आफूविरुद्ध भारतलाई नउक्साउन अमेरिकालाई चीनको कडा चेतावनी
१२ कार्तिक २०७७
•
२ मिनेट पाठ
आफूविरुद्ध भारतलाई नउक्साउन अमेरिकालाई चीनको कडा चेतावनी
चीनले भारतलाई आफूविरुद्ध नउक्साउन अमेरिकालाई चेतावनी दिएको छ।  

भारत भ्रमणका क्रममा अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले आफूविरुद्ध विभिन्न आरोप लगाएलगत्तै चीनले कडा शब्दमा विराेध जनाएकाे हाे।

भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री पम्पिओले चीन प्रजातन्त्र, कानुनी शासन र पारदर्शिताविपरीत हिँडेको भन्दै विरोध गरेका थिए।  

त्यसलगत्तै भारतस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी जथाभावी नबोल्न चेतावनी दिएको हो। साथै चीनले आफू र भारतबीचको सीमासम्बन्धी विवाद दुई देशको मामिला रहेको भन्दै त्यसमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।  

‘सीमासम्बन्धी समस्या चीन र भारतबीचको कुरा हो। जुन समाधानका लागि दुई पक्षबीच कूटनीतिक तथा सैन्य माध्यममार्फत वार्ता गरिरहेका छौं। हामीबीचका मतभेद समाधान गर्न हामीसँग विवेक र क्षमता छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसमा तेस्रो पक्षलाई हस्तक्षेपका लागि कुनै स्थान छैन।’

विदेशमन्त्री माइकल पोम्पिओलगायत अमेरिकाका वरिष्ठ अधिकारीले झुट कुरा दोहोर्‍याइरहेकाे उल्लेख गर्दै चीनले आफूविरुद्ध भइरहेको प्रहार अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिका आधारभूत सिद्धान्तको उल्लंघन भएको उल्लेख गरेकाे छ। 

‘यसरी यस क्षेत्रका अन्य देशलाई चीनविरुद्ध उक्साएर युद्ध निम्त्याउने मानसिकताको चीन कडा विरोध गर्छ,’ विज्ञप्तिमा भनिएको छ।  

आफू सधैं शान्ति र विकासका पक्षमा रहेको उल्लेख गर्दै चीनको विरोध गरेर अमेरिका विश्वमा आधिपत्य स्थापित गर्ने दाउमा रहेको आरोप पनि चीनले लगाएको छ।  

त्यस्तो मानसिकता त्याग्न चीनले अमेरिकालाई चेतावनी दिएको छ। 

यो पनि पढ्नुहोस्

चीनतर्फ औंला तेर्स्याउँदै अमेरिकाले भन्यो : हामी भारतको साथमा छौं
अर्को समाचार
चीनमा बिनाकारण ७३ तल्ले भवन हल्लिएपछि . . .
०५ जेष्ठ २०७८
•
१ मिनेट पाठ
चीनमा बिनाकारण ७३ तल्ले भवन हल्लिएपछि . . .
मंगलबार चीनमा एउटा अनौठो घटना घटेको छ। दक्षिण चीनको सेनजेन शहरमा ७३ तल्ले सि.इ.जी प्लाजा अचानक हल्लेको थियो। त्यस समयमा भूकम्प गएको कुनै पनि रेकर्ड नरहेको त्यहाँको भूगर्भ विभागले जनाएको छ।  

९ सय ८० फिट रहेको सो प्लाजा सन् २००० मा निर्माण भएको थियो। यो अग्लो भवन अचानक हल्लिएपछि त्यहाँको मानिसहरु भागाभाग गरेका थिए। सेनजेन सहरको बीचमा रहेको यो भवनलाई ठूलो सपिङ सेन्टर भनेर चिनिन्छ।  

चीनको अग्लो भवनको सूचीमा यो भवन १०४ औँ स्थानमा रहेको छ। विश्वको अग्लो भवनको सूचीमा भने २ सय १२ औँ स्थानमा रहेको छ। २० वर्ष पूरानो भवन हल्लिएको विषयमा अनुसन्धान भइरहेको एजेन्सीले जनाएको छ।  

मांगलबार घटना भएको केही घन्टामा नै  यस भवनलाई खाली गराइएको थियो। कुनै पनि भवन र मानवीय क्षति भने भएको छैन। यस भवनमा विद्युतीयको बजार पनि लाग्ने गरेको छ। यस भवनको भिडियो भने सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

ऐजेन्सीको सहयोगमा
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस