न्युयोर्क, भदौ १७ (एजेन्सी)- एण्डी रोडिकले शुक्रबार अस्ट्रेलियाली किशोर बेर्नार्ड टोमिकमाथि ६-३, ६-४, ६-० को विजय हासिल गर्दै सन्याँसलाई पर सारेका छन्। अघिल्लो दिन युएस ओपनपछि सन्याँस लिने घोषणा गरेका रोडिक ८७ मिनेटको मेहनतपछि प्राप्त जितबाट प्रतियोगिताको तेस्रो चरणमा पूगेका छन्।
सन्याँसको घोषणा गरिसकेका कारण शुक्रबारको खेल उनको करियरको अन्तिम हुनसक्ने थियो। त्यसैले २००३ मा आर्थर आशेमा उपाधि जितेका उनलाई हौसला दिन ठूलो संख्यामा समर्थक उपस्थित थिए। शुक्रबारको जितपछि रोडिकले कम्तीमा थप एक खेल खेल्ने पक्का गरेका छन्।
'यो खेलको जित मेरा लागि धेरै भाभुक भयो। समर्थकको माया अझै विशेष रहयो। मलाई टेनिसको मोहले गर्दा प्रतियोगितामा अझै माथिसम्म जाने मोह पलाएको छ। उपाधि जित्नका लागि नभएपनि थप टेनिस खेल्नका लागि म जितिरहन चाहन्छु,' रोडिकले भने।
३० वर्षे अमेरिकी खेलाडीले तेस्रो चरणमा ५९ औं वरियताप्राप्त इटालीयन प्रतिद्धन्दी फाबियो फगनिनीसंग खेल्नेछन्। 'आज मैले सहज रुपमा खेलिरहेको थिइन। त्यो मेरो अन्तिम खेल हुन सक्थ्यो, त्यसैले के हुने हो भन्ने कुराले म धेरै 'डिस्टर्ब' थिए। म करियरमै कहिल्यै यस्तो नर्भस भएको थिइन। खासमा यो जित मेरा लागि नै आश्चर्यजनक भयो,' भाभुक रोडिकले खुसी साटे।
साविक विजेताहरु नोभाक जोकोभिच र सामान्था स्टोसुर सोझो सेटमा विजय हासिल गर्दै अगाडि बढदा वेलायती किशोरी लाउरा रोव्सनले नवौ वरियताकी चिनीया लि नालाई घर फर्काइन। तीन पटककी च्याम्पियन किम क्लाईस्टर्सपछि युएस ओपनबाट चाढै घर फर्कनेमा नाको नाम लेखियो।
१८ वर्षे रोव्सनले २०११ को फ्रेन्च ओपन विजेता लि नालाई ६-४, ६-७ (६/७), ६-२ ले हराएकी थिइन। चौथो चरणमा स्थान पक्का गरेकी रोव्सनले शीर्ष १० वरियताको खेलाडी हराएको यो करियरमै पहिलो हो। 'खेल निकै कठिन थियो। मलाई यो जितले विशेष हौसला मिलेको छ। आगामी दिनमा पनि आफ्नो तर्फबाट सतप्रतिसत मेहनत गरेर अझै राम्रो नतिजा ल्याउने प्रयास गर्नेछु,' उनले भनिन।
अस्ट्रेलियामा जन्मेर ६ वर्षको उमेरमा वेलायत लागेकी ८९औं वरियताप्राप्त रोव्सनले तीन पटककी युएस ओपन विजेता क्लाईस्टर्सलाई दोस्रो चरणमा हराएर उनको करियरमा पुर्णविराम लगाएकी थिइन। विश्व वरियताक्रमको शीर्ष सयमा पर्ने सवभन्दा कम उमेरकी रोव्सन १९९८ को विम्बल्डनमा साम स्मिथपछि ग्राण्ड स्लामको चौथो चरण पुग्ने तथा १९९१ मा जो डुरीपछि अन्तिम १६ पुग्ने पहिलो वेलायती खेलाडी बनेकी छिन्।
तीन पुर्व विजेताहरु तेस्रो वरियताप्राप्त रुसी स्टार मारिया सारापोभा, सातौ वरियताका अर्जेन्टिनी हुँवा मार्टिन डेल पोर्टो र अस्ट्रेलियाका लेट्टोन हेविट जितका साथ अगाडि बढे। यसैगरी विश्व नम्बर एक तथा अस्ट्रेलियन ओपन विजेता बेलारुसकी भिक्टोरिया अजारेन्का चीनकी झेङ जीलाई ५९ मिनेटमा ६-०, ६-१ को सोझो सेटमा हराउदै अन्तिम १६ प्रवेश गरिन। उनले अव जर्जियाकी एना तातिश्भिलीसंग खेल्नेछिन्।
दोस्रो वरियताका सर्वियाली खेलाडी जोकोभिचले ब्राजिलका रोजेरियो डुट्रा सिल्भामाथि ६-२, ६-१, ६-२ को सोझो सेटमा विजय हासिल गर्दा ९९ मिनेट समय खर्चिए। नतिजा सहज देखिएपनि अत्यन्तै हावा लागेकाले खेल कठिन भएको बताउने जोकोभिचले आगामी चरणमा ३१ औं वरियताप्राप्त फ्रान्सेली जुलियन बेनेटिउसंग खेल्नेछन्। बेनेटिउले रुसमा जन्मेका अमेरिकी किशोर खेलाडी डेनिस नोभिकोभलाई हराएका थिए।
गतवर्ष युएस ओपनपछि कुनै उपाधि जित्न नसकेकी स्टोसुरले ३१ औं वरियताप्राप्त अमेरिकी खेलाडी भार्भारा लेप्चेन्कोमाथि ७-६ (७/५), ६-२ को नतिजामा हराइन। २००६ की च्याम्पियन सारापोभाले २ सय ५२ औं वरियताकी अमेरिकी मालोरी बुर्डेटेमाथि ६-१, ६-१ को सहज जित दर्ता गराउदै १९ औं वरियताप्राप्त नादिया पेट्रोभाविरुद्धको अन्तिम १६ भिडन्त पक्का गरिन।
यसैगरी २००९ का विजेता डेल पोर्टोले अमेरिकी रायन ह्यारीसनमाथि चार सेटसम्म संघर्ष गर्दै ६-२, ६-३, २-६, ६-२ को जितदर्ता गराए। अन्तिम १६ मा डेल पोर्टोले आफ्नै देशका लियोनार्दो मेयरसंग प्रतिस्पर्धा गर्नेछन्। २००१ का विजेता हेविटले लक्जेम्बर्गका जाइल्स मुलरसंग पाँच सेटसम्म चलेको खेलमा ३-६, ७-६ (७/५), ६-७ (५/७), ७-५, ६-४ को नतिजामा विजय हासिल गर्दै चौथो वरियताका स्पेनिस डेविड फेररविरुद्धको भिडन्त पक्का गरे। फेररले डच छनोट खेलाडी इगोर सिजस्लिङलाई ६-२, ६-३, ७-६ (१४/१२) को नतिजामा हराउदै तेस्रो चरणमा स्थान सुरक्षित गरेका थिए।
महिलातर्फ पाँचौ वरिताकी चेक खेलाडी पेट्रा भिटोभाले पाउलिन पर्मेन्टियरलाई सोझो सेटमा हराउदै ११ औं वरियताकी फ्रान्सेली खेलाडी मारियोन बार्टोलीविरुद्धको अन्तिम १६ भिडन्त पक्का गरिन।