अपराजित धनगढी शीर्ष स्थानमा
२९ मंसिर २०८०
•
३ मिनेट पाठ
अपराजित धनगढी शीर्ष स्थानमा
चितवनविरुद्ध गोल गरेपछि धनगढीका ओलावाले अफिज (बीच)। तस्बिर : एनएसएल
ओलावाले अफिजको गोल प्रेरणामा धनगढी एफसीले आफ्नो पाँचौं खेलमा पनि अपराजित यात्रा कायमै राख्दै बिहीबार नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ।




गत संस्करणको उपविजेता समेत रहेको धनगढी बिहीबार एफसी चितवनमाथि १-० को साँघुरो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो। यस सिजन धनगढीसँगै दोस्रो स्थानको ललितपुर सिटी एफसी मात्र अपराजित छ।

खेलको दोस्रो मिनेटमा नै लिएको अग्रता जोगाउँदै धनगढी चितवनमाथि साँघुरो जित निकाल्न सफल भयो। दशरथ रंगशालामा भएको आफ्नो छैटौं खेलमा चितवनले तेस्रो हार सामना गरेपछि उसको प्लेअफ सम्भावना निकै कमजोर बनेको छ।

विमल घर्तीमगरले पहिलो हाफको थप समयमा पेनाल्टीमा गोल गर्न नसक्दा चितवनले बराबरीमा फर्किने अवसर गुमाउन पुग्यो।

एफसी चितवनका भारतीय प्रशिक्षक मेहराजुद्दिन वाड्डुले सुरुआतमा नै गोल खाए पनि आफ्ना खेलाडीले अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको बताए।
‘हामीले सुरुमै गोल खायौं। तर, पनि हामीले पहिलो र दोस्रो हाफमा अवसर सिर्जना गर्‍यौं। तथापि, हाम्रा खेलाडीले अवसर सदुपयोग गर्न सकेनन्,’ प्रशिक्षक वाड्डुले भने, ‘हामीले दोस्रो हाफमा दबाब बनाएका थियौं। तर, धनगढीको संगठित डिफेन्सलाई हाम्रा खेलाडीले तोड्न सकेनन्।’

विमलले पेनाल्टी अवसर खेर फालेको प्रति भने उनले कहिलेकाहीँ यस्तो हुने भन्दै उनको बचाउ गरे। ‘विमल राम्रा खेलाडी हुन्। तर, उनी आज चुके। फुटबलरको जीवनमा यस्तो हुन्छ,’ चितवनका प्रशिक्षक वाड्डुले भने।

उनले अब प्लेअफको यात्राका लागि अन्य टोलीको नतिजा पनि भर पर्नुपर्ने भएको उल्लेख गर्दै आगामी खेलमा राम्रो प्रदर्शन गर्नेमा केन्द्रित रहने बताएका छन्। छैटौं खेलमा एक जित, दुई बराबरी र तेस्रो हार बेहारेको चितवन पाँच अंकसहित सातौं स्थानमा छ।

अपराजित धनगढी भने तीन जित र दुई बराबरीका साथ ११ अंक बटुल्दै शीर्ष स्थानमा उक्लियो। समान खेलबाट अर्को अपराजित टोली ललितपुर सिटी एफसी दुई अंकले पछि पर्दै दोस्रो स्थानमा छ। जितपछि धनगढीका प्रशिक्षक युगलकिशोर राईले योजनाअनुरूप नै खेलाडीले प्रदर्शन गरेको उल्लेख गर्दै एक गोलको अग्रता जोगाउन खेलाडी केही दबाबमा परेको पनि बताए।

‘खेलअगाडि मिटिङमा आज धेरै मिहिनेत गर्नुपर्छ भन्ने थियो। सोहीअनरूप खेलाडीले खेले पनि। हामीले सुरुमै गोल गर्‍यौं,’ प्रशिक्षक राईले भने, ‘लामो समयसम्म एक गोलको अग्रता जोगाउन कठिन हुन्छ। त्यस कारण पनि खेलाडी केही दबाबमा देखिए।’
त्यसअघि धनगढीले आफिजले गोलबाट दोस्रो मिनेटमा नै अग्रता लिएको थियो। रोहन कार्कीले राइट साइडबाट दिएको पासलाई आफिजले पोस्टको दिशा दिएका हुन्। पहिलो हाफको इन्जुरी समयमा चितवनले पेनाल्टीबाट खेलमा फर्कने सुन्दर अवसर पायो। तर, सदुपयोग भने गर्न सकेन।

पेनाल्टी बक्समा रिचार्ड ओसेईको ह्यान्ड भएपछि चितवनले पेनाल्टी पायो। तर, विमल गोल गर्न असफल रहे। विमलले राइट साइडमा गरेको प्रहारलाई धनगढीका गोलकिपर टेकेन्द्र थापाले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको अग्रता जोगाए। टिकेन्द्र म्यान अफ दी म्याच पनि भए। उनले चितवनको गोल गर्ने केही उत्कृष्ट अवसर निस्तेज पारेका थिए।

पहिलो हाफमा धनगढी १-० ले अगाडि रह्यो। दोस्रो हाफको सुरुआतमै पनि विमलको प्रहारमा टिकेन्द्र नै बाधक बने। ४८औं मिनेटमा विमलको सशक्त सट टिकेन्द्रले नै उत्कष्ट बचाउ गरे।
 अफ्रिई अक्वाको फ्लिक पास नियन्त्रणमा लिँदै विमलले पेनाल्टी क्षेत्रबाट गरेको सट सफल हुन सकेन। ५३औं मिनेटमा चितवनको खेलमा फर्किने प्रयासमा धनगढीका गोलकिपर टिकेन्द्र बाधक बने।

अफ्रिईको फ्रिकिकमा नवयुग श्रेष्ठको हेडर उनले पन्च गर्दै बाहिर पठाइदिए। त्यसको पाँच मिनेटपछि आशिष चौधरीले खाली पोस्टमा गोल गर्न नसकेपछि धनगढीले अग्रता दोब्बर बनाउने अवसर गुमायो। अफिजले चितवनका गोलकिपर विशाललाई नै बिट गराउँदै दिएको पासमा आशिष चुकेका हुन्।

एक गोलले पछि परेको चितवन दबाबमा रहँदा खेलाडीले केही महत्वाकांक्षी सट प्रयास गरे। तर, सफलता पाउन सकेनन्।
टोरिक जेब्रिनले ७३औं लामो प्रहार गरे पनि सफल हुन सकेन। धनगढीले पनि केही महत्त्वाकांक्षी आक्रमण बुन्यो। तर, धनगढीका रन्दीप पौडेलले ७४औं मिनेटमा गरेको लामो सट चितवनका गोलकिपर विशालका लागि खासै चुनौती बनेन।

चितवनका रफिक अमिनुको ८३औं मिनेटमा हेडर धनगढीका गोलकिपर टिकेन्द्र्रले सहजै नियन्त्रणमा लिए। इन्जुरी समयमा चितवन आक्रामक बन्दै केही अवसर सिर्नना गरे पनि सफल हुन सकेन। चितवनको आक्रमणमा धनगढीका गोलकिपर टिकेन्द्र नै बाधक बने। यससँगै धनगढीले एफसी चितवनमाथि १-० को जित निकाल्यो।
अर्को समाचार
अपराजित धनगढी शीर्ष स्थानमा
२९ मंसिर २०८०
•
३ मिनेट पाठ
अपराजित धनगढी शीर्ष स्थानमा
चितवनविरूद्ध गाेल गरेपछि धनगढीका ओलावाले अफिज (बीच)। तस्वीर: एनएसएल
ओलावाले अफिजको गोलप्रेरणामा धनगढी एफसीले आफ्नो पाँचौं खेलमा पनि अपराजित यात्रा कायमै राख्दै बिहीबार नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ।




गत संस्करणको उपविजेतासमेत रहेको धनगढी बिहीबार एफसी चितवनमाथि १–० को साँघुरो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो। यस सिजन धनगढीसँगै दोस्रो स्थानको ललितपुर सिटी एफसी मात्र अपराजित छ। खेलको दोस्रो मिनेटमा नै लिएको अग्रता जोगाउँदै धनगढी चितवनमाथि साँघुरो जित निकाल्न सफल भयो। दशरथ रंगशालामा भएको आफ्नो छैटौं खेलमा चितवनले तेस्रो हार सामना गरेपछि उसको प्लेअफ सम्भावना निकै कमजोर बनेको छ।

विमल घर्तीमगरले पहिलो हाफको थप समयमा पेनाल्टीमा गोल गर्न नसक्दा चितवनले बराबरीमा फर्किने अवसर गुमाउन पुग्यो।
एफसी चितवनका भारतीय प्रशिक्षक मेहराजुद्दिन वाड्डुले सुरुआतमा नै गोल खाए पनि आफ्ना खेलाडीले अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको बताए।

‘हामीले सुरुमै गोल खायौं। तर, पनि हामीले पहिलो र दोस्रो हाफमा अवसर सिर्जना गर्‍यौं। तथापि, हाम्रा खेलाडीले अवसर सदुपयोग गर्न सकेनन्,’ प्रशिक्षक वाड्डुले भने,‘हामीले दोस्रो हाफमा दबाब बनाएका थियौं। तर, धनगढीको संगठित डिफेन्सलाई हाम्रा खेलाडीले तोड्न सकेनन्।’

विमलले पेनाल्टी अवसर खेर फालेको प्रति भने उनले कहिलेकाहीँ यस्तो हुने भन्दै उनको बचाउ गरे। ‘विमल राम्रा खेलाडी हुन्। तर, उनी आज चुके। फुटबलरको जीवनमा यस्तो हुन्छ,’ चितवनका प्रशिक्षक वाड्डुले भने।

