सन् १९०१ मा लेखक सुली प्रुँधोलाई पुरस्कार दिने निर्णय गर्दा उल्लेख गरिएकै जस्तो आदर्शको प्रेरणा आज कति सार्थक छ ? आज आदर्शकै परिभाषा फरक छ, जिउने कला फरक छ।
सामान्यतः हृदयलाई कोमलतासँग र मस्तिष्कलाई बौद्धिकतासँग जोडेर हेरिन्छ। एउटा लेखक त्यही कोमलताले भत्किने हो, द्रवीभूत हुने र विषयबोधको गहिरो रहमा डुबुल्किने हो तर त्यो भावुकता मात्र साहित्यको विषय हुन्न...