नभए उपदफा (४)मा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान अधिकारीले ५० हजारसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ। प्रहरीले यही व्यवस्था प्रयोग गरेर मिश्र र राणाका वकिललाई जरिवाना गरेको हो।
प्रहरीले आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरी चार वटा कसुरमा मुद्दा चलाउन सरकारी वकीललाई राय पनि दिएको छ।