उनले अब प्लेअफको यात्राका लागि अन्य टोलीको नतिजा पनि भर पर्नुपर्ने भएको उल्लेख गर्दै आगामी खेलमा राम्रो प्रदर्शन गर्नेमा केन्द्रित रहने बताएका छन्। छैटौं खेलमा एक जित, दुई बराबरी र तेस्रो हार बेहारेको चितवन पाँच अंकसहित सातौं स्थानमा छ।

अपराजित धनगढी भने तीन जित र दुई बराबरीका साथ ११ अंक बटुल्दै शीर्ष स्थानमा उक्लियो। समान खेलबाट अर्को अपराजित टोली ललितपुर सिटी एफसी दुई अंकले पछि पर्दै दोस्रो स्थानमा छ।
जितपछि धनगढीका प्रशिक्षक युगलकिशोर राईले योजनाअनुरूप नै खेलाडीले प्रदर्शन गरेको उल्लेख गर्दै एक गोलको अग्रता जोगाउन खेलाडी केही दबाबमा परेको पनि बताए।

‘खेलअगाडि मिटिङमा आज धेरै मिहिनेत गर्नुपर्छ भन्ने थियो। सोहीअनरूप खेलाडीले खेले पनि। हामीले सुरुमै गोल ग¥यौं,’ प्रशिक्षक राईले भने, ‘लामो समयसम्म एक गोलको अग्रता जोगाउन कठिन हुन्छ। त्यस कारण पनि खेलाडी केही दबाबमा देखिए।’

त्यसअघि धनगढीले आफिजले गोलबाट दोस्रो मिनेटमा नै अग्रता लिएको थियो। रोहन कार्कीले राइट साइडबाट दिएको पासलाई आफिजले पोस्टको दिशा दिएका हुन्। पहिलो हाफको इन्जुरी समयमा चितवनले पेनाल्टीबाट खेलमा फर्कने सुन्दर अवसर पायो। तर, सदुपयोग भने गर्न सकेन। पेनाल्टी बक्समा रिचार्ड ओसेईको ह्यान्ड भएपछि चितवनले पेनाल्टी पायो। तर, विमल गोल गर्न असफल रहे। विमलले राइट साइडमा गरेको प्रहारलाई धनगढीका गोलकिपर टेकेन्द्र थापाले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको अग्रता जोगाए।

टिकेन्द्र म्यान अफ दी म्याच पनि भए। उनले चितवनको गोल गर्ने केही उत्कृष्ट अवसर निस्तेज पारेका थिए। पहिलो हाफमा धनगढी १–० ले अगाडि रह्यो। दोस्रो हाफको सुरुआतमै पनि विमलको प्रहारमा टिकेन्द्र नै बाधक बने।
४८औं मिनेटमा विमलको सशक्त सट टिकेन्द्रले नै उत्कष्ट बचाउ गरे। अफ्रिई अक्वाको फ्लिक पास नियन्त्रणमा लिँदै विमलले पेनाल्टी क्षेत्रबाट गरेको सट सफल हुन सकेन। ५३औं मिनेटमा चितवनको खेलमा फर्किने प्रयासमा धनगढीका गोलकिपर टिकेन्द्र बाधक बने।

अफ्रिईको फ्रिकिकमा नवयुग श्रेष्ठको हेडर उनले पन्च गर्दै बाहिर पठाइदिए। त्यसको पाँच मिनेटपछि आशिष चौधरीले खाली पोस्टमा गोल गर्न नसकेपछि धनगढीले अग्रता दोब्बर बनाउने अवसर गुमायो। अफिजले चितवनका गोलकिपर विशाललाई नै बिट गराउँदै दिएको पासमा आशिष चुकेका हुन्। एक गोलले पछि परेको चितवन दबाबमा रहँदा खेलाडीले केही महत्वाकांक्षी सट प्रयास गरे। तर, सफलता पाउन सकेनन्।

टोरिक जेब्रिनले ७३औं लामो प्रहार गरे पनि सफल हुन सकेन। धनगढीले पनि केही महत्त्वाकांक्षी आक्रमण बुन्यो। तर, धनगढीका रन्दीप पौडेलले ७४औं मिनेटमा गरेको लामो सट चितवनका गोलकिपर विशालका लागि खासै चुनौती बनेन।

चितवनका रफिक अमिनुको ८३औं मिनेटमा हेडर धनगढीका गोलकिपर टिकेन्द्र्रले सहजै नियन्त्रणमा लिए। इन्जुरी समयमा चितवन आक्रामक बन्दै केही अवसर सिर्नना गरे पनि सफल हुन सकेन। चितवनको आक्रमणमा धनगढीका गोलकिपर टिकेन्द्र नै बाधक बने। यससँगै धनगढीले एफसी चितवनमाथि १–० को जित निकाल्यो। 
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ सेकेन्ड अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस