री नियुक्त भएपछि सबैभन्दा पहिले बधाई दिने विदेशी राष्ट्राध्यक्षमध्ये अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नयाँ दिल्लीमा शुक्रबार बताएका थिए। ओबामाले टेलिफोन गरी मोदीलाई प्रधानमन्त्री भएकोमा बधाई दिनुका साथै अमेरिका भ्रमणको निम्तो दिएका थिए।
भारतीय प्रवक्ताले अमेरिकाबाट प्रधानमन्त्री मोदीको यात्राको मिति निश्चित भएको जनाएका थिए। उनले प्रधानमन्त्री मोदीको भ्रमण मिति टुंगो लगाउन विदेश मन्त्रालय अमेरिकाको सम्पर्कमा रहेको जानकारी दिएका थिए। तर उनले पनि मोदीको अमेरिका भ्रमणको मिति तय भइनसकेको बताएका थिए। भारतीय प्रवक्ताले मोदी सेप्टेम्बरमा अमेरिका भ्रमणमा जानसक्ने जनाएका थिए। सेप्टेम्बरमा नै अमेरिकी सहर न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघमा महासभा बैठक छ।
कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलायन्स गठबन्धन सरकारको दोस्रो कार्यकालमा भारतको अमेरिकासँगको सम्बन्धमा चिसोपन आएको थियो। त्यसमाथि भारतको आमचुनावभन्दा केही समयअघि मात्र भएको देवयानी खोब्रागडे काण्डको छायाले भारत–अमेरिका सम्बन्ध निकै तिक्त बन्न पुगेको थियो। मोदी भ्रमणले अमेरिकासँग तिक्त भएको सम्बन्ध सुधार्ने आशा गरिएको छ।
सन् २००२ मा गुजरातमा हजारभन्दा बढी मारिएका साम्प्रदायिक दंगामा मोदीको हात रहेको भन्दै अमेरिकाले उनलाई निकै वर्ष प्रवेशाज्ञा दिन अस्वीकार गर्दै आएको थियो।
चुनावी सर्वेक्षणमा मोदीको दल भारतीय जनता पार्टीले बहुमत पाउने र उनी भारतको प्रधानमन्त्री हुनसक्ने नतिजा देखिएपछि अमेरिकाले आफ्नो अडान लचिलो बनाउन थालेको थियो। मोदीले जित्ने सम्भावनाको आँकलन समयमै गर्न नसकेकोमा भारतका लागि अमेरिकी राजदूत न्यान्सी जे पावेलले पदबाटै राजीनामा दिनुपरेको थियो।