जाम कहिले छिचोल्ने?
२३ पौष २०७८
•
३ मिनेट पाठ
जाम कहिले छिचोल्ने?
सामान्य अवस्थामा केही मिनेटको यात्राको दूरी पछिल्ला वर्ष, महिना र दिनमा मिनेटबाट घण्टामा बढ्दै गएको छ। उपत्यकामा बढ्दो सवारी चापका कारण ट्राफिक जाम अहिलेको मुख्य समस्या बनेको छ। बिहान ६ देखि बेलुका ८ बजेसम्मै उपत्यकाका मुख्य सडक, सहायक गल्ली मात्र नभएर भित्री बाटोमा समेत हुने ट्राफिक जाम काठमाडौंवासीको नियती बनेको छ।  




केही वर्षयता निजी सवारीसाधन किन्नेको संख्या बढ्दो छ। दैनिक जसो निजी सवारी साधन किन्ने होडबाजी चलेको छ। अहिले बागमती प्रदेशमा दर्ता सवारीसाधनको संख्या (आव ०७८/७९ कात्तिक मसान्तसम्म) १७ लाख ६ हजार ८ सय ३४ पुगेको छ। जसमध्ये उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन छन्। उपत्यकामा गुड्ने १५ लाख सवारीसाधनमध्ये १३ लाखभन्दा बढी दुई पांग्रे छन्। दैनिक रुपमा सवारीसाधन थपिने क्रम जारी नै छ। दिनप्रति दिन सडकमा सवारीको चाप बढेकाले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सह–प्रवक्ता सुशिल जंग शाहको भनाइ छ। ‘एक दिनमा एक सय ५० देखि एक सय ५५ वटा मोटरसाइकलहरु काठमाडौं भ्यालीमा दर्ता भइरहेका छन्,’ शाह भन्छन्, ‘चार पांग्रे सवारीसाधन एक दिनमा ५५ देखि ६० सम्म दर्ता भइरहेका छन्।’  

सवारी चापले उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको यातायात व्यवस्था विभागका प्रमुख नमराज घिमिरे पनि स्वीकार्छन्। तर ट्राफिक जाम बढ्नुमा सवारीसाधनको मात्रै मुख्य भूमिका नभएको उनी बताउँछन्। ‘सडकको क्षमताभन्दा यातायातको संख्या बढेको छ। जसका कारण ट्राफिक जाम बढेको हो, तर सवारीसाधन धेरै भएर मात्रै नभई व्यवस्थापनको कारण पनि जाम बढेको हो।’ सडक र त्यससँग सम्बन्धित अन्य उपकरणको प्रयोग अभावका कारण जाम बढेको घिमिरेको ठम्माइ छ।

सडक र सवारीको सम्बन्ध पर्यायवाची जस्तै हुन्छ। सडक र यातायातसँग जोडिएका विभिन्न पक्षमध्य सडकको खराब अवस्थाका कारण दुर्घटनासँगै ट्राफिक जाम पनि बढ्दछ। सवारी व्यवस्थापनसँग सम्बन्धित सडक विभाग पनि एक प्रमुख निकाय हो। आफूलाई उपलब्ध गराएको स्रोत साधन र क्षमता अनुसार विभिन्न स्थानमा काम गरिरहेको सडक विभागका प्रवक्ता शिवप्रसाद नेपाल बताउँछन्।  

सडक र सवारी एक अर्काका परिपुरक भएपनि नेपालमा भने यातायात र सडकको सम्बन्ध टुटेको सहरी योजनाविद् किशोर थापा बताउँछन्। नेपालमा सडक अनुसारको सवारीसाधन र सवारीसाधन अनुसारको सडक नभएकै कारण समस्या निम्तिएको उनको ठहर छ। ‘याततायात र सडकको सम्बन्ध टुटेको छ जस्तो लाग्छ, सडक अनुसारको सवारीसाधन छैन र सवारीसाधन अनुसारको सडक बनाउन सकेका छैनौ।’ उनी थप्छन्, ‘अधिकांश सडक साँघुरा छन्। पैदल यात्रुको चाप पनि बढ्दो छ। पैदल यात्री र चालकलाई तनावयुक्त अवस्था छ।’  

काठमाडौंमा सवारी जाम बढ्नुको अर्को महत्वपूर्ण कारण हो, सडक पूर्वाधारको अभाव। काठमाडौंमा अहिलेसम्म एउटा पनि फ्लाई–ओभर निर्माण भएको छैन। अधिकांश चोकमा आकाशे पुल छैनन्। मुख्य चोकहरुमा फ्लाई–ओभर राख्न सके सवारी जामको समस्या धेरै हदसम्म हट्ने पूर्वाधार विज्ञ थापा बताउँछन्।  

सडक विभागले उपत्यकाका मुख्यमुख्य चोकमा इन्टरसेक्सन म्यानेजमेन्ट नभएकाले ट्राफिक जाम बढ्दै गएको यातायात व्यवस्था विभागका महानिर्देशक घिमिरेको आरोप छ। योसँगै स्थानीय सरकार र सडकसँग सरोकार राख्ने अन्य नियकायले पनि आवश्यक समन्वयन नगरेको उनको भनाइ छ। ‘साना सडक स्थानीय सरकार मातहत रहन्छन्। सहरी सौन्दर्य करणमा सहरी विकास मन्त्रालय पनि जोडिन्छ’, उनी भन्छन्, ‘महानगरपालिका र सहरी विकास मन्त्रालयसँगै खानेपानी, ढल, विद्युत र सरोकारवाला अन्य नियकयहरुबीच समन्वय नभएकाले ट्राफिक व्यवस्थापनमा चुनौती थपिए हो।’  

अहिलेको मुख्य समस्या निजी सवारी साधनले निम्त्याएको हो भन्नेमा कसैको दुईमत छैन। निजी तथा साना सवारीको चाप यही गतिमा बढ्दै जाने हो भने ट्राफिक व्यवस्थापनमा बिकराल रुप लिने छ। त्यसका लागि सरकारले समयमै वैकल्पिक उपाय अपनाउनु अनिवार्य भइसकेको छ। जसको विकल्पमा सार्वजनिक तथा ठूला सवारी साधनलाई अघि सार्नुपर्ने विज्ञको सुझाव छ।
अर्को समाचार
मोटरसाइकलमा माेबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने, फैसलाकाे पूर्ण पाठ आँउन बाँकी
०९ फागुन २०७९
•
२ मिनेट पाठ
मोटरसाइकलमा माेबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने, फैसलाकाे पूर्ण पाठ आँउन बाँकी
सवारीसाधनमा मोबाइल स्टयान्ड (मोबाइल होल्डर) र गोप्रो (हेलमेट क्यामेरा) राख्न पाउने भएको छ। 




मंगलाबार नागरिक न्युजसँग कुरा गर्दै राइड सेयरिङ कम्पनी सजिलो साथी प्रालिका सिइओ अमीर लामाले मोटरसाइकलमा मोबाइल स्टयान्ड राख्न पाउने फैसला आएको बताएका हुन्। 

उनले भने, ‘हामीले यस बारे मुद्दा दायरा गर्न नमिल्ने भएकोले राइड सेयरिङ सेवा दिने चालकहरुलाई आफ्नो सवारीसाधनमा मोबाइल स्टयान्ड राख्न पाउनुपर्छ भनेर उच्च अदालत पाटनमा निवेदन पेश गरेका थियौँ। अदालतले फागुन ३ गते बुधबार रिट जारी गरेको छ। जसमा मोबाइल स्टयान्ड राख्न अनुमति दिनु भनिएको छ। अब फैसलाको पूर्ण पाठ भने आउन बाँकी नै छ।’

भदै १५ गते ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्टयान्ड राख्न नपाइने बताएको थियो। 

मोटरसाइकलमा मोबाइल स्टयान्ड प्रयोग गर्दा दुर्घटनाको जोखिम समेत बढेकोले सवारीसाधन कम्पनीले दिएको संरचना विपरीत कुनै पनि सामाग्री प्रयोग गर्न रोक लगाएको ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले नागरिक न्युजलाई बताएका थिए। 

उनले भनेका थिए ‘मोटरसाइकलमा यस्ता मोबाइल स्ट्यान्ड प्रयोग गर्दा मोबाइल हेर्दै बाइक चलाउने, नक्सा हेर्न तथा फोटोरभिडियो खिच्न प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेको छ।’

ट्राफिक नियम उल्लंघन गरेमा ५ सयदेखि २ हजारसम्म र यातायात कार्यालयमा पठाउनु पयो भने ५ देखि २० हजारसम्म जरिवाना हुनसक्ने उनले बताएका थिए। 

उक्त विषयमा सजिलो साथी प्रालिकाे  सहकार्यमा कानुन विद्यार्थी  डेभिड चौधरी र आर्यनराज पाण्डेले अदालतमा मंसिर २१ गते रिट दर्ता गराएका थिए। 

यस विषयमा मंसिर २१ गते परेको रिटको सुनुवाइ फागुन ३ गते फैसला भएको छ। फैसलामा मोटरसाइकलमा मोबाइल स्टयान्ड राख्न पाउने र राखेमा जरिवाना गर्न नपाउने उल्लेख गरेको छ। 

यस्तो छ फैसला

पाटन उच्च अदालतका सूचना अधिकारी दिनेश पौडेलका अनुसार फैसलाको पुर्णपाठ आउन १ देखि डेढ महिना लाग्छ। 

उनले भने, ‘अब मुद्दाको फैसला भई सकेको छ। अहिलेलाई संक्षिप्त आदेश आएको छ। पूर्ण पाठ १ देखि डेढ महिनामा आउँछ। अदालतले गरेको आदेश त मन्त्रालयको कानुन सम्बन्धी व्यक्तिले हेरी नै हाल्छ जानकारी हुन्छ। तर संक्षिप्त आदेश मात्र मन्त्रालयलाई जानकारी हुन्छ।'

पौडेलले अब अदालतले गरेको आदेश अनुसारको काम गर्न निवेदकले संक्षिप्त विवरण मन्त्रालयमा पेश गरे अदालतको आदेश लागु हुने बताए। 
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस