काठमाडौं, चैत्र १ (एजेन्सीहरू)- गत शनिबारदेखि बेपत्ता मलेशियन एयरलाइन्सको बोइङ ७७७ विमान अपहरणमा परेको मलेशियन अधिकारीले शनिबार जनाएका छन् । उक्त जहाजको सुचना प्रणाली बन्द गरेर कुनै उडानमा जानकारले अपहरण गरेको निधोमा अधिकारी पुगेका छन् । तर अपहरण हुनका कारण खुलाएका छैनन् । मलेशियाको क्वालालाम्पुरबाट बेइजिङको लागि उडेको एमएच ३७० फ्लाइट नम्बरको उक्त जहाज उडेको २६ मिनेटपछि सम्पर्क विहिन छ । जहाज अन्तिम पटक १७:२१ युटिसी (समय) मा ३५ हजार फिटको उचाइमा मलेशियाको उत्तरपूर्व थाइल्यान्डको खाडीमाथि सिभिलियन राडारमा देखा परेको थियो । विमानमा चालकदलसहित २३९ सवार छन् । जहाजको अन्तर्राष्ट्रिय खोजी कार्य युद्धस्तरमा जारी रहेको छ ।
'मानविय हस्तक्षेप' भएको ठोकुवा
उक्त जहाजको ट्रान्स्पोन्डर बन्द भएको १२ मिनेटपछि सुचना प्रणाली बन्द भएको थियो । "अकस्मात आपत आइलागेको वा विष्फोट भएको भए सबै प्रणाली एकै पटक बन्द हुने थिए" नाम नखुलाउने शर्तमा अमेरिकी अधिकारी भन्छन्, "र यी प्रणाली ककपिटबाट बन्द गर्न सकिन्छ । त्यसकारण पनि मानविय हस्तक्षेप भएको देखिन्छ ।"
मिलिटरी राडारमा 'देखा परेको'
मलेशियाली अधिकारीका अनुसार सिभिलियन राडारमा बेपत्ता भएको केही बेरपछि पेनाङ नजिकैको मिलिटरी राडारबाट उक्त 'बोइङ ७७७' करिब २०० माइल उत्तरपश्चिममा देखा परेको थियो । "कुनै कलसाइन नभएको जहाज २९ हजार ५०० फिटको उचाइमा भारतिय अन्डमन टापुतिर जाँदै थियो" अधिकारीले नाम नखुलाउने शर्तमा भने, "नेभिगेशन र उडानमा दक्षले मात्र सबै सुचना प्रणाली बन्द गरेर जहाज फन्को लगाएर अन्तै पुर्याउने कार्य गर्न सक्छ ।" मिलिटरी राडारमा देखिए अनुसार जहाजले पटक पटक उचाइ र उडान मार्ग परिवर्तन गरेको थियो ।
इन्जिनले घन्टौसम्म 'पिङ्ग' गर्दै थियो
उत्तर अमेरिकी अधिकारीको हवाला दिँदै अमेरिकी मिडियाले उक्त जहाजले अन्तिम पटक देखा परेको समयपछि पनि घन्टौंसम्म स्याटलाइटलाई अटोमेटेड 'पिङ्ग' (नेटवर्क संकेत) गरेको जनाएका छन् । यसकारण राडारमा बेपत्ता भएपछि पनि विमान चार घन्टाभन्दा बढी उडेको अर्थात एक हजार माइल यात्रा गरेको उनीहरूको अनुमान छ ।
हिन्द माहासागरमा खोजी तिब्र
मलेशियाले आफ्नो मिलिटरी राडारमा उत्तरपश्चिममा जहाज देखापरेको र घन्टौसम्म स्याटलाइट 'पिङ्ग' भएको संकेत पाएपछि अन्तर्राष्ट्रिय समुदायलाई हिन्द माहासागरमा खोजीकार्य गर्न आह्वान गरेको छ । जस अनुसार मुख्य रूपमा अमेरिका र भारत खोजी कार्यमा लागेका छन् । तर हिन्द महासागर विशाल भएकोले पत्ता लगाउन मुस्किल हुने विज्ञ बताउँछन् । "हिन्द महासागरमा खोज्नु सजिलो छैन, यो त चेसको बोर्डमा खोज्नु र फुटबल फिल्डमा खोज्नुको फरक हो" अमेरिकी नेभीका विलियम मार्क्स् भन्छन् ।
अमेरिकी अधिकारीको हवाला दिंदै एपीले लेखेअनुसार अनुसन्धानकर्ता 'मानविय हस्तक्षेप'मा केन्द्रित छन् । "अापराधिक कार्य पनि हुन सक्छ" मिडियामा आउन नमिल्ने ति अधिकारी भन्छन् "जहाज कतै ल्यान्ड भएको पनि हुनसक्छ" उनि थप्छन्, "तर अझै ठोस प्रमाण फेला परेको छैन यसमा को संलग्न छ ।"
(थप अपडेट १४:१५ नेपाली समय)
मलेशियाका प्रधानमन्त्री नाजिव रजाकले शनिबार पत्रकार सम्मेलन मार्फत जहाजको सञ्चार प्रणाली जानीबूझी बन्द गरिएको र जहाजबाट अन्तिम संकेत क्वालालम्पुरबाट उडेको ७ घन्टापछि आएको जानकारी दिएका छन् । यसको मतलब जहाज मध्य एशिया वा हिन्द महासागरको दक्षिण कतै पनि पुगेको हुन सक्ने उनले बताए । "एमएच ३७० को खोजी कार्यले नयाँ मोड लिएको छ", पत्रकार सम्मेलनमा उनले भने, "हामी आशा गरौं यो नयाँ सुचनाले हामीलाई विमान पत्ता लगाउन सहयोग पुर्याउँछ ।" उनले अधिकारीहरू अब दुई सम्भावित क्षेत्रमा खोजी कार्य गर्ने जानकारी दिए- उत्तरी थाइल्यान्डदेखि काजकिस्तानको सिमा र तुर्केमिनिस्तानसम्म र दक्षिणतर्फ हिन्द महासागरको दक्षिण । उनले शुरूको सम्भावित स्थल चीनको दक्षिणी सागरमा खोजी कार्य बन्द हुनु पर्ने बताए । र यो नयाँ सम्भावित स्थलहरू स्याटलाइटको सुचनामा आधारित रहेको जानकारी दिए । तर विमानको अपहरण भएको वा नभएको नाजिवले कुनै जानकारी भने दिएनन् ।
यसअघि अनुशन्धानमा सलग्नमध्येका एक मलेशियन अधिकारीले अमेरिकी समाचार संस्था एपीलाई आफ्नो नाम नखुलाउने सर्तमा विमान 'अपहरण'मा परेको निश्चयमा पुगेको जानकारी दिएका थिए । उनले शनिबार बिहान एपीलाई भने "जहाज अपहरणमा परेको अनुमान रहेन, यो निश्चय हो । तर कता र किन लगियो पत्ता लागेको छैन ।" ति अधिकारीले एपीलाई 'जानीबूझी सञ्चार प्रणाली बन्द गरिनु, पत्ता लागेको पछिल्लो उडान मार्ग, र राडारले नभेट्ने मार्ग लिनु' नै अपहरणको निश्चयमा पुगिने प्रमाण भएको बताएका थिए ।