पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डको दुराअवस्थाका कारण यात्रु तथा सवारी चालकले हैरानी खेप्दै आएका छन्। २०२२ अगस्टमा निर्माण सम्पन्न गर्ने गरि कार्यप्रक्रिया अगाडि बढाइए पनि अहिलेसम्मको निर्माणको अवस्था निकै सुस्त रहेको छ। चितवनस्थित नागरिक संवाददाता वसन्त ढुंगानाको स्थलगत रिपोर्टिङका आधारमा तयार गरिएको एक रिपोर्ट:
नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्याय प्रक्रियामा भएको ढिलाइलाई गत वर्ष भएका हिंसात्मक घटनाको औचित्य पुष्टि गर्ने आधार बनाउन नमिल्ने बताएका छन्। उनले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हरेकपटक हिंसा, आगजनी र विध्वंसको बाटो रोजेर देश अघि बढ्न नसक्ने बताए।
द्वन्द्वका घटना नदोहोरिऊन् भन्नका लागि न्यायको पक्षलाई सम्बोधन गर्नैपर्ने उल्लेख गर्दै ज्ञवालीले द्वन्द्वकालीन घटनाको सत्य स्थापित गर्न तत्काल आयोग गठन गर्नुपर्नेमा जोड दिए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...