अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीवीच फोनवार्ता
०३ जेष्ठ २०७७
•
१० मिनेट पाठ
अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीवीच फोनवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच शुक्रबार साँझ फोनवार्ता भएको छ ।  




प्राप्त समाचारअनुसार उनीहरुबीचको फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड १९ संक्रमणका विरुद्धमा गरिरहेको संघर्षका बारेमा कुराकानी भएको छ ।

त्यस फोनावार्ताका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत अमेरिकाको एक असल मित्र राष्ट्र भएको बताउएका छन्।  

अमेरिकामा राष्ट्रपति ट्रम्पले त्यहाँ रहेका भारतीय अमेरिकीहरुलाई सन्देश दिने क्रममा सो धारणा राखेका हुन् । वासिङ्टनमा सम्वाददाताहरुसँग राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच आफ्नो शुक्रबार साँझ नै फोनवार्ता भएको बताएका छन् ।  

त्यसक्रममा राष्ट्रपति ट्रम्पले भारतीय मूलका अमेरिकी नागरिक तथा सम्वाददाताहरुसँग भने– 'तपाईँहरुका प्रधानमन्त्री नरेन्द्र मोदी मेरा एक असल मित्र हुनुहुन्छ, हाम्रो आज मात्र पनि कुराकानी भएको थियो ।'  

भारत अमेरिकाको एक असल मित्र राष्ट्र हो भन्दै  उनले भने – हामी दुवै देश यतिखेर कोभिडको महामारीका विरुद्धमा लडिरहेका छौँ र हामीले यस महामारीविरुद्धमा विजय प्राप्त गर्नका लागि एक आपसमा सद्भाव र शुभकामना पनि साटासाट गरेका छौँ ।  

अमेरिकाले भारतसँग निकै नजकिको सम्बन्ध कायम गरेर सहमति र सहकार्य गरिरहेको पनि उनले जानकारी दिएकाे समाचारमा बताइएको छ ।  

राष्ट्रपति ट्रम्पले त्यस अवसरमा अमेरिकामा ठूलो संख्यामा भारतीय नागरिकहरु बसिरहेको र उनीहरु र अमेरिकी नागरिकबीच असल सम्बन्ध पनि रहेको बताएका छन्।  

उनले कोभिडका विरुद्धमा पनि अमेरिका र भारतले आपसमा मिलेर सहकार्यका साथ काम गरिरहेको भन्दै यस महामारीका विरुद्धमा भारतीय र अमेरिकी वैज्ञानिकहरु मिलेर खोप पत्ता लगाउने कार्यमा पनि लागिपरेको जानकारी गराएका थिए।  

अमेरिकी राष्ट्रपति ट्रम्प यसैवर्षको फेबु्रअरीमा आफ्ना परिवारसहित भारतको भ्रमणमा आएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गत वर्ष अमेरिकाको भ्रमण गरेका थिए ।  

कोभिड १९ को महामारी सुरु भएपछि पनि भारतले अमेरिकालाई केही औषधीहरु सहयोग गरेको थियो । त्यस सहयोगले पनि अमेरिका र भारतबीचको सम्बन्ध एक आपसमा सुमधुर बनाएको बताइएको छ ।  

यता भारत पनि पछिल्ला केही हप्तामा कोभिडको महारमारीको चपेटामा परेको छ । यहाँ आजसम्म ८५ हजार ९४० जना संक्रमित भएका छन् । त्यहाँ २ हजार ७०० भन्दा बढीको ज्यान गएको बताइएको छ ।  

उता अमेरिका यो महामरीबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ज्यान जाने नागरिकको संख्या ८८ हजार ५०७ जना पुगेका छन् ।  

त्यसैगरी अमेरिकामा मात्र संक्रमणमा पर्ने नागरिकको संख्या १४ लाख ८४ हजार २८५ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । त्यसैगरी विश्वमा यस संक्रमणबाट ज्यान जानेको संख्या ३ लाख ८ हजार ६७६ जना रहेको छ । त्यसैगरी यस संक्रमणका पूरै संक्रमितको संख्या भने ४६ लाख २९ हजार ४०७ जना पुगेको प्राप्त पछिल्लो समाचारमा बताइएको छ । 
अर्को समाचार
एआई, नक्कली भिडियो, गलत सूचनाको प्रभावमा भारतीय चुनाव
२४ वैशाख २०८१
•
३ मिनेट पाठ
एआई, नक्कली भिडियो, गलत सूचनाको प्रभावमा भारतीय चुनाव
भारतमा चुनाव भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीका दुई शीर्ष सहयोगीको भाषण तोडमोड गरिएको भन्ने विषयको अनुसन्धान र प्रतिद्वन्द्वी कांग्रेस आईका केही कार्यकर्ता पक्राउ परेको घटना अधिक चर्चामा छ।




यो चुनावलाई भारतको पहिलो कृत्रिम बौद्धिकता (एआई) भनिएको छ। यी सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीले गत साता भाजपाका नेताहरूको नक्कली भाषण बनाएर सामाजिक सञ्जालमा प्रवाह गरिएको बताएका थिए।  

बलिउड कलाकारले मोदीको आलोचना गरेका नक्कली भिडियोहरूका बारेमा यसअघि नै अनुसन्धान गरिरहेको भारतीय प्रहरीले अहिले संघीय गृहमन्त्री अमित साहले बोलेको भनिएको एक भिडियो क्लिपका विषयमा छानबिन अगाडि बढाएको छ।

एक चुनावी भाषणमा साहले ‘भारतका केही अल्पसंख्यकले हाल पाइरहेका सामाजिक सुरक्षाका ग्यारेन्टीहरू बन्द गरिने छ’ भनेको क्लिप सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। यो भनाइले लाखौं मतदातालाई प्रभाव पार्न सक्ने मानिएको छ।

सामाजिक सञ्जाल एक्समा साहले आफूले बोलेको र नक्कली भिडियो दुवै पोस्ट गरेका छन्। उनले यो बिषयको सत्यतथ्य बुफ्न प्रहरी अनुसन्धानका लागि निर्देशन दिइसकेको बताएका छन्।

यो मामिलामा प्रहरीले गत साता असम, गुजरात, तेलंगाना र नयाँदिल्ली राज्यबाट प्रतिपक्षी कांग्रेसको सामाजिक सञ्जाल टिमका ६ जनासहित कम्तीमा नौजनालाई उक्त नक्कली भिडियो सामाजिक सञ्जालमा फैलाएको आरोपमा गिरफ्तार गरेको छ। तीमध्ये कांग्रेसका पाँचजनलाई रिहा गरिएको छ।

भिडियो सेयर गरेको आरोपमा शुक्रबार कांग्रेसको सामाजिक सञ्जालका राष्ट्रिय संयोजक अरूण रेड्डीलाई गिरफ्तार गरिएको छ। कांग्रेस कार्यकर्ताले सामाजिक सञ्जालबाट गिरफ्तारीविरुद्ध अभियान थालेका छन्। कांग्रेस विधायक मनिकम टैगोरले राज्यसत्ताले शक्तिको तानाशाही हिसाबले दुरूपयोग गरेको बताएका छन्।

गलत सूचना प्रवाह

भारतमा विभिन्न चरणमा अप्रिल ९ देखि सुरु भएको निर्वाचन जुन १ मा सकिनेछ। भारतीय निर्वाचन विश्वकै सबैभन्दा ठुलो प्रजातान्त्रिक अभ्यास मानिन्छ। लगभग एक अर्ब मतदाता र ८० करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता प्रत्यक्ष रूपमा जोडिएको यो निर्वाचनमा गलत सूचना प्रवाहलाई सम्बोधन गर्नु चुनौतीपूर्ण छ।

गलत सूचना प्रवाह रोक्न प्रहरी र निर्वाचन अधिकारी चौबीसै घण्टा निगरानीमा जुटेका छन्। यी निकायले विवादास्पद पोस्टिङलाई फेसबुक र एक्सबाट तत्काल हटाउन आदेश दिएका छन्।

निर्वाचनका क्रममा चर्चाको शिखरमा उत्तर प्रदेशका मुख्यमन्त्री तथा मोदीका सहयोगी योगी आदित्यनाथले बोलेको भनेर राखिएको भिडियो पनि रहेको छ।

गत साता सार्वजनिक गरिएको सो भिडियोमा मुख्यमन्त्री योगीले सन् २०१९ मा भएको आतंकवादी हमलामा मृतकका परिवारजनको हितमा प्रधानमन्त्री मोदीले पर्याप्त हिसाबले काम नगरेको भनेर आलोचना गरेको देखाइएको छ।

प्रहरीले एआईको सहयोगमा नक्कली भिडियो बनाइएको जनाएको छ। योगीको मौलिक भनाइलाई तोडमोड गरेर उक्त भिडियो बनाइएको प्रहरीको कथन छ।  

इन्टरनेट प्रयोगकर्ताको ठेगानाका आधारमा प्रहरीले श्याम गुप्तालाई मे २ तारिखमा गिरफ्तार गरेको छ। प्रहरीले गुप्तामाथि जालसाजी र शत्रुतालाई बढवा दिएको आरोप लगाएको छ। आरोप प्रमाणित भएमा उनलाई सात वर्षसम्म जेल सजाय हुन सक्छ।

प्रहरी अधिकारीले पक्राउ गरिएका गुप्ता प्राविधिक व्यक्ति नभएको र उनीसँग यथेष्ट प्राविधिक ज्ञान भएको भए यति छिटो पक्राउ गर्न सम्भव नहुने बताएका छन्। –रोयटर्स 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस