ओढ्ने र ओछ्याउने नहुँदा रातभर घुरको आगो ताप्दै रात कटाउँछन् दुखिया माझी। सर्लाहीको बसबरिया गाउँपालिका ३ भवानीपुरका माझीलाई शीतलहरबाट जीवन जोगाउन घुर तापेर रात कटाउनुको विकल्प छैन।
शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले स्पष्ट गरे। अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रूपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए।