मिश्र र राणा ‘सम्पर्कविहीन’, जमानी बसेका वकिललाई २५/२५ हजार जरिवाना
२२ जेष्ठ २०८२
•
२ मिनेट पाठ
मिश्र र राणा ‘सम्पर्कविहीन’, जमानी बसेका वकिललाई २५/२५ हजार जरिवाना
तीनकुनेको हिंसात्मक राजावादी प्रदर्शनमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा छुटेयता सम्पर्कविहीन भएका छन्। लामो समय सम्पर्कमा नआएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले दुवै जनालाई ‘हाजिर जमानी’मा बसेका वकिललाई २५÷२५ हजार जरिवाना लगाएको छ। 




परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) विश्व अधिकारीले वकिलहरूलाई २५/२५ हजार जरिवाना गरेको पुष्टि गरे। ‘उहाँ(वकिल)हरूले भनेका बेला अभियुक्तहरूलाई हाजिरी गराउन सक्नुभएन। यस कारण मुलुकी फौजदारी कार्यविधि संहिताका आधारमा जरिवाना गरिएको छ,’ उनले भने। 

मुलुकी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा (१) बमोजिम हिरासत मुक्त भएको व्यक्तिलाई उपदफा (२) अनुसार मुद्दा चलाउने अवस्था भएमा ‘हाजिर जमानी’मा बस्ने व्यक्तिले उपदफा (३) प्रहरी वा सरकारी वकिलले भनेका बखत उपस्थित गराउनुपर्छ।  

नभए उपदफा (४)मा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान अधिकारीले ५० हजारसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ। प्रहरीले यही व्यवस्था प्रयोग गरेर मिश्र र राणाका वकिललाई जरिवाना गरेको हो। 

तीनकुनेको हिंसात्मक प्रदर्शनपछि सोही राति नै प्रहरीले मिश्र र राणालाई पक्राउ गरेर हिरासतमा राखेको थियो। हिरासतमै रहेका बेला क्यान्सरको फलो अप उपचार गर्न भारत जानुपर्ने भएकाले वैशाख ८ गते राणालाई हाजिर जमानीमा हिरासतमुक्त गरेको थियो। तर, उनी छुटेर गएदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

यस्तै लामो हिरासतमा बसेका मिश्रकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । रिटमाथि जेठ २ गते बसेको न्यायाधीश द्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासले सङ्कलन गर्नुपर्ने प्रमाण गरिसकेको देखिएको भन्दै हाजिर जमानीमा छाड्न आदेश दिएको थियो। त्यसै दिन उनी पनि हाजिर जमानीमा हिरासतमुक्त भएकाले थिए। 

प्रहरीले दुवै जनामाथि अभियोजन गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो। सरकारी वकिल कार्यालयले राजद्रोह, आपराधिक उपद्रव, सङ्गठित अपराधको अभियोग लगाउँदै दुवै जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा पनि दायर गरिसकेको छ। 

मुद्दाबारे अदालतमा प्रहरीको सम्पर्कमा रहेका अभियुक्तको बयान पनि लिइसकेको छ। तर, मिश्र र राणा भने न प्रहरी र वकिलले बोलाउँदा उपस्थित भए, न अदालतको बयानमा पुगेका छन्। सोही आधारमा प्रहरीले अहिले हाजिर जमानीमा बसेका वकिललाई जरिवाना गरेको जनाएको छ। 
अर्को समाचार
तीनकुने प्रकरण: फरार रहेका तीन मध्य एक थुनामा, दुई धरौटीमा छुटे
२५ असार २०८२
•
१ मिनेट पाठ
तीनकुने प्रकरण: फरार रहेका तीन मध्य एक थुनामा, दुई धरौटीमा छुटे
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा फरार रहेका तीन जना प्रतिवादी बुधबार अदालतमा उपस्थित भएका छन्।




काठमाडौं जिल्ला अदालतले तीमध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने दुई जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले लामो समयदेखि फरार रहेका अभियुक्त सतीश न्यौपानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। आदेशलगत्तै उनलाई डिल्लीबजार कारागार पठाइएको छ।

बुधबार नै अदालतमा हाजिर भएका अन्य दुई अभियुक्तहरू विनञ्जय थापा र राजेन्द्र जिसीलाई भने जनही १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ।

उनीहरूविरुद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको थियो।

गत चैत १५ गते राजसंस्था पुनर्स्थापनाको माग राख्दै दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको आन्दोलन हिंसात्मक बन्दा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो।

उक्त झडपमा परी पत्रकार सुरेश रजकको आगलागीमा र प्रदर्शनकारी सबिन महर्जनको गोली लागेर मृत्यु भएको थियो।

उक्त घटनामा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशम्शेर राणासहित ६५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

जसमध्ये मुख्य अभियुक्त मानिएका दुर्गा प्रसाईंसहित ७ जनालाई अदालतले यसअघि नै पुर्पक्षका लागि थुनामा पठाइसकेको छ। मिश्र र राणा भने अदालतमा हाजिर भई धरौटीमा रिहा भइसकेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस