तेहरानको युरेनियम संवर्धनको विषयमा असहमति भएपछि इरान र अमेरिकी वार्ताकारबिच पाँचौं चरणको आणविक वार्ताका लागि शुक्रबार रोममा भेट भएको छ।
सन् २०१५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा भएको आणविक सम्झौताबाट अमेरिका अलग भएपछि अप्रिलमा सुरु भएको यो वार्ता दुई देशबिच को उच्चस्तरीय सम्पर्क हो।
सत्तामा फर्केपछि ट्रम्पले इरानमाथि आफ्नो ‘अधिकतम दबाब’ अभियानलाई सक्रिय बनाएका छन् र वार्ताका लागि दबाब दिँदै कूटनीति असफल भए सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।
इरानले नयाँ सम्झौता गर्न चाहन्छ जसले उसको अर्थतन्त्रमा असर पार्ने प्रतिबन्धहरू कम गरोस्। ओमानको राजधानी मस्कटमा भएको पछिल्लो वार्ता सम्बर्धनको विषयमा बहसका साथ समाप्त भएको थियो।
यसैबिच , वार्ताअघिको पत्रकार सम्मेलनमा अमेरिकी राजदूत स्टिभ विटकोफले वासिङ्टनले ‘एक प्रतिशत पनि संवर्धनलाई अनुमति नदिने’ बताए।
‘मौलिक मतभेद’
शुक्रबारको वार्ताअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग ‘आधारभूत मतभेद’ कायम रहेको र तेहरानले आफ्ना आणविक स्थलहरूको थप निरीक्षण गर्न तयार रहेको बताए। ‘यदि अमेरिकाले इरानलाई युरेनियम संवर्धन गर्न रोक्न चाहन्छ भने हामीसँग कुनै सम्झौता हुने छैन,’ अराघचीले भने।
संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय भियनास्थित अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को जुनमा हुने बैठक र सन् २०१५ को सम्झौता अक्टोबरमा समाप्त हुनुअघि इटालीको राजधानी रोममा यो वार्ता भएको हो। ‘संयुक्त वृहत् कार्ययोजना’ नामको यो सम्झौताको उद्देश्य इरानलाई आणविक बम बनाउनबाट रोक्नु हो।
इरानले आफ्नो आणविक कार्यक्रममाथि प्रतिबन्ध लगाएर अन्तर्राष्ट्रिय आर्थिक र राजनीतिक प्रतिबन्धबाट राहत पाएको थियो। तर सन् २०१८ मा ट्रम्पले एकतर्फी रूपमा अमेरिकालाई सम्झौताबाट फिर्ता लिएपछि यो रद्द भएको थियो। जवाफमा इरानले आणविक गतिविधि बढायो।
हाल इरानले युरेनियमलाई ६० प्रतिशतमा संवर्धन गरिरहेको छ, जुन सम्झौताको ३.६७ प्रतिशत सीमाभन्दा धेरै तर हतियार–ग्रेडको ९० प्रतिशतभन्दा कम छ। तेहरानका विज्ञहरूले इरान पछि हट्ने सम्भावना नभएको बताएका छन्।
‘यो सरल छ; यदि अमेरिकाले इरानले आणविक संवर्धन रोक्ने अपेक्षा गर्छ भने कुनै सम्झौता हुन सक्दैन,’ इरानी राजनीतिक वैज्ञानिक मोहम्मद मरान्डीले भने।
इरानको आणविक ऊर्जा सङ्गठनका अनुसार इरानको आणविक उद्योगमा १७ हजार मानिस कार्यरत छन् र यो अन्य देशहरूजस्तै हो, जहाँ नागरिक प्रयोगका लागि युरेनियम संवर्धन गरिन्छ।
‘नेदरल्यान्ड्स, बेल्जियम, दक्षिण कोरिया, ब्राजिल र जापानले आणविक हतियारबिना युरेनियम संवर्धन गरेका छन्,’ प्राधिकरणका प्रवक्ता बेहरोज कमालवन्दीले भने। इजरायलसँगको इरानको शत्रुता अमेरिकाका लागि वार्ताको पृष्ठभूमि बनेको छ।
संयुक्त राष्ट्रसङ्घलाई लेखेको पत्रमा अराघचीले भने, ‘यहूदी शासन राज्य (इजरायल)द्वारा इरानको आणविक सुविधाहरूमा कुनै आक्रमण भएमा अमेरिकी सरकार पनि संलग्न हुनेछ र कानुनी जिम्मेवारी लिनुपर्नेछ भन्नेमा हामीमा कुनै शङ्का छैन।’
सीएनएनले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इजरायलले इरानी आणविक सुविधाहरूमा आक्रमणको तयारी गरिरहेको जनाएपछि यो चेतावनी आएको हो।
ह्वाइट हाउसका अनुसार ट्रम्पले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग इरान र वासिङ्टनस्थित इजरायली दूतावासका दुई कर्मचारीलाई गोली हानेर मारिएको घटनाबारे ‘फलदायी छलफल’ गरे।
भियनामा जुनमा हुने आईएईए बोर्ड अफ गभर्नर्सको बैठकअघि यो वार्ता हुनेछ, जहाँ इरानको आणविक गतिविधिको समीक्षा गरिनेछ। सन् २०१५ को सम्झौताले इरानले प्रतिबद्धता पूरा नगरेमा ‘स्न्यापब्याक’ संयन्त्रमार्फत संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागू हुन सक्ने उल्लेख गरेको छ।
सम्झौतामा हस्ताक्षर गरेका बेलायत, फ्रान्स र जर्मनीले युरोपको सुरक्षामा खतरा भएमा यो संयन्त्रलाई गति दिने चेतावनी दिएका छन्। इरानका कूटनीतिज्ञ अराघचीले यस्तो कदमले सम्झौतामा युरोपको भूमिका समाप्त हुनुका साथै तनाव अपरिवर्तनीय रूपमा बढ्ने बताए। (एएफपी)