अस्ट्रेलिया (एजेन्सी)- एक महिनादेखि वेपत्ता मलेसियन जहाजको खोजीकार्यमा संलग्न अन्तर्राष्ट्रिय प्रयास शुक्रबारदेखि हिन्द महासागरको सानो क्षेत्रमा खुम्चिएको छ। एमएच३७० को रहस्य अब समाधान हुने अधिकारिहरूको विश्वास छ।खोजीको नेतृत्व सम्हालेका अस्ट्रेलियन एजेन्सीका अनुसार, बिहीबार नयाँ ध्वनी सिग्नल पत्ता लागेपछि, खोजीकार्यमा अब उनीहरुले सानो क्षेत्रमा सबैभन्दा प्रभावशाली उपाय अपनाउने भएका छन्।
सबैभन्दा पछिल्लो ध्वनी सिग्नलले अघिल्ला चार सिग्नललाई जहाजको ब्ल्याकबक्सकै हो भन्ने कुरालाई थप विश्वस्त पारेको छ। "सिग्नलबारे थप अध्ययन गर्न जरूरी छ, तर मानव निर्मित सामग्रीकै हुन सक्छ," अस्ट्रेलियन टोलीका प्रमुख एंगस ह्युस्टनले विज्ञप्तीमार्फत जानकारी दिए।
एक महिना अघिदेखि रहस्यमय तरिकाले हराइरहेको मलेसियन विमान एमएच ३७० को खोजी हवाई क्षेत्रको इतिहासमै सबैभन्दा महङ्गो खोजी तथा उद्दार भएको छ। ब्ल्याकबक्समा रेकर्ड हुने ककपिट डाटाले रहस्यलाई उजागर गर्न सक्ने छ। ब्ल्याकबक्समा हुने ब्याट्रीको ३० दिनको समय लगभग समाप्त हुँदैछ। समाप्त भए त्यसले सिग्नल दिन मात्रै बन्द हुन्छ, डाटा भने रहिरहन्छ।
दुई साताअघि स्याटलाइट पिङ्गको आधारमा अस्ट्रेलियाबाट लगभग २५ सय किलोमिटर पश्चिम हिन्दमहासागरको (नेपालको क्षेत्रफलभन्दा निकै फराकिलो) क्षेत्रमा खोजी कार्य सुरु गरिएको थियो । अघिल्लो साता 'ब्ल्याकबक्सको जस्तो' िसग्नल फेला परेपछि शुक्रबारदेखि खोजी क्षेत्र खुम्चिएर जम्मा ६०० वर्ग किलोमिटरभित्र (काठमाडौं उपत्यका जत्रो) मा सिमित पारिएको छ। अधिकारीहरू ब्ल्याकबक्स फेला पर्नेमा लगभग निश्चित छन्।
गत फागुन २५ गते क्वालालम्पुरबाट बेइजिङको लागि २२७ यात्रु र १२ चालक दलसहित उडेको मलेसियन बोइङ ७७७ हिन्द महासागरमा 'दुर्घटनाग्रस्त' घोषणा भएपनि ठोस आधार अझै फेला परेको छैन।
सिएनएनले जनाए अनुसार पछिल्लो सिग्नल एमएच ३७० को ब्ल्याकबक्सको "नहुन सक्ने" अधिकारीले संकेत गरेका छन्। "मलाई प्राप्त जानकारी अनुसार बिहिबार प्राप्त सिग्नल एमएच ३७० कै हो भन्ने अहिलेसम्म कुनै ठोस आधार फेला परेको छैन," एंगस ह्युस्टनले भने।
शुक्रबारै अस्ट्रेलियाली प्रधानमन्त्री टोनी एबोटले चीनमा 'पछिल्लो सिग्नल एमएच३७० कै हुनसक्ने विश्वास अधिकारीहरूलाई भएको' पत्रकारहरूलाई बताएको सिएनएनले जनाएको छ।

अपडेट (नेपाली समय १०ः१०)