राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकामा बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
भेटका अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे गराएका थिए।
उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोरको १२ किलोमिटर खण्डमा ट्याक खोल्न बाँकी छ। १२ मध्ये सात किलोमिटर चट्टाने भिर फोड्ने जिम्मा सरकारले सेनालाई दिएको थियो। प्रधानसेनापति शर्माले आगामी आर्थिक वर्षको...