इजरायलको आक्रमण खेपेकै दिनमा इरानमा अर्को आतंकवादी हमला भएको छ। बलुचेस्तान प्रान्तको तफ्तान काउन्टीमा भएको भिडन्तमा इरानका १० सुरक्षा अधिकारीको मृत्यु भएको छ।
आतंकवादीसँगको सशस्त्र भिडन्तमा १० प्रहरी अधिकारी र सैनिकको मृत्यु भएको तेहरान टाइम्सले जनाएको छ।अज्ञात बन्दुकधारीहरूले प्रहरी गस्तीमा आक्रमण गरेपछि झडप भएको थियो।
यद्यपी आक्रमणको जिम्मा इरान भित्र जैश अल अदल भनेर चिनिने आतंकवादी समूहले लिएको छ। घटना स्थल तेहरानबाट करिब १२०० किलोमिटर दक्षिणपूर्व पाकिस्तान नजिक पर्छ।
इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनाको तत्काल छानबिन गर्न आदेश दिएका छन् । आफुलाई न्याय र समानताको सेना ठान्ने यो समूहले सरकारलाई बेला बखतमा धक्का दिदै आएको छ।
इरानमा जारी गर्मीका कारण पानीको चरम अभाव भइरहेका बेला इरानी अधिकारीले त्यहाँका बासिन्दालाई पानीको खपत सीमित गर्न आग्रह गरेका छन्।
विशेषगरी, इरानका दक्षिणी प्रान्तमा पानीको अभाव एक प्रमुख मुद्दा हो। खानेपानी अभावका लागि भूमिगत स्रोतको सही व्यवस्थापन नहुनु र हिफाजत नगर्नु वा अत्यधिक खर्च गर्नुका साथै जलवायु परिवर्तनको बढ्दो प्रभावलाई दोषी ठहराइएको छ।
शनिबार राष्ट्रिय मौसम सेवाले इरानमा अहिलेसम्मकै सबैभन्दा गर्मी हप्ता रेकर्ड भएको र केही क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी रहेको जनाएको थियो।
तेहरान नगर परिषद्का अध्यक्ष मेहदी चाम्रानले भने, ‘नागरिकले पानीको मागको दबाब कम गर्न मुहानको संरक्षण र पानीको हिफाजतपूर्ण प्रयोग गर्नुपर्ने देखिएको छ।’
इरानका अधिकारीले हालैका दिनमा यस्तै अपिल जारी गर्दै धेरै प्रान्तका बासिन्दालाई पानीको प्रयोग सीमित गर्न आग्रह गरेका छन्।
तेहरानको प्रान्तीय जल व्यवस्थापन कम्पनीले पानीको अभाव कम गर्न ‘कम्तिमा २० प्रतिशत’ प्रयोग घटाउन आह्वान गरेको छ।
तेहरानलाई पानी आपूर्ति गर्ने बाँधका जलाशय हाल ‘एक शताब्दीको सबैभन्दा न्यून स्तरमा रहेको’ विज्ञप्तिमा जनाइएको छ।
अधिकारीले संकटलाई कम गर्न राजधानीका केही भागमा पानीको चाप घटाएका छन्, जसको परिणामस्वरूप केही क्षेत्रमा ‘१२ देखि १८ घण्टासम्म पानी कटौती’ भएको इरानी पत्रिका जावनले शनिबारको समाचारमा जनाएको छ। एएफपी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...