अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको तयारी खर्च, म्याच मनी, म्यान अफ दी म्याचले पाउने रकम प्राप्ति र कर कट्टाको विषयमा विरोध गरिरहेका ‘ए’ डिभिजन लिगका १० क्लबहरू कालो पट्टी हटाउन सहमत भएका छन्।
ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाई गरेका हुन्।
नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लवहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार बसेको आकस्मिक बैठकले भारतले मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्ताव स्वीकार गरेको हो। भारतले फेबु्रअरी १३ देखि २५ का बीचमा मैत्रीपूर्ण खेलका लागि प्रस्ताव पठाएको...