नेपाल मुक्तक प्रतिष्ठान, काठमाडाैंले मुक्तक दिवसको अवसर पारेर प्रसिद्ध साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँको भीमदर्शन मुक्तक पुरस्कार प्रदान गरेकाे छ।
प्रेमध्वज प्रधान र योगेश वैद्य ती नाम हुन्, जसले नेपालमा प्रारम्भिक चरणदेखि नै सुगम सङ्गीतको जग बसाल्न महत्त्वपूर्ण योगदान दिए। गीत सुन्न उपस्थित श्रोतागणबाट पाएको अपार मायाबाहेक दुवैका हात रित्तै हुन...
तिम्रा पाउमा मेरा यी निधार पर्दा तिमी मक्ख पर्छौ, कहिले कुनै काम विशेषले भुलेछु भने आँखा तर्छौ। यी दासताका अवशेष हुन् भोलि पक्कै रहने छैनन्,जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?
जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ, भन्नुपर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ।
तस्वीरमा देखिएझैं कहाँ हुन्छ र जिन्दगी, बोकेर पीरव्यथा दिलभित्र दुखेको हुन्छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रले हरेक दुईदुई वर्षमा कुनै पनि देश÷क्षेत्रमा रहेर विभिन्न विधामा समर्पित नारीहरुलाई अनेसास नवरत्न पुरष्कारले सम्मान गर्ने गरेको छ।
त्यतिका यात्रु निले पनि, उत्तिकै बलि माग्छ अझै, घटना हुँदा थैया कठै, उत्तिकै करुणा जाग्छ अझै। कतिको काल बनिसक्यो, कतिको गाल बनिसक्यो, सिद्धबाबा सडक खण्ड, एम्बुस जस्तै लाग्छ अझै।