एक खेलअगावै प्लेअफमा पुग्ने लक्ष्य राखेको धनगढी एफसीले बुधबार झापा एफसीसँग हार बेहोरेसँगै जारी नेपाल सुपर लिग (एनएसएल) मा अपराजित यात्रालाई सातौं खेलमा पूर्णविराम लगाएको छ।
बुटवल लुम्बिनीसँग गोलअन्तरले पछि पर्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा शीर्ष चारभित्र रहन असफल पोखरा थन्डर्स जारी दोस्रो सिजनमा भने प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।
बराबरीले दुवै टोलीलाई घाटा भयो।ललितपुर एफसीको शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने लक्ष्य पूरा हुन सकेन भने झापाले पनि यस सिजन पहिलो पटक प्लेअफभित्र प्रवेश गर्ने अवसर गुमाउन पुग्यो।
खेलको दोस्रो मिनेटमा नै लिएको अग्रता जोगाउँदै धनगढी चितवनमाथि साँघुरो जित निकाल्न सफल भयो। दशरथ रंगशालामा भएको आफ्नो छैटौं खेलमा चितवनले तेस्रो हार सामना गरेपछि उसको प्लेअफ सम्भावना निकै कमजोर बनेको छ...
जिततर्पm उन्मुख पोखरा थन्डर्सले अन्तिम समयमा दुई गोल बेहोरेपछि सोमबार काठमाडौं रेजर्ससँग २–१ ले स्तब्ध हुँदै जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